यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
सत्तासीन तथा ठूला दलका नेताहरूको ध्यान निर्वाचनलाई स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण बनाउनेतर्फ होइन जसरी भए पनि आफ्ना पक्षधर उम्मेदवारलाई जिताउनेतर्फ केन्द्रित देखिन्छ । सत्तासीन दलका नेताहरू सत्ता गठबन्धन स्थानीय चुनावमा पनि कायम राख्ने भनी गृहकार्यमा जुटेका छन् । पाँचदलीय सत्ता गठबन्धनलाई स्थानीय चुनावमा कायम राख्ने नेकाको निर्णयले अरू सत्तासीन दललाई पनि गठबन्धनमा सँगै जान बाटो खुलेको छ । तर, बाटो खुले पनि सत्ता गठबन्धन त्यति सजिलोसँग सहज हुनेछैन । गठबन्धन भइहाले पनि ती दलका नेताहरूमा सीट सङ्ख्या र पद मिलानबारे विवाद भइरहनेमा शङ्का छैन । ती दलका नेताहरू विवादको चक्करमा फस्नेछन् र सम्झाउन नसकेर या सम्झाए पनि विश्वास लिन नसकेर पार्टी छोड्ने या विद्रोही उम्मेदवारी दिने सङ्ख्या बढ्ने आशङ्का सोही दलका नेता तथा कार्यकर्ताहरू गर्छन् ।
ठूला दलका नेताहरूले कार्यकर्ता पार्टीमा प्रवेश गरेको देखाएर अरूको मन जित्ने प्रयास गरिरहेका छन् । मानौँ, पार्टी प्रवेश नै पार्टीको सच्चाइ हो । ठूलो दल निर्वाचनमा जित्छ र केही गर्छ भन्ने विचार कति मान्छेको छ । तर, दल ठूलो हुँदैमा सिद्धान्त र विचार सही हुन्छ भन्ने होइन । पार्टी प्रवेशको होडबाजी विशेषगरी एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादी केन्द्रित छ । ठूलो दलले सरकारको नेतृत्व गर्छ । सरकारमा गएको ठूलो दलले राम्रो काम गर्नुपर्ने हो, देश र जनताको हितमा काम गर्नुपर्ने हो । तर, त्यो भइरहेको छैन । बरू ठूलो दलको सरकारले देशघाती कार्य गरिरहेको छ । देशलाई दूरगामी असर पार्ने काम गरिरहेको छ । देश एकपछि अर्को कठपुतली या अरू देशको उपनिवेश बन्दै छ । देश आत्मनिर्भर होइन परनिर्भर बन्दै छ । देशका नदीनालामात्र होइन नेपाली भूमिमा भारतले अतिक्रमण गरिरहेको छ । भारतले एकतर्फीरूपमा नेपाली भूमि डुबानमा पर्ने गरी अन्तर्राष्ट्रिय मूल्य र मान्यताविपरीत बाँध तथा तटबन्ध बनाउँदै छ । यस्ता देशघाती, जनविरोधी सबै काम ठूला दलहरूको सरकारले नै गरेको हो ।
जनता ठूलो दलको पछि लाग्ने होइन । देशका ठूला दलहरूले पुँजीपति वर्गको प्रतिनिधित्व गर्दै छन् । विदेशी दलाल बनेर देशको अर्थतन्त्रमा आघात पु¥याइँदै छ । विदेशी शक्ति राष्ट्रको स्वार्थ पूरा गर्न ठूला दलहरू लागिरहेका छन् । सत्तासीन दलका नेताहरू विदेशी शक्ति राष्ट्रकै सहयोगको भरमा देश विकास गर्ने सपना बाँड्दै छन् । संसदीय माध्यमबाटै या पुँजीवादी बन्दोबस्तको सरकारमा पुगेरै ठूला दलका नेताहरू समाजवाद ल्याउने बखान गर्दै छन् । माक्र्सवाद, लेनिनवादलाई पथप्रदर्शक मानिने कम्युनिस्ट भनिने दलका नेताहरू त्यस वादविपरीत वर्गसङ्घर्षको भावना छोड्दै छन् । नाम कम्युनिस्ट राखेर काम सबै पुँजीपति वर्ग र सामन्त वर्गको सेवामा लाग्नु विश्वासघात हो । सिद्धान्त र विचारअनुसार काम नगर्ने या राजनीति नगर्ने काम बेइमानी हो । यो कुरा आम जनताले बुझ्नुपर्छ, बुझेर त्यस्ता दलका उम्मेदवारलाई निर्वाचनमा पाखा लगाउनुपर्छ ।
Leave a Reply