इरान–अमेरिका तनाव फेरि चर्कियो अमेरिकी सेनाद्वारा हर्मुज जलडमरु कब्जा गर्ने असफल प्रयास
- बैशाख २५, २०८३
मस्को, ३ अप्रिल (ग्लोबल टाइम्स) । रुसविरूद्ध पश्चिमा देशहरूले कडा नाकाबन्दी थोपरेको बेला रुसी जनताबीच गरिएको जनमत सङ्कलनमा अधिकांशले भविष्यप्रति आशा देखाएका छन् । आफ्नो देशमाथि दबाब बढेपछि सङ्गठित बन्ने रुसी जनताको स्वभाव अहिले पनि पुस्टि भएको छ । भविष्यप्रति रुसी जनताको अविश्वसनीय परिणाममा वृद्धिले यही कुरा सङ्केत गरेको रुसी पर्यवेक्षकहरूले बताएका छन् ।
हालै गरिएको सर्वेक्षणले झन्डै ५० प्रतिशत रुसी जनता देशको भविष्यप्रति ढुक्क भएको देखाएको छ । स्पुटनिक समाचार संस्थाले जनाएअनुसार युक्रेनमाथि रुसी विशेष सैनिक कारबाहीप्रति रुसी जनताको समर्थन निकै बढेको छ ।
हरेक दिन रुसी जनतासँग लिइएको अन्तर्वार्तामा पश्चिमा नाकाबन्दीबाट उनीहरूको भविष्यप्रतिको अपेक्षा फरक फरक भएको देखिएको छ । तर, अधिकांशले देशको एकतामा भने उनीहरूको पूर्ण विश्वास भएको देखिएको छ ।
“पश्चिमा नाकाबन्दीले रुसलाई पश्चिमा प्रभावबाट अझ स्वतन्त्र बनाउनेछ । आर्थिक र राजनीतिक क्षेत्रमा रुसलाई अझ स्वाधीन बनाउनेछ”, मस्कोको कूटनीतिक प्रतिष्ठानअन्तर्गत अन्तर्राष्ट्रिय तथा राष्ट्रिय सुरक्षा विभागका उपाध्यक्ष ओलेग इभानोभले भने ।
“अब रुसले देशको हितको निम्ति आफ्नै उच्च प्रविधिको विकास गर्नुपर्नेछ र जनताको जीवनस्तर उकास्नुपर्नेछ”, उनले थपे ।
आशावादी जनमत
मार्च ३० मा स्पुतनिक समाचार संस्थामा प्रकाशित समाचारअनुसार जनमत सङ्कलनमा सहभागी झन्डै आधा रुसीले आगामी तीनदेखि पाँच वर्षमा आफ्नो जीवनस्तरमा सुधार आउने विश्वास व्यक्त गरेका छन् । उत्तरदाताहरूमध्ये जम्मा ४९ प्रतिशतले भविष्यमा आफ्नो जीवन ‘अहिलेको भन्दा राम्रो’ हुने उत्तर दिए । सन् २०२१ को डिसेम्बरमा २५ प्रतिशत रुसीले मात्र त्यस्तो सकारात्मक मत व्यक्त गरेका थिए ।
१९ प्रतिशत रुसीले भने, ‘जीवनमा कुनै परिवर्तन नआउने’, १३ प्रतिशतले ‘अझ खराब हुने’ र १८ प्रतिशतले ‘उत्तर दिन गा¥हो भएको’ बताएका थिए ।
युक्रेन सङ्कट सुरू भएपछि संरा अमेरिका र उसको पछि लागेका देशहरूले रुसीका झन्डै क्षेत्रमा कडा नाकाबन्दी थोपरेका छन् । तर, रुसी जनताबीच भविष्यप्रतिको आत्मविश्वास देखेर बाहिरी संसार चकित परेको छ ।
“अहिलेसम्म नाकाबन्दीले हाम्रो जीवनमा समग्रमा कुनै प्रभाव पारेको छैन । नाकाबन्दीबाट उपलब्ध नभएका सामानको रुसभित्रै उत्पादन गर्न थालिनेछ”, २७ वर्षको स्टासले भने, “मलाई कति पनि डर छैन र अझ राम्रो हुने विश्वास छ ।”
