वासिङटन र तेहरानबिचको आपसी सम्झौता सार्वजनिक
- असार ४, २०८३
“जनताको बीचमा जाऊ !” –प्रजग कोरियाका अजम्बरी राष्ट्रपति किम इल सङले देश र जनतामा समर्पित क्रान्तिकारी सङ्घर्षको पहिलो दिनबाट जीवनभरको लागि यो वाक्यलाई लक्ष्यवचन र विश्वास बनाउनुभयो ।
जापानको क्योदो समाचार संस्थाका प्रबन्ध सम्पादकले एकपटक किम इल सङ भेट्दा प्रजग कोरियाली नेताको बृहत् ज्ञान देखेर चकित परे । उद्योग, कृषि र खानीलगायत सबै क्षेत्रमा उहाँको गहिरो जानकारी देखेर जापानी सम्पादकले नेता किमलाई कुन कुन विषयमा सल्लाहकार राख्नुभएको छ भनी सोधे ।
जवाफमा किम इल सङले भन्नुभयो, “म सधैँ मजदुर, किसान र वैज्ञानिकहरूसँग कुराकानी गर्छु । उनीहरूले आफूले जानेका कुरा मलाई सुनाउँछन् । जनताको बीचमा जाने कोही पनि मान्छेले हचुवा टिप्पणी र अनुमानको भर लिनुपर्दैन । जनता नै मेरा गुरु हुन् ।”
उहाँले जनतालाई बाटो देखाउँदै आफ्नो सिङ्गो जीवन बिताउनुभयो ।
सन् १९५६ को डिसेम्बरको अन्त्यतिर किम इल सङले प्रजग कोरियाको पश्चिमाञ्चलमा स्थापित काङ्सन स्पात कारखाना (अहिलेको चोलिमा स्पात कारखाना) को भ्रमण गर्नुभयो । त्यतिबेला प्रजग कोरिया निकै प्रतिकूल परिस्थितिमा थियो । आक्रामक शक्तिहरूले हमलालाई तीव्र बनाएका थिए । ठूला देशहरूको उक्साहटमा सत्तारुढ कोरियाली मजदुर पार्टीका गुटवादीहरू पार्टी नेतृत्वलाई चुनौती दिइरहेका थिए ।
नेता किमले कारखानाको गोदाममा मजदुरहरूलाई भेट्नुभयो । उहाँले मजदुरहरूलाई तत्कालीन प्रतिकूल परिस्थितिबारे जानकारी दिनुभयो र अर्को वर्ष थप दस हजार टन स्पात उत्पादन गर्न सके देशलाई ठूलो मद्दत पुग्ने बताउनुभयो ।
उहाँको यो आह्वान मान्दै स्पात मजदुरहरूले ६० हजार टन उत्पादन क्षमता भएको स्पात कारखानाबाट १ लाख २० हजार टन स्पात उत्पादन गरेर चमत्कार गरे ।
काङ्सनका स्पात मजदुरहरूले बालेको यो खोज अनुसन्धानको आगो देशभर फैलियो । त्यहीँबाट प्रजग कोरियामा लोकप्रिय चोलिमा आन्दोलनको जन्म भएको थियो ।
जनताको नेतृत्व गर्ने नयाँ समाजवादी पद्धति ‘चोङसानरी भावना’ र ‘चोङसानरी तरिका’ तथा औद्योगिक व्यवस्थापनको नयाँ समाजवादी प्रणाली ‘ताएन कार्य प्रणाली’ पनि उहाँले जनतासँगको घुलमिल र उठबसबाट थाहा पाउनुभएको भावना र विचार अनुसार अघि बढाउनुभएको थियो ।
कोरिया स्वतन्त्र बनेको दिनबाट जीवनको अन्तिम समयमा राष्ट्रपति किमले ५ लाख ७८ हजार किलोमिटर यात्रा गरेर २० हजार ६ सय स्थानमा स्थलगत निर्देशन दिनुभएको थियो ।
किम इल सङले प्रगति र विजयको लागि लगातार कष्टसाध्य काम गर्नुभयो र सिङ्गो जीवन जनताको बीचमा बिताउनुभयो । त्यसकारण, साम्राज्यवादी शक्तिले थोपरेका नाकाबन्दीलाई पाइला पाइला गर्दै छिन्नभिन्न बनाएर प्रजग कोरियाले आजको विकास गर्न सकेको हो । कोरियाली जनताले उहाँको निधन भएको २६ वर्ष बितिसक्दा पनि ‘हाम्रा नेता’ र ‘पितातुल्य नेता’ भनिरहनु कुनै संयोगमात्र होइन ।
