प्रजग कोरियाका राष्ट्रपति किम इल सङ (सन् १९१२–१९९४) ले आफ्नो जीवनमा धेरै जना विदेशी व्यक्तिहरूसँग निकट सम्पर्क बनाउनुभएको थियो । त्यस्ता व्यक्तित्वहरूमा एक जना हुनुहुन्थ्यो–अस्ट्रेलियाली लेखक तथा पत्रकार विलफ्रेड बर्चेट । सन् १९७५ को अक्टोबरमा किम इल सङले बर्चेटलाई भेट्नुभएको थियो । भेटमा किमले भन्नुभएको थियो, “तपाईँले जीवनको आधा समय मेरो देशमा बिताउनुभयो । बीस वर्षभन्दा लामो समयावधिमा तपार्इंले मेरो देशको लागि धेरै सेवा गर्नुभयो ।”
बर्चेटको जन्म सन् १९११ मा अस्ट्रेलियाको एउटा गरिब परिवारमा भएको थियो । उहाँको परिवारले विद्यालय पढाउन लाग्ने पैसा तिर्न नसकेपछि पहिलो कक्षामा औपचारिक पढाइ छोड्नुपरेको थियो । त्यसपछि उहाँ स्वाध्ययनमा लाग्नुभयो । समयान्तरमा उहाँ कम्युनिस्ट पार्टीमा सामेल हुनुभयो ।
सन् १९३६ मा उहाँ युरोपमा बसाइ सर्नुभयो । उहाँ पर्यटक पथप्रदर्शकको काम गर्नुहुन्थ्यो । त्यही बेला उहाँले ‘डेली एक्सप्रेस’ पत्रिकामा पत्रकारको काम पाउनुभयो । उहाँ भारत, म्यानमार र चीनको लागि संवाददाता बन्नुभयो । दोस्रो विश्वयुद्धमा उहाँले जर्मनी र प्रशान्त क्षेत्रका युद्धक्षेत्रबाट समाचार लेख्नुभयो । दोस्रो विश्वयुद्धलगत्तै उहाँले जापानको हिरोसिमाको भ्रमण गर्नुभयो । संरा अमेरिकी परमाणविक बमले त्यो सहर ध्वस्त बनेको थियो । हिरोसिमा पुगेर बर्चेटले संसारलाई आणविक विनाशको समाचार दिनुभयो ।
सन् १९५० दशकको सुरुमा उहाँ अस्टे«लिया र फ्रान्सेली कम्युनिस्ट पार्टीका पत्रिकाका विशेष संवाददाताको रूपमा चीन र अन्य देशमा काम गर्नुभयो । कोरिया युद्ध सन् १९५०–१९५३) को अवधिमा सन् १९५१ को अगस्टदेखि उहाँ कोरियामा बस्नुभयो । शान्ति सम्झौताको स्थलगत समाचार सम्प्रेषणको क्रममा बर्चेटले संरा अमेरिकाका आपराधिक हमलाबारे धेरै लेख लेख्नुभयो । अनि कोरियाली जनताको साहसिक सङ्घर्षको प्रचार गर्नुभयो ।
कतिसम्म भयो भने, बर्चेटमाथि कारबाही गर्न संरा अमेरिकी सरकारले अस्टे«लियाको सरकारलाई दबाब दिएको थियो । सन् १९६७ को मे महिनामा उहाँले दोस्रो पटक कोरियाको भ्रमण गर्नुभएको थियो ।
त्यतिबेला राष्ट्रपति किम इल सङले उहाँका गतिविधिको कदर गर्दै बर्चेटले सोध्नुभएको प्रश्नको उत्तर दिनुभएको थियो ।

पत्रकार विलफ्रेड बर्चेट
कोरियाबारे आफ्नो प्रभावबारे बर्चेटले ‘फेरि कोरियामा’ नामको पुस्तक लेख्नुभयो । त्यो पुस्तक सन् १९६८ मा न्युयोर्कबाट प्रकाशित भयो । पुस्तकमा भूमिका र पन्ध्र शीर्षक छन् । कमरेड किम इल सङ, जुछे, चोलिमा, कारखाना र समथर भूमि, राष्ट्रिय पुनःएकीकरण, प्रत्यक्षदर्शन र संयुक्त राष्ट्र सङ्घको झन्डामुनि आदि शीर्षक पुस्तकमा समावेश छन् । पुस्तकमा उहाँले राष्ट्रपति किम इल सङका क्रान्तिकारी गतिविधि, महानता र उहाँले पहिल्याउनुभएका अजम्बरी बाटाबारे उल्लेख छन् । कमरेड किम इल सङ शीर्षकमा उहाँले किम इल सङ र उहाँको परिवारबारे पश्चिमा जगतलाई थाहा नभएको भन्दै कोरियाको विकासका हरेक चरणमा किमको पदचिह्न भएको लेख्नुभएको छ । किम इल सङ र उहाँको परिवारबारे अध्ययनले प्रजग कोरियाको आजको नीति र अडानबारे धेरै कुरा प्रस्ट पार्ने उल्लेख गर्दै उहाँको क्रान्तिकारी परिवार र क्रान्तिकारी गतिविधिको इतिहासबारे विस्तृतरूपमा लेख्नुभएको छ ।
