सत्यमोहन जोशीको गन्तव्य : अरनिकोको खोज
- असार ३, २०८३
स्थानीय तहको निर्वाचन आगामी वैशाख ३० गते हुनेछ । उक्त निर्वाचनमा भाग लिन ७९ वटा दलले निर्वाचन आयोगमा दर्ता गरेका छन् । सक्रियताको आधारमा दलहरूले आ–आफ्नो निर्वाचन चिन्ह् पनि पाउने भएका छन् । निर्वाचन निर्धारित समयमा गर्न निर्वाचन आयोगले निर्वाचनको लागि आवश्यक कार्य एकपछि अर्काे गरिरहेको जानकारी प्रकाशमा आएको छ । निर्वाचन आयोगले निर्वाचनमा उठ्ने उम्मेदवारहरूको मापदण्ड पनि सार्वजनिक गरेको छ । आयोगले १९ बुँदे स्वघोषणाको व्यवस्था गरी आवश्यक मापदण्ड तयार गरेको हो ।
निर्वाचन स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण बनाउन आयोगले एकातिर सुरक्षा व्यवस्थाको बन्दोबस्त गर्नुपर्छ भने अर्काेतिर आचारसंहिता जारी गर्नुपर्छ । आयोगको आचारसंहिता जारी भएपछि राजनीतिक दलहरूले त्यसलाई पालना गर्नुपर्छ । त्यो जारी भएपछि सरकारी सङ्घ संस्था या निकायले आचारसंहिता उल्लङ्घन गरी कुनै काम, कारबाही गर्न पाउनेछैनन् । त्यो आचारसंहिताको तयारी गरिरहेको पनि सञ्चारमाध्यममा आइरहेको छ । चैत १६ गतेदेखि नै आचारसंहिता लागू गर्ने तयारी प्रकाशमा आएको थियो । आयोगले अहिले चैत २५ गतेदेखि निर्वाचन आचारसंहिता लागू गर्न तयारी गरिरहेको छ । त्यसको लागि पहिले केन्द्रीय निर्वाचन आचारसंहिताको बैठक र राजनीतिक दलहरूको बैठक बस्ने तयारी पनि आयोगको रहेको छ ।
निर्वाचन सफल पार्न आयोगले तयारी गरेजस्तै राजनीतिक दलहरूले पनि स्थानीय तहको निर्वाचनमा जिते के के गर्ने भन्नेबारे घोषणापत्र र उम्मेदवारी छनोट गर्न पूर्वाभ्यास गरिरहेका छन् । निर्वाचन वैचारिक सङ्घर्ष गर्ने थलो भएको हुँदा दलले समयमै घोषणापत्र जनतासमक्ष पु¥याउनुपर्छ, जनताले अध्ययन गर्ने अवसर पाउनुपर्छ । घोषणापत्र समयमै जनतामाझ पुगेन भने कुन दलको के अवधारणा छ, जनताले बुझ्न पाउँदैनन् । दलको घोषणापत्र काम गर्ने प्रतिबद्धता पत्र भएको हुँदा त्यो समयमै जनताको घर आँगनमा पु¥याउनु जाती हुन्छ ।
निर्वाचनमा उठाइने उम्मेदवारहरू पनि जनतामाझ परिचित, योग्य, असल, इमानदार, देश र जनताप्रति समर्पित हुनुपर्छ । निर्वाचित हुने जनप्रतिनिधिहरू जनताका अगुवा र सेवक हुनुपर्छ । जनप्रतिनिधिहरूको काम पार्टीको सिद्धान्त र विचार जनतामाझ पु¥याउने मात्र होइन घोषणापत्र या जनतासमक्ष वाचा गरेका प्रतिबद्धता लागू गर्न सक्षम पनि हुनुपर्छ । यसतर्फ हरेक दलको ध्यान जानुपर्छ । मतदाताले पनि देश र जनताको इमानदारीपूर्वक सेवा गर्ने उम्मेदवार छान्नुपर्छ । देशघाती सन्धि सम्झौतामा सही गर्ने, देशलाई उपनिवेश बनाउन गोटी चाल्ने र परनिर्भर बनाउने दलका उम्मेदवारहरूलाई हराउनुपर्छ । मतदाताहरूले कसैको लोभमा फसेर आफ्नो आत्मा बेच्ने काम गर्नुहुँदैन । कुनै पनि मतदाताको आफूले हालेको मत खेर नजाओस् र प्रायश्चित गर्न नपरोस् ।
Leave a Reply