ख्वप कलेज अफ लअन्तर्गत ‘ख्वप न्याय दबु’ को विमोचन तथा पुरस्कार वितरण कार्यक्रम
- बैशाख २७, २०८३
भक्तपुर, २४ चैत । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले पुँजीवादी व्यवस्था आफैमा बेइमान व्यवस्था भएको बताउनुभयो । स्थानीय कार्यकर्ताहरुको भेलालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “पुँजीपति वर्गले पैसा बाँडेर, लोभ लालच देखाएर, धम्क्याएर निर्वाचनमा मत सङ्कलन गर्छन्, चुनावपछि साँवा ब्याजसहित असुल्छन् र अर्को चुनावमा फेरि पनि पैसा बाँड्छन् ।”
पुँजीवादी शासक दलहरुले जनभावनाविपरीत देशघाती एमसीसी सम्झौता गरेर फेरि पनि जनतालाई भ्रम छरिरहेको चर्चा गर्दै अध्यक्ष बिजुक्छेँले शासक दलहरुबाट भएको देशघाती कार्यको विषयमा जनतामाझ प्रस्ट जानकारी दिनुपर्नेमा जोड दिनुभयो ।
श्रीलङ्काको आर्थिक सङ्कटबारे अवगत गराउँदै उहाँले आफ्नै खुट्टामा उभिएर आत्मनिर्भर अर्थतन्त्र विकास गर्नुपर्ने धारणा राख्नुभयो ।
उहाँले कार्यकर्ताहरुले व्यक्तिगत स्वार्थलाई त्यागेर समाजको प्रगति, आमुल परिवर्तनका लागि निःस्वार्थपूर्वक जनताको सेवा गर्नुपर्ने उल्लेख गर्नुभयो ।
भेलामा पार्टीका केन्द्रीय सचिव प्रेम सुवालले निर्वाचनका लागि सत्ताधारी दलहरुको गठबन्धनका उम्मेदवारहरुले कुन पार्टीको घोषणापत्र लागु गर्ने ? भनी प्रश्न गर्दै गठबन्धनको नाममा पुँजीवादी दलहरुले जनतालाई झुक्याउन खोजेको बताउनुभयो ।
उहाँले निर्वाचन आचारसंहिताको उल्लङ्घन गर्ने शासक दलका नेताहरु नै हुने र राज्यको ढुकुटीबाट हेलिकप्टर चढेर चुनावी कार्यक्रम गर्नेहरुले आचारसंहिताको खिली उडाउने प्रस्ट पार्नुभयो ।
पार्टी भक्तपुर जिल्ला समितिका अध्यक्ष सुरेन्द्रराज गोसाईले आलोचना र आत्मालोचनाले कार्यकर्ताहरुलाई जनताबीच जान ऊर्जा थप्ने बताउनुभयो ।
पार्टी भक्तपुर नगर समितिका अध्यक्ष नारायणबहादुर दुवाल र सदस्य उपेन्द्र सुवालले पार्टीको साङ्गठनिक गतिविधिबारे जानकारी दिँदै पार्टी प्रकाशनको अध्ययन र अन्तरक्रियाले कार्यकर्ताको सैद्धान्तिक स्तर उकास्ने बताउनुभयो ।
भेलाले नारायणबहादुर दुवालको अध्यक्षतामा नेपाल मजदुर किसान पार्टी भक्तपुर नगर समिति पुनःगठन गरेको छ ।
Leave a Reply