‘दुई थरीको मुक्ति’ र ‘जुछे’ शीर्षकमा बर्चेटले जनताको लागि प्रजातान्त्रिक सुधार लागु गर्ने, सबै कोरियाली जनताको राज्य प्रजग कोरिया स्थापना गर्ने र देशको मार्गदर्शक सिद्धान्त जुछे विचारधारा प्रतिपादन गर्ने राष्ट्रपति किम इल सङका अजम्बरी योगदानको गहन व्याख्या गरिएको छ ।
उहाँले ‘चोलिमा’, ‘कारखाना र समथर भूमि’, ‘फलफुल बगैँचा’ र ‘राष्ट्रिय पुनःनिर्माण’ शीर्षकहरूमा युद्धपछिको निर्माण सफलतापूर्वक सम्पन्न गर्ने, समाजवादी निर्माणको लागि सङ्घर्ष गर्ने र राष्ट्रपति किम इल सङले अघि बढाउनुभएको राष्ट्रिय पुनःएकीकरण नीति र कार्यक्रमको कार्यान्वयनबारे लेख्नुभएको छ ।
अन्तिम पाठमा उहाँले कोरियाली युद्धताका कोरियामा साम्राज्यवादीहरूले गरेका निर्मम नृशंसता उजागर गर्नुभयो । भियतनाममाथि युद्ध थोपर्ने र प्रजग कोरियाविरुद्ध अर्को युद्ध उछाल्ने आक्रामक शक्तिको कडा शब्दमा निन्दा गर्नुभयो ।
सन् १९६९ को सेप्टेम्बरमा बर्चेट प्योङयाङमा आयोजित संरा अमेरिकाविरोधी पत्रकारहरूको विश्व सम्मेलनमा सहभागी बन्नुभयो । त्यसपछि धेरै पटक उहाँले किम इल सङलाई भेट्नुभयो ।
राष्ट्रपति किम इल सङ र जापानी व्यक्तित्वहरू
कोरियाविरुद्ध जापानले गरेका अपराधको अहिलेसम्मका जापानी शासकहरूले क्षमा मागेका छैनन् । उल्टो प्रजग कोरियाविरुद्ध उनीहरूले आक्रामक नीति अङ्गालेका छन् । त्यही भएर प्रजग कोरिया नजिकका छिमेकी भएर पनि टाढा छन् ।
तथापि, प्रजग कोरियाका अमर राष्ट्रपति किम इल सङसँगको भेटपछि प्रजग कोरिया–जापान सम्बन्ध सुधार्न प्रयास गर्ने जापानी नागरिकहरू धेरै जना छन् ।
जापानको प्रतिनिधिसभा सदस्य तथा जापान उदार प्रजातन्त्र पार्टीको एसिया तथा अफ्रिका अध्ययन समूहका अध्यक्ष तोकुमा उत्सुमोनियाले सन् १९७४ मा प्रजग कोरियाको भ्रमणको क्रममा किम इल सङसँग भेट्ने अवसर पाउनुभएको थियो ।
तोकुमाले प्रजग कोरियाली राष्ट्रपतिलाई कोरियामाथि जापानले कब्जा जमाएको बेला कोरियामा खटिएको जापानी सेनाका प्रधानसेनापति आफ्नो बुवा भएको र उनीहरूले कोरियाली जनताविरुद्ध अपराध गरेको बताउनुभयो । उहाँ कोरियामा आफ्ना पिताले गरेका अपराधको पापमोचन गर्न आफुले सक्दो प्रयास गर्ने बताउनुभयो ।
प्रजग कोरियाको भ्रमण पछि उहाँले आफ्नो घरमा अन्तर–संसदीय सङ्गठनको ६१ औँ सम्मेलनमा सहभागी बन्न जापान पुगेको प्रजग कोरियाली टोलीको सम्मानमा सो भोज आयोजना गर्नुभएको थियो । सो कार्यक्रममा जापानीका प्रतिनिधिसभाका सभामुख, राजपरिवार सदस्य तथा सांसद हितिओ डेनलगायत उच्चस्तरीय राजनीतिक नेताहरू सहभागी थिए । कार्यक्रममा सहभागी जापानी नेताहरूले प्रजग कोरियाली टोलीप्रति सद्भाव पोख्दै जापानले दक्षिण कोरिया पक्षीय एकोहोरो नीति त्याग्नुपर्ने र जापानी सरकारको धारणामा आधारित प्रजग कोरिया–जापानमा सुधार गर्नुपर्ने मत व्यक्त गरेका थिए । उनीहरूले राष्ट्रपति किम इल सङले अघि सार्नुभएको राष्ट्रिय पुनःएकीकरणको लागि कोरियाली मजदुर पार्टीका तीन सिद्धान्त न्यायपूर्ण भएको र त्यसको लागि दक्षिण कोरियाबाट संरा अमेरिकी सेना फिर्ता हुनुपर्ने, त्यसो गर्दा मात्र दक्षिण कोरियाली समाज वास्तवमै प्रजातान्त्रिक बाटोमा अघि बढ्ने विषयमा आफुलाई जानकारी भएको बताएका थिए ।