“नाकाबन्दीले मेरो जीवनमा प्रत्यक्ष प्रभावित बनाएको छ किनभने मेरो तलब राज्यको बजेटमा निर्भर छ । नाकाबन्दीको कारण अहिले राज्यको बजेट समस्यामा परेको छ । तर, ती सबै समस्या समाधान हुनेछ”, २९ वर्षका सरकारी कर्मचारी भासिलीले भने । “म मस्कोमा बस्छु । अब रुसबाट केही पश्चिमा कम्पनीहरू रुसबाट बाहिरिने छन् । उनीहरू फेरि हाम्रो देशमा फर्किने विषयमा मैले ध्यान दिएको छैन”, उनले भने ।
“मलाई नाकाबन्दीको रतिभर डर छैन किनभने रुसमा सबभन्दा कडा खालको नाकाबन्दी लागिसकेको छ । हामी निर्भर रहेका सबै उद्योग र व्यापारका आधारमा उल्लेखनीय क्षति भइसकेको छ । तर, वास्तविकता के हो भने हामी यस्तो परिस्थितिमा टिकेका छौँ”, उनले थपे ।
“हाम्रो देशलाई ध्वस्त बनाउन पश्चिमा नाकाबन्दी थोपरिएको हो । तर, हामी राष्ट्रपति पुटिनको नेतृत्वमा विश्वास गर्छौं । हामीले आजको प्रतिकूलता छिचोलिसकेका छौँ र पश्चिमा दबाबबाट मुक्त भएका छौँ । हाम्रो देशको भविष्य उत्तम छ । रुस महान् देश हो जो बाह्य दबाबसामु झुक्दैन”, रुसका इन्टरनेट प्रयोगकर्ताहरूले लेखेका छन् ।
रुसी एकता
तर, यस्तो कठिन समयमा रुसी जनतामा यस्तो आशा कहाँबाट पलायो ?
केही विज्ञहरू अधिकांश रुसीहरू युक्रेनमाथि विशेष सैनिक कारबाही गरेपछि रुसको राष्ट्रिय सुरक्षा सुनिश्चित भएको विश्वास गरेको बताउँछन् ।
मार्च ७ मा गरिएको एउटा सर्वेक्षणमा ७१ प्रतिशत रुसीहरूले युक्रेनमाथि ‘विशेष सैनिक कारबाही’ लाई समर्थन गरेको देखाएको छ ।
त्यस्तै पुटिनप्रति रुसी जनताको विश्वास पनि बढेको छ । बहुमत रुसी जनता (७९ प्रतिशत)ले पुटिनको निर्णयलाई ठीक मानेका छन् । ८१ प्रतिशत रुसीले पुटिनप्रति विश्वास व्यक्त गरेका छन् ।
रुस विशाल भूगोल र समृद्ध स्रोत साधन भएको देश हो । जनताका आधारभूत आवश्यकता पूरा गर्न रुसलाई कुनै समस्या छैन । तथापि जनताको जीवनस्तर कायम राख्न वा उकास्न भने चुनौतीपूर्ण छ ।
रुसी जनता समस्या र चुनौती झेल्न सक्ने जनता हुन् । उनीहरूको सहनशीलता क्षमता निकै बलियो भएको विज्ञहरू भन्छन् ।
नाकाबन्दीको समयमा रुसी राष्ट्रिय चरित्र इतिहासको कठिन समयमा देखिएको छ । रुसका एक जना समाजवादी विचार बोक्ने नागरिकले कठिन समयमा रुसी नेताहरू जनतालाई सङ्गठित बनाउन सक्षम भएको बताउँछन् ।
“मेरो विचारमा युद्धमा सहभागिताको रुससँग बलियो ऐतिहासिक सम्झना छ । बितेको दशकमा सन् १९४१–४५ मा भएको महान् देशभक्तिपूर्ण युद्धमा जनताको विजयको इतिहासबारे देशभक्तिपूर्ण शिक्षा र प्रचारले रुसी जनताको ऐतिहासिक सम्झनाको यो महत्वपूर्ण पक्षलाई बलियो बनाएको छ”, रुसको नोभोसिब्रिस्कस्थित सर्वियाली व्यवस्थापन प्रतिष्ठानका प्राध्यापक सेगेई बिर्युकोभले भने ।
Leave a Reply