सामूहिक साकोसको आयोजनामा विस्तारित मञ्च कार्यक्रम
- बैशाख २७, २०८३
काठमाडौँ, २४ चैत । स्वास्थ्य सेवाको गुणस्तर र जनचेतनाको कारणले स्वास्थ्य बीमातर्फ सर्वसाधारणको आकर्षण बढ्न नसकेको बताइएको छ । स्वास्थ्य बीमा बोर्डले आज यहाँ आयोजना गरेको अन्तरक्रियामा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलाले स्वास्थ्य सेवा गुणस्तर, जनचेतना कमी र जनशक्तिको अभावले स्वास्थ्य बीमा प्रभावकारी हुन नसकेको बताउनुभयो ।
उहाँका अनुसार विसं २०७२ मा कैलाली जिल्लाबाट सञ्चालन भएको स्वास्थ्य बीमा अहिलेसम्म ५३ लाख चार हजार २७० जनाले मात्र गरेका छन् । अर्थात् कूल जनसङ्ख्याको २०.०३ प्रतिशत जनसङ्ख्याले मात्र बीमा गरेका छन् । तीमध्ये २० लाख ८९ हजार ५९९ जना अर्थात (३९.३९ प्रतिशत) ले मात्र बीमा सेवा लिएका छन् । बीमितमध्ये ७० प्रतिशतले मात्र नवीकरण गरेका पाइएको छ ।
“अन्य देशको तुलनामा हामीले पनि स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी रूपमा अगाडि बढाएको छौँ । जापान, कोरियालगायत देशमा स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी रूपमा अगाडि बढेको छ”, उहाँले भन्नुभयो, “हामीले सोचेजस्तो रूपमा कार्यक्रमलाई लैजान सकेका छैनौँ ।”
उहाँले कोरोना भाइरसको कारणले पनि बीमा कार्यक्रमलाई प्रभाव पारेकाले दुई वर्ष प्रभावकारी रूपमा काम गर्न नसकिएको स्पष्ट पार्नुभयो । उहाँले स्वास्थ्य बीमा बोर्डलाई सरकारले कानुनी रूपमा स्वायत्त संस्थाको रूपमा परिभाषा गरे पनि व्यावहारिकरूपमा संस्था स्वायत्त हुन नसक्दा काममा समस्या भएको बताउनुभयो ।
स्वायत्त संस्थाको रूपमा बोर्डलाई लैजानका लागि सरकारसँग ३७२ जनाको स्वीकृत दरबन्दी माग गरेको छ । तीन हजार ५०० रुपियाँको वार्षिक बीमा गरेवापत एक लाख बराबरको स्वास्थ्य उपचार उपलब्ध हुन्छ । बोर्डले ४४१ सरकारी र निजी अस्पतालसँग बीमा गरेवापतको स्वास्थ्य उपचारका लागि सम्झौता गरेको छ । बोर्डले बीमा कार्यक्रममार्फत अति गरिब, ७० वर्ष माथिका ज्येष्ठ नागरिक, एचआईभी सङ्क्रमित, कुष्ठरोगी, क्षयरोगी, अति अशक्त अपाङ्गता भएकालाई सरकारले नै बीमाको रकम उपलब्ध गराउने गरेको छ ।
नेपालमा अहिलेसम्म १५ लाख आठ हजार ५१४ बीमित परिवारले बीमा कार्यक्रममा सहभागी रहेका छन् । अति गरिब परिवारको चार लाख ८८ हजार चार जनाले, ज्येष्ठ नागरिक छ लाख ३४ हजार ७३५, एचआत्ी सङ्क्रमित २५ हजार २८९ जना, अति अशक्त अपाङ्गता ९३ हजार ६२९ जना, कुष्ठरोग सङ्क्रमित दुई हजार ८४९, क्षयरोगी दुई हजार ४७४ जनाले स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध रहेका छन् ।
आठ स्थानीय तह बाँकी
स्वास्थ्य बीमा कार्यक्रम आठ स्थानीय तहमा अझै लागू हुन सकेको छैन । जिल्लाका ७४५ स्थानीय तहमा बीमा कार्यक्रम लागू गरिए पनि उपत्यकाका आठ स्थानीय तहमा बीमा कार्यक्रम लागू गरिएको छैन । बोर्डका शाखा अधिकृत सिर्जना पौडेलका अनुसार काठमाडौँ जिल्लाको काठमाडौँ महानगर, कीर्तिपुर, बुढानिलकण्ठ, शङ्खरापुर, नागार्जुन तथा ललितपुर जिल्लाको ललितपुर महानगण्रपालिका, गोदावरी नगरपालिका र महालक्ष्मी नगरपालिकामा स्वास्थ्य बीमा कार्यक्रम लागू भएको छैन ।
सरकारले स्वास्थ्य सेवा उपभोगको पहुँच तथा उपभोगको सुनिश्चित गर्ने सेवाको विस्तार एव गुणस्तर अभिवृद्धि गर्न, आर्थिक जोखिम घटाउने तथा न्यूनतम रकम पूर्व भुक्तानीको आधारमा २०७२ चैत २५ गतेदेखि बीमा कार्यक्रम सुरु गरेको हो । भोलि शुक्रबार देशभरि नै ‘तपाईँको स्वास्थ्य हाम्रो अठोट’ भन्ने नाराका साथ बीमा छैटौँ बीमा दिवस मनाइँदैछ ।
बीमा कार्यक्रममार्फत गरिब, विपन्न एवं सुगम क्षेत्रमा सेवाको पहुँच पुगेको बताइएको छ । बीमा कार्यक्रमअन्तर्गत बोर्डले अहिलेसम्म रु. १६ अर्ब ७९ करोड ६८ लाख अस्पताललाई भुक्तानी गरिसकेको छ ।
यो आर्थिक वर्षमा चैत २० गतेसम्म रु. साढे छ अर्ब भुक्तानी गरिएको छ ।
रासस
Leave a Reply