भर्खरै :

पर्यटन क्षेत्रमा देखिएको नयाँ उत्साह

पछिल्ला केही महिनायता नेपाल घुम्न आउने विदेशी पर्यटकहरूको सङ्ख्यामा भएको वृद्धिसँगै कोभिड–१९ महामारीले नराम्ररी थला परेको पर्यटन उद्योगमामात्र होइन, सिङ्गो अर्थतन्त्रमै आशाको सञ्चार भएको छ । वर्षौंपछि पर्यटकीय क्षेत्रमा विदेशी पर्यटकहरू देखिन थालेका छन् । लामो समयदेखि शून्य बनेका होटल र रेस्टुराँहरू चलायमान बन्न थालेका छन् । यसले अर्थतन्त्रका सबै क्षेत्रलाई क्रमशः गतिशील बनाउने आशा गरौँ । पर्यटकको सङ्ख्या बढ्दै गए कम्तीमा देशले श्रीलङ्काको जस्तो आर्थिक विपत्ति भोग्नु नपर्नेमा आशा बन्न जरूरी छ ।
कोभिड–१९ महामारी जति चुनौती थियो, त्यति नै अवसर पनि बनेको छ । बाहिरबाट आउने पर्यटकको भरमा मात्र बस्दा महामारी वा त्यति आपत्को बेलामा व्यवसाय धान्न नै गा¥हो हुने शिक्षा कोभिडले सबैलाई सिकाएको छ । पर्यटन व्यवसायीहरूले पनि यो पाठ सिकेको हुनुपर्छ । विदेशी पर्यटकलाई स्तरीय आतिथ्यसँगै स्वदेशी पर्यटन प्रवद्र्धनको निम्ति पनि जोड दिन व्यवसायी र राज्यका निकायहरूले भूमिका खेल्न जरूरी छ ।
महामारीको कारण दैलोमा आइसकेको नेपाल भ्रमण वर्ष स्थगित गर्नुप¥यो । त्यसले पर्यटन व्यवसायीहरूले ठूलो आर्थिक क्षति भोग्नुप¥यो । तर, महामारी क्रमशः शिथिल बन्दै गएपछि त्यतिबेला बनाइएका पूर्वाधारहरूको सही सदुपयोग गर्ने बेला भएको छ ।
नेपालका दुई छिमेकी देशहरू संसारकै सबभन्दा धेरै जनसङ्ख्या भएका देशहरू हुन् । चीनका बौद्ध धर्मावलम्बीहरूलाई मात्र पनि नेपाल भ्रमणको लागि आवश्यक प्रचार गर्न सके नेपालको अर्थतन्त्रमा ठूलो प्रभाव पार्नेछ । अर्को छिमेकी देश भारतका पर्यटकहरूलाई धार्मिक पर्यटनको निम्ति अझ बढाउन सके आर्थिक रूपमा फड्को मार्न सम्भव हुनेछ । विडम्बना ¤ देशसँग अपार सम्भावना भएर पनि हामीले तिनको सदुपयोग गर्न नसक्दा अझै पनि विपन्नताको मार खेपिरहेका छौँ । यसको एउटै कारण शासक दलहरूले सही र दीर्घकालीन योजना बनाउन नसक्नु हो । देश र जनतालाई केन्द्रमा राखेर तिनले सूक्ष्म योजना बनाउन नसक्दा हामी ‘माल पाएर पनि चाल नपाएका’ बनेका छौँ ।
पर्यटन उद्योगले महामारीको कारण भोग्नुपरेको क्षति पूर्ति गर्दै पर्यटन उद्योगलाई अझ व्यवस्थित र गुणस्तरीय बनाउन राज्यका निकाय र व्यवसायीहरू सक्रिय हुनुपर्छ । संसारभर आर्थिक मन्दीले दुःख दिइरहेको बेला पर्यटन उद्योगको प्रवद्र्धन गर्न सबै देशका सरकारले मिहनेत गरिरहेका छन् । विश्व बजारको यो प्रतिस्पर्धामा नेपालले आफूलाई अब्बल बनाउन नसके नेपालले भोग्ने आर्थिक क्षतिको प्रभाव लामो समय रहन सक्छ ।
जलवायु परिवर्तनको कारण संसारभर प्राकृतिक परिवर्तन भइरहेका छन् । यस्ता परिवर्तनको कारण जलवायु परिवर्तनको जोखिममा परेका देशको पङ्क्तिमा नेपाल पनि पर्छ । प्राकृतिक र सांस्कृतिक सम्पदामा आधारित नेपालको पर्यटन उद्योगले यस्ता परिवर्तनप्रति संवदेनशील नबने पर्यटनको आधार पनि गुमाउनुपर्ने हुनसक्छ । यसको निम्ति राज्यको सक्रियता र अगुवाइमा सबै क्षेत्रको सहकार्य जरूरी छ । पर्यटन क्षेत्रको लाभलाई सीमित मानिसको मुनाफामा सीमित नराखी व्यापक जनतासम्म पु¥याए सन्तुलित विकासमा यो क्षेत्र पनि भूमिका रहनेछ ।
विगतबाट सिकौँ, नयाँ उत्साहका साथ आगामी यात्रा अघि बढाऔँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *