काभ्रेमा १३७ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस
- बैशाख २६, २०८३
भक्तपुर, २१ चैत । भक्तपुर नपा वडा नं. ८ लिबालीमा अवस्थित सिद्धि शारदा आधारभूत विद्यालयको नवनिर्मित भवन उद्घाटन भयो ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नेपाल सरकार राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (शिक्षा), जिल्ला आयोजना कार्यान्वयन एकाइ (शिक्षा) भक्तपुरद्वारा निर्मित ४ कोठे २ तले आर.सी.सी. भवनको सोमबार एक समारोहबीच ताम्रपत्र अनावरणका साथ उद्घाटन गर्नुभयो ।
कार्यक्रममा नगर प्रमुख प्रजापतिले असल शिक्षकले देशको लागि आवश्यक असल नागरिक तयार गर्ने बताउनुभयो ।
उहाँले शिक्षालाई पहिलो प्राथमिकतामा राख्दै भक्तपुर नगरपालिकाले यहाँका सामुदायिक विद्यालयको स्तरोन्नति गर्ने कार्यलाई निरन्तरता दिँदै शिक्षा क्षेत्रको थप विकासको निम्ति आवश्यक व्यवस्था गरिरहेको बताउनुभयो ।
भक्तपुर नपाले भक्तपुरका सामुदायिक विद्यालयको स्तरोन्नतिमा विशेष जोड दिँदै आएको चर्चा गर्दै उहाँले भक्तपुर आज शैक्षिकरूपमा अगाडि बढेको नगरको रूपमा विकास हुनुमा यहाँका बुद्धिजीवी, शिक्षक र स्थानीय जनताको ठूलो भूमिका रहेको प्रस्ट पार्नुभयो ।
भक्तपुर नपा वडा नं. ८ का वडाध्यक्ष महेन्द्र खायमलीले भक्तपुरलाई शैक्षिक गन्तव्य बनाउने अभियानले विस्तारै सार्थक रूप लिँदै गइरहेको बताउँदै लिबाली आवास क्षेत्रको बाटो स्तरोन्नति र आवश्यक स्थानमा पुल निर्माण गर्ने योजनामा रहेको बताउनुभयो ।
कार्यक्रममा सिद्धि शारदा विद्यालयका सल्लाहकार ज्ञानसागर प्रजापतिले नवनिर्मित भवनबाट विद्यार्थीहरूलाई स्तरीय शिक्षा प्रदान गर्न टेवा पुग्ने विश्वास व्यक्त गर्दै सामुदायिक र निजी विद्यालयहरूबीचको भेद हटाउने उद्देश्यले भक्तपुरको शिक्षा प्रणाली अगाडि बढिरहेको बताउनुभयो ।
विद्यालयका संस्थापक कृष्णगोविन्द खाइजुले विद्यालय आजको अवस्थामा आइपुग्नुमा स्थानीय जनताको धेरै ठूलो भूमिका रहेको औँल्याउँदै विद्यालयको शैक्षिक उन्नतिको लागि शिक्षक र अभिभावकहरूको सक्रियता आवश्यक भएको बताउनुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णगोविन्द लाखाजूको सभापतित्वमा भएको उक्त भवन उद्घाटन कार्यक्रममा विद्यालयका प्रअ कृष्णप्रसाद सुवाल, जिल्ला आयोजना कार्यान्वयन एकाइ (शिक्षा) का प्राविधिक विशाल फुँयाल र भवन निर्माण समितिका सदस्य राजेन्द्र दुमरुले पनि विद्यालय निर्माणको अवस्था र आय–व्यय प्रस्तुत गर्नुभएको थियो ।
सोही कार्यक्रममा नगर प्रमुख प्रजापतिले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लाखाजूलाई नवनिर्मित भवनको निर्माण सम्पन्न प्रमाण–पत्र विद्यालयलाई हस्तान्तरण गर्नुभएको थियो । भवन निर्माणको कुल खर्च ८२ लाख १६ हजार ९ सय २८ रूपैयाँ रहेको विद्यालय स्रोतले जनाएको छ ।
Leave a Reply