नेपालको राजनीतिमा युवाहरूको भूमिका
- असार १, २०८३
कोरोना महामारीले आर्थिकरूपमा थला परिसकेको विश्व समुदायमाथि अर्को आपत् आइलागेको छ, युक्रेन सङ्कट । विद्यमान र भविष्यका चुनौतीहरूको समाधान गर्ने र युद्धविरामलाई पछ्याउने सबै शान्तिप्रेमी राष्ट्र र जनताको साझा आकाङ्क्षा हो । तर, यस आकाङ्क्षामा युद्धबाटै आफ्नो स्वार्थसिद्ध गर्ने बानी बनिसकेका युद्धपिपासुहरूले हलो अड्काइरहेका छन् । यस समस्यालाई समाधान गर्न जिम्मेवार तीन पक्ष छन् । रुस, युक्रेन र अमेरिका नेतृत्वमा रहेको युरोपेली राष्ट्र संलग्न नाटो । यी तीन पक्षले विशेषगरी रचनात्मक भूमिका खेल्नुपर्छ । यद्यपि, सङ्कटको लागि अपरिहार्य जिम्मेवारी बोकेको यी तीन पक्षले समाधान गर्न कदम चाल्न असफल भइसकेको अवस्थामा मुख्य जिम्मेवार को त ?
रूसले धेरै वर्षअघि नै युक्रेनलाई नाटोमा सामेल नहुन र डनवास क्षेत्रमा दमन नगर्न बारम्बार अनुरोध गरेकै हो । तर, युक्रेनको नवनाजीवादी सत्ताले अमेरिकीहरूको उक्साहटमा रूसी अनुरोधलाई लत्याइदिएकोले आजको परिस्थितिको सृजना भएको तथ्य कसैबाट लुकेको छैन । युक्रेन अमेरिकी कठपुतली नबनेको भए सायद यस्तो स्थितिको सामना गर्नु पर्दैन थियो होला । आफ्नै राजनीतिक र कमजोर कूटनीतिका कारण युक्रेन बर्बाद त भयो नै यसले सारा संसारलाई नै असर परेको छ । आफूलाई तथाकथित ‘शान्तिको संरक्षक’ र ‘नियममा आधारित अन्तर्राष्ट्रिय व्यवस्थाको रक्षक’ भनेर चित्रण गरिरहने अमेरिकाले द्वन्द्वलाई चर्काउन युक्रेनलाई उक्साउने प्रयास जारी नै राखेको छ । समाधानको लागि युक्रेनले अमेरिका र नाटोको हलि भएर हिँड्न छोड्नुपर्छ ।
युक्रेन सङ्कटका लागि रुसलाई दोषी देख्नुभन्दा रुसलाई घेर्ने अमेरिकी योजनामा साझेदार बन्ने युक्रेनी सरकारको आत्मघाती नीति बढी दोषी हो । जसको परिणाम आज युक्रेनी निर्दोष जनताले भोग्नुपरेको छ । युक्रेनलाई रुससँग शत्रुता मोल्न लामो समयदेखि उक्साइरहेको अमेरिकाले युक्रेनलाई युद्धको लागि आँधीको बीचमा छाडिदिएको छ । युक्रेनका राष्ट्रपति जेलेन्स्कीले पटक–पटक आफ्नो मुलुकको आकाशलाई ‘नो फ्लाइ जोन’ घोषणा गर्न आग्रह गरे पनि नाटोमा त्यसबारे एकमत नहुनुको कारण एउटै छ । त्यो घोषणाको उल्लङ्घन रुसबाट हुन पुगेमा त्यसको सैन्य प्रतिरोधमा नाटो उत्रनुपर्ने छ । तर, उनीहरू पुटिनविरुद्ध भिड्दा आफ्नो मुलुकको हविगत झन्डै युक्रेनजस्तै हुने हो कि भन्नेबारे चिन्तित छन् ।
आफ्नै देशका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पका अनुसार वर्तमान राष्ट्रपति जो बाइडेनका छोरा हन्टर बाइडेनको सम्बन्ध मस्कोका कालाव्यापारीहरूसँग छ । यसको सम्पूर्ण सूचना रूसी राष्ट्रपति पूटिनले राखेका छन् । यदि पुटिनले यस्को विवरण छताछुल्ल पारिदिए भने बाइडेनको कुर्सी जाने ट्रम्पको दाबी रहेको छ । ट्रम्पले त हन्टर बाइडेनले मस्कोका पूर्वमेयरकी श्रीमतीलाइ ३५ लाख डलर दिएको एक समाचार एजेन्सीले जनाएको छ । अर्कोतिर अमेरिकी राष्ट्रपतिले रुसी राष्ट्रपतिलाई कहिले ‘हत्यारा’ र कहिले ‘कसाइ’ भनेपछि नाटोभित्रै तीव्र विरोध सुरु भएको छ । धेरैले बाइडेनलाई मानसिक रोगी भन्न थालेका छन् ।
