भर्खरै :

महिलाहरुले गरे यस्तो उदाहरणीय काम

भक्तपुर, १६ साउन । भक्तपुर नगरपालिका वडा नं २ कालीघाटका महिलाहरूले सोमबार बिहान कासन पुलसँगै रहेको ढु·ेधारा सरसफाइ गरेका छन् । आफ्नो टोल आफै सफा गरौं, अरुको भर पर्नु हुँदैन भन्ने उद्देश्यका साथ उनीहरूले धारा सफा गरेका हुन् ।
उनीहरूले ढुंगेधारामा रहेका हिलो, प्लास्टिकका बोतलहरू तथा अन्य फोहोर हटाई सफा गरेका हुन् । स्थानीयस्तरमा बाटो बनाइरहेकोले बाटोको हिलो र पानी बगेर ढुंगेधारा फोहोर भएको हो ।

स्थानीय प्रविना सुवालले स्थानीयवासीको पानीको एउटै स्रोतको रुपमा रहेकोले ढुंगेधाराको सरसफाइ गरेको बताउनुभयो । “हाम्रो काममा अरुको भर परेर हुँदैन, आफैंले गर्नुपर्छ भन्ने सोच भएको कारण काम गरेका हौं–” प्रविनाले भन्नुभयो ।
“ सफाइ कार्य अझै सकिएको छैन । समय मिलाएर फेरि सफाइ गर्ने योजना छ ।” अर्की महिला रुपा चवालले थप्नुभयो ।
वडाका स्थानीय जनता त्यही धाराको पानीमा निर्भर छन् । चार दिनको एकपल्ट पानी आउने उक्त धारामा स्थानीयहरू बाँडीचुँडी गरेर पानी उपयोग गर्ने गर्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *