अवकाशपछि पनि शैक्षिक क्षेत्रमा सक्रिय रहन आग्रह
- असार ४, २०८३
भक्तपुर, चैत २० । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी सङ्घ लिमिटेड भक्तपुरको आयोजनामा जिल्लास्थित जिल्ला सहकारी सङ्घ, जिल्ला कृषि सहकारी सङ्घ र जिल्ला बहुउद्देश्यीय सहकारी सङ्घहरूको समन्वयमा ६५ औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा आइतबार प्रभातफेरी भयो ।
प्रभातफेरीपछि आयोजित सभामा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले समुदायमा आधारित सहकारी संस्था गरिब जनताको आर्थिक स्तर वृद्धि गर्नेतर्फ उन्मुख हुनुपर्ने विचार व्यक्त गर्नुभयो ।
उत्पादनमूलक तथा रोजगारमूलक काममा लगानी गर्ने सहकारी संस्थाहरू जनताकेन्द्रित हुने विचार व्यक्त गर्दै उहाँले भन्नुभयो, “सहकारी संस्था श्रमजीवी वर्गको हितमा खोल्नुपर्छ ।”
भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले नेपालमा सङ्गठित र ठूलो सञ्जाल भएको सहकारीले पुँजी परिचालन, रोजगारी सृजना र लैङ्गिक समानताको लागि महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो ।
उहाँले लगानीका क्षेत्रहरू पहिचान गरी सहकारीले उत्पादन वृद्धि र वित्तीय अनुशासन कायम गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।
जिल्ला सहकारी सङ्घ लिमिटेडका अध्यक्ष केदार खड्काले बहुउद्देश्यीय सहकारी संस्थाहरूको दर्ताले सहकारीमा विकृति ल्याउनेतर्फ सचेत हुनुपर्ने विचार राख्नुभयो । प्रक्रिया नपु¥याई दर्ता भएका संस्थाहरूलाई भक्तपुर नगरपालिकाले सूचना प्रकाशित गरी आम समुदायलाई सचेत बनाएको कुरा उहाँले बताउनुभयो ।
कार्यक्रमका सभापति एवं सङ्घका अध्यक्ष कृष्णगोविन्द लाखाजुले २०१३ चैत २० गते चितवनको बखानपुरमा ऋण समिति दर्ता भएको दिनलाई आधारित भएर राष्ट्रिय सहकारी दिवस मनाउँदै आएको बताउँदै सहकारीमा सन्दर्भ ब्याजदर ऋणमा १६ प्रतिशत तोकिए पनि कार्यान्वयन नभएको बताउनुभयो ।
उहाँले सहकारीलाई स्वच्छन्दरूपमा छोडे विकृति बढ्ने बताउनुभयो ।
सङ्घका उपाध्यक्ष हरि बल्लले सहकारीलाई बैङ्क वित्तीयसरह मालपोत कर उठाउनु जायज नभएको बताउनुभयो । सहकारी ऐनमा एक व्यक्ति एक सहकारीको व्यवस्था संशोधन गर्न सङ्घले प्रदेश सरकारमा निवेदन पेश गरेको कुरा उहाँले बताउनुभयो ।
कार्यक्रममा सङ्घका सचिव जगनाथ प्रजापतिले पनि बोल्नुभएको थियो ।
Leave a Reply