इराकमा सद्दाम हुसेनलाई रासायनिक हतियारको आरोपमा इराक ध्वस्त पा¥यो तर कुनै हतियार भेटिएन । भ्रम फैलिएको भरमा निर्दोष इराकी जनताको हत्या भयो भने कति शरणार्थी बने । हिजो अफगानिस्तानको हालत भताभुङ्ग बनाएर अमेरिका भाग्यो ¤ सिरिया, लिबियामा पनि नरसंहार मच्चाइयो । आज अमेरिकी षड्यन्त्र उदाङ्गो भएको छ । अहिले अमेरिकाले रुससँग भिड्नको लागि त्यस्तै भूमिका बनाउन युक्रेनलाई उचालिरहेको छ । अहिले साँढेको जुधाइ बाछाको मिचाइ बनेको छ युक्रेन ¤ यो अमेरिकाको हतियार बेचेर कमाउने धन्दा हो । इतिहासलाई फर्केर हेर्ने हो भने अमेरिकाको भित्री कार्यशैली र नियतमा प्रश्न चिह्न खडा हुन्छ । द्वन्द्व मच्चाउने अमेरिका नै हो । अमेरिकी नियत आफू जसरी भए पनि सर्वेसर्वा मुलुक भइरहने हुँदा विश्वमा अशान्ति मच्चिँदै आएको हो । अशान्ति भएपछि हातहतियारको माग बढ्छ र बिक्री गर्ने त अमेरिका नै हो भन्ने कुरो सत्य साबित भइसक्यो ।
केही दिनअघि युक्रेनको नेपालसँग अनुरोध भनेर एउटा समाचार आयो । नेपालका हिमालहरू पवित्र र दिव्य रहेको भन्दै त्यस्तो स्थानमा हत्याका लागि जिम्मेवार देशको झन्डा फहराउनु चिन्ताको विषय भएको हुनाले रुसीहरूलाई हिमालमा रुसी झन्डा गाड्न नदिनु भनेर युक्रेनले आग्रह ग¥यो । यो वास्तवमा युक्रेनको आग्रह नभई अमेरिकाको आग्रह हो भनेर बुझ्नुपर्छ । यस्तो आग्रह गर्न सक्नुको पछाडिको कारण भनेको यहाँका शासकहरू अमेरिकी सीआईएका एजेन्ट भएर हो । मालिकको नुनपानी आएपछि, आदेश मान्नुपर्ने अवस्था पनि आउन सक्छ । तर, यो नेपाललाई स्वीकार्य छैन । नेपाल आउने पर्यटक सबैलाई स्वागत छ चाहे ती युक्रेनी हुन् या चाहे रसियाली । रुस र युक्रेनका नागरिक हाम्रा लागि तराजुको काटा समान छन् । अमेरिकाको लहैलहमा लागेर यसमा नेपालले घिउ थपेर आगो दन्काउने काम गर्नु हुँदैन ।
नेपालमा आजका नेताहरूबाट अन्तर्राष्ट्रिय स्तरको कूटनैतिक चतु¥याइँ खोज्नु बालुवा निचोरेर पानी निकाल्नुजस्तै हो । नेपालले चीन र भारतको काखमा बसेर तेस्रो मुलुकबाट आगो ताप्न खोज्नु कालिदास बन्नुजस्तै हो । आज नेपालले कच्चा कूटनीति देखाएको छ । त्यसको परिणम निकट भविष्यमा देखिने नै छ । स्वतन्त्र परराष्ट्र नीति लिएको मुलुकले युद्धग्रस्त देशको पक्ष र विपक्षमा उभिनुहुँदैन बरु शान्ति स्थापनाको लागि पहल गर्नुपर्छ भन्ने कुरा हाम्रा नेताहरूले बुझ्नुपर्छ । नेपाल युक्रेनझैँ धेरै जान्ने भएर धरापमा फस्दै छ । अब उम्किने बाटो नखोजे नेपाली जनताको कल्याण हुनेछैन । किनकि, नेपाली भूमिलाई ‘अन्तर्राष्ट्रिय लडाइँ हुनसक्ने क्षेत्र’ भनेर पहिलेदेखि भनेकै हो । माहोल पनि त्यस्तै बनिरहेछ । कुटिल षड्यन्त्रकारी अमेरिकाले जसलाई हेप्नुपर्छ भन्यो त्यसलाई हामीले हेप्ने किन ? विदेशी दलाल तथा कठपुतलीहरू कुनै पनि देशको नेतृत्वमा पुग्दाको परिणाम नै आजको युक्रेन हो भन्ने कुरा हामी नेपालीले बुझ्नुपर्छ ।
Leave a Reply