किम इल सङले आफ्नो संस्मरण ‘शताब्दीका साथ’ मा लेख्नुभएको छ, “म गहिरो भावनामा डुबेर म आफ्नो जीवन फर्केर हेर्छु । आफ्नो देश र जनताको सेवा गर्ने एक जना साधारण मानिस र राजनीतिक नेताको रूपमा मसँग धेरै सम्झना छन् । मैले सेवा गरेको देश र जनताले संसारको राजनीतिमा सधैँ महत्वपूर्ण स्थान ओगटेको छ ।”
“जनता नै भगवान हुन्– यो नै मेरो धारणा र मूल वचन हो । क्रान्ति र निर्माणका प्रमुख चालक जनताको शक्तिमा आधारित जुछे विचारधारा नै मेरो राजनीतिक विश्वास हो । यो विचारधारा जनताको लागि आफ्नो सिङ्गो जीवन समर्पित गर्न अभिप्रेरित गर्ने मूल आधार हो ।”
“मैले जे लेख्छु, त्यसले भावी पुस्तालाई जीवन र सङ्घर्षका सत्य पाठ सम्प्रेषण गरोस् । कसैले जनतामाथि विश्वास गर्छ र जनतामा भरपर्छ भने हरेक पटक उसले सिङ्गो संसार नै जित्न सक्छ । तर, जसले जनतालाई विश्वास गर्दैन र धोखा दिन्छ, उनीहरू सधैँ असफल हुनेछन् ।”
राष्ट्रपति किम इल सङको सबभन्दा बहुमूल्य सम्पदा
समाजवादी कोरियाको मार्गनिर्देशक सिद्धान्त र संसारको स्वाधीनताको विचारधारा जुछे विचारधाराले समय र स्थानको सीमाभन्दा पर गएर मानिसको भाग्य निर्माण र विकासको युगमा ठूलो प्रभाव पारिरहेको छ ।
यो वैचारिक र व्यवहारिक धनलाई कोरियाली र संसारका जनतालाई प्रजग कोरियाका राष्ट्रपति किम इल सङले दिनुभएको सबभन्दा बहुमूल्य सम्पदा मान्न सकिन्छ ।
मानिस संसारको मालिक हो र संसारको रूपान्तरणको निम्ति मानिसले नै निर्णायक भूमिका खेल्छ भन्ने वैज्ञानिक तत्वज्ञानमा आधारित जुछे विचारधाराले आफ्नो भविष्य आफै बनाउन, इतिहासको निर्णायक शक्तिको रूपमा जनतालाई बाटो देखाउनेछ ।
राष्ट्रपति किम इल सङले कोरियाली क्रान्तिको नेतृत्व गर्ने व्यवहारिक सङ्घर्षको क्रममा जुछे विचारधारा प्रतिपादन गर्नुभएको थियो । त्यो विचार र सिद्धान्त प्रतिपादनको निम्ति प्राज्ञिक अध्ययन अनुसन्धानमात्र भएको थिएन ।
सन् १९२० दशकको मध्य (सन् १९०५–१९४५) मा कोरिया जापानी सैनिक कब्जामा थियो । त्यतिबेला किम इल सङ आफ्नो देश र जनताको निम्ति क्रान्तिकारी बाटोमा अघि बढ्नुभयो । त्यतिबेला उहाँ भर्खर किशोर उमेरमा हुनुहुन्थ्यो । कोरियाली क्रान्तिको बाटो बनाउने क्रममा उहाँले जुछे विचारधारा प्रतिपादन गर्नुभयो । कोरियाली क्रान्तिको लामो कालखण्डभरि उहाँले यो विचारधारा पूर्णरूपमा लागु गर्नुभयो । जुछे विचारधाराको झन्डामुनि कोरियाली जनता उपनिवेशवादी दासताबाट स्वाधीनका मालिक बने । राजनीतिमा स्वाधीन, अर्थतन्त्र र राष्ट्रिय सुरक्षामा आत्मनिर्भर समाजवादी राज्य बनाइयो ।
जुछे विचारधाराको मूल तत्व भनेको सिद्धान्त र नेतृत्व पद्धति हो । आफ्नो भविष्य आफैले बनाउने हो भने जनता आफै क्रान्तिकारी सङ्घर्ष र निर्माणमा सामेल हुनुपर्छ भन्ने यसको मूल सार हो ।
जुछे विचारधाराको पुस्तकालय राष्ट्रपति किम इल सङका कृतिहरू आजसम्ममा ६० भन्दा बढी भाषामा अनुवाद भइसकेको छ । संसारका एक सत्र्न्दा बढी देशमा त्यसको प्रचार भइसकेको छ । जुछे विचारधाराको अध्ययन आजको युगको चलन बनिसकेको छ ।
बृहत् ज्ञानले भरिएको किम इल सङको चिन्तनबाट पुँजीवादी देशका धेरै प्रतिष्ठित व्यक्तिहरूसमेत प्रभावित भएका छन् । उनीहरू पनि जुछे विचारधाराका पक्षधर बनेका छन् ।
जुछे विचारधारा अन्तर्राष्ट्रिय प्रतिष्ठानका पूर्वमहानिर्देशक तथा अन्तर्राष्ट्रिय किम इल सङ पुरस्कारका विजेता शुहाची इनोउले आफ्नो सबै समय जुछे विचारधारा र प्रजग कोरियाको वास्तविकताबारे प्रचार गर्नुमा बिताएका छन् । कसैले उनलाई जापानको अध्ययन नगरी प्रजग कोरियाको मात्र अध्ययन गरेको भन्दै आलोचना गर्दा उनी जवाफ दिन्छन्, “त्यसो भन्ने मान्छेहरू वास्तवमा जापान र जापानको भविष्यबारे चिन्तित छैनन् । जुछे विचारधारा कसरी प्रजग कोरियामा मात्र सीमित छ र ? जुछे विचारधाराबिना अपवाद सबैले अध्ययन गर्नुपर्ने विचारधारा हो । प्रजग कोरियामा प्रतिपादन भएको भए पनि यो सिङ्गो मानव जाति र संसारको विचारधारा हो ।
जुछे विचारधाराका पक्षधरहरू यसलाई सबै उमेर समूहलाई छुन सक्ने अमर बृहत् विश्वकोश भएको बताउँछन् ।
मानव सभ्यताको वैचारिक इतिहासमा धेरै विचारधाराले समयक्रममा आफ्नो तेज गुमाउँदै जान्छ र समयान्तरमा हराउँदै पनि जान्छ ।
तर, विश्वव्यापी सत्यता र पूर्णतासहितको जुछे विचारधाराप्रति संसारभरका प्रगतिशील जनताको समर्थन र सद्भाव वर्सिरहेको छ ।
सन् १९८५ को गर्मीयाममा फ्रान्समा एउटा पुस्तक प्रकाशन भयो–दार्शनिक समालोचनाको कोश । यो पुस्तकले विभिन्न लेखको भनाइमा संसारका विभिन्न देशमा सान्दर्भिकता गुमाउँदै गएका विचारधाराको चर्चा र विश्लेषण गरिएको छ । तथापि, त्यस्तो आलोचनाबाट जोगिन सफल एउटामात्र विचारधारा जुछे विचारधारा थियो ।
वास्तवमा संसारले जुछे विचारधाराप्रति लामो समयदेखि सद्भाव राख्दै आएको छ ।
सन् २०१२ को सूर्य दिवसको दिन राष्ट्रपति किम इल सङको एक सयौँ जन्म दिवसको अवसरमा जुछे विचारधाराको घर प्रजग कोरियाको राजधानी प्योङयाङमा जुछे विचारधाराबारे विश्व सम्मेलन भएको थियो ।
जुछे विचारधारालाई आजको समयमा सबभन्दा प्रभावशाली विचारधारा मानिएको छ । जुछे विचारधारा अध्ययन समूहहरूले व्यवस्थित प्रणालीअन्तर्गत सक्रियतापूर्वक आफ्ना गतिविधि गर्दै आएका छन् । त्यस्ता समूह राष्ट्रियदेखि महादेशीय तहसम्मका छन् । उनीहरूलाई जुछे विचारधारा अन्तर्राष्ट्रिय प्रतिष्ठानले एकै ठाउँमा गोलबद्ध गरेको छ । त्यसकारण, आज यो विचारधाराका पक्षधरहरूको सङ्ख्या दिनानुदिन बढिरहेको छ ।
युरोपका वैज्ञानिक र सांस्कृतिक समूहका एक जना विशिष्ट व्यक्ति भन्छन्, “कसैले मलाई मानव सभ्यताको कुन खजाना रक्षा गर्न चाहन्छौँ भनेर सोधे म बिना हिचकिचाहट अरू केही होइन, जुछे विचारधाराको रक्षा गर्न भन्नेछु ।”
किम इल सङका सबभन्दा बहुमूल्य सम्पदा जुछे विचारधारा विश्व स्वाधीनताको लक्ष्य प्राप्तिलाई विजयका साथ अघि बढाउन सधैँ सधैँ ज्वाजल्यमान रहनेछ ।
Leave a Reply