तोकुमाले प्रजग कोरियाली प्रतिनिधिमण्डलका प्रमुख तथा जापानमा कोरियाली बासिन्दाहरूको सङ्गठनका उपाध्यक्षलाई जापानका प्रधानमन्त्री फुकुदा आइरहने एउटा रेस्टुराँमा आमन्त्रण गर्नुभएको थियो । त्यहाँ उहाँले उनीहरूलाई उदार प्रजातन्त्र पार्टीको राजनीतिक मामिला अनुसन्धान समितिका सभापतिलाई परिचय गराउनुभएको थियो । प्रजग कोरिया भ्रमणका क्रममा राष्ट्रपति किम इल सङसँग गहिरो भावनाले भरिएको भेटघाट स्मरण गर्दै तोकुमाले अनुसन्धान समितिका सभापतिलाई आफ्नै आँखाले प्रजग कोरियाको तत्कालीन विकासको अवस्था देख्दा त्यो देशबारे आफूलाई निकै कम मात्र जानकारी भएको अनुभव गरेको बताउनुभयो । उहाँले प्रजग कोरियालाई नजिक भएर पनि टाढाको छिमेकी होइन, नजिकको छिमेकी बनाउन उदार प्रजातन्त्र पार्टीका सदस्यहरूलाई राखेर एउटा समिति बनाएको जानकारी पनि दिनुभयो ।
सन् १९९० को सेप्टेम्बरमा जापानका उपप्रधानमन्त्री एवम् उदार प्रजातन्त्र पार्टीका उपाध्यक्ष शिन कानेमरुले प्रजग कोरियाको भ्रमण गर्नुभयो र राष्ट्रपति किम इल सङलाई भेट्नुभयो । प्रजग कोरियाली नेतासँगको भेटपछि उहाँले बाँकी जीवन जापान–प्रजग कोरिया सम्बन्ध सुधार गर्न समर्पित गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
स्वदेश फिर्ता भएपछि उहाँले एउटा अन्तर्वार्तामा उपनिवेशवादी शासन र त्यसपछिका दसकमा जापानले कोरियामा पु¥याएको हानिको क्षतिपूर्ति तिर्नुपर्ने बताउनुभयो ।
कानेमरुले जापानका तत्कालीन प्रधानमन्त्री कैफुलाई भेटेर प्रजग कोरियासँग जापानको सम्बन्ध सुधार्न सरकारले सक्रिय प्रयास थाल्नुपर्ने बताउँदै उहाँ स्वयम्ले त्यसको निम्ति अग्रसरता लिने बताउनुभयो ।
उहाँका यस्ता कुरा सुनेर जापानका दक्षिणपन्थी शक्तिहरू रिसले बहुला भए । उनीहरूले कानेमरुलाई ‘देशद्रोही’ को गाली गर्दै जापानलाई उत्तर कोरियामा बेचेको दोष लगाए । उनीहरूले कानेमरुको हत्या गर्नुपर्ने समेत सार्वजनिक रूपमै बोले । तथापि, कानेमरुले राजनीतिबाट सन्यास नलिँदासम्म दुई देशबीचको सम्बन्ध सुधार्न सक्दो प्रयास जारी राख्नुभयो ।
राष्ट्रपति किम इल सङलाई भेटिसके पछि प्रजग कोरिया–जापानको सम्बन्ध सुधार्ने प्रयास गर्नुभएका अरू पनि धेरै जना जापानीहरू छन् । उनीहरूमध्ये समाजवादी पार्टीका महासचिव सेकी, उदार प्रजान्त्र पार्टीका पदाधिकारीहरूको प्रजग कोरिया भ्रमण टोलीका सदस्य हजिमे तामुरा, राजनीतिक र सैद्धान्तिक पत्रिका सेकाइका प्रबन्ध सम्पादक ¥योसुके यसुई, जापान–प्रजग कोरिया सांस्कृतिक सम्बन्ध सङ्गठनका महासचिव ताकिओ ताकागी र टोकियोका गभर्नर ¥योकिची मिनोबे आदि हुनुहुन्छ ।
यी जापानका राजनीतिक र सामाजिक व्यक्तित्वहरूले आफ्नो देश र प्रजग कोरियाबीचको सम्बन्ध सुधार्न प्रयास गर्नुभयो । किनभने उहाँहरू सबै राष्ट्रपति किम इल सङबाट प्रभावित हुनुहुन्थ्यो ।
सन्दर्भ : किम इल सङको ११० औँ स्मृति दिवस
Leave a Reply