बिदै बिदा दिएर शैक्षिक गुणस्तर कायम होला ?
- बैशाख ७, २०८३
सरकारले विगतमा सञ्चालन गरेका कुन कुन उद्योग, कलकारखाना तथा सङ्घ–संस्थानहरू बन्द भए सोको अध्ययन, अनुसन्धान र खोजीनीति गर्नु आवश्यक छ । बन्द भएका ती उद्योग–कलकारखानाहरू फेरि सञ्चालन गरेर जनताका आधारभूत आवश्यकता पूर्ति गर्नेतर्फ सरकार लाग्नुपर्छ । हाल सञ्चालन या सरकारको मातहतमा रहेका उद्योग–कलकारखानालाई अझै व्यवस्थित गर्ने र बन्द भएका उद्योग कल–कारखानाहरू फेरि सञ्चालन गर्न सत्तासीन दलका नेता र मन्त्रीहरू जुट्नुपर्छ ।
देशका सरकारी उद्योगधन्दाहरू डुबाउने, घाटामा पु¥याउने र कौडीको मूल्यमा निजीकरण गर्ने काम विशेषगरी नेकाको सरकारले गरेको थियो । खोलिएका उद्योगहरू घाटा भयो भनेर नेकाका नयाँ पुस्ताका नेता भनिने गगन थापाले भनेझैँ बेच्ने होइन । उद्योग किन घाटा भयो ? उद्योग घाटामा पु¥याउन क–कसले अनियमितता र चुहावट ग¥यो ? उत्पादित सामानको दुरूपयोग क–कसले गरे ? आवश्यकताभन्दा बढी कर्मचारी कसले किन राखे ? यी सबैको लेखाजोखा नगरी घाटा भएको निहुँमा के उद्योगधन्दा बेच्न पाउँछ ? आफूलाई जन्माएको सन्तानलाई लवाइखुवाइ गर्न सकेन भनेर के मार्नु मानव धर्म हो ? जोहो गर्न उपाय खोज्ने कि ज्यान लिने ? उद्योग घाटा भयो भनेर उद्योगै बेच्न बाध्य भएको स्पष्टीकरण दिने गगन थापाजस्तो प्रजातान्त्रिक नेतालाई अलिकति पनि सुहाउँदैन ।
देशमा आवश्यकताअनुसार उद्योग खोलेर रोजगारी दिनुपर्ने, आधारभूत आवश्यकता पूर्ति गर्नुपर्ने बेला उद्योगै बेच्नु परेको भनाइले के नेकाको सरकार उद्योग बेचुवा साबित भएन ? सरकारी उद्योग–कलकारखानाका जिम्मेदार व्यक्तिहरू या प्रबन्ध÷महाप्रबन्धकहरू इमानदार नभएका कारण या व्यक्तिगत र दलगत स्वार्थका कारण उद्योगहरू डुबेको हो । व्यक्ति मोटाउने तर उद्योग डुबाउने काम कसरी भयो ? यसमा नेका नै दोषी थियो ।
पहिले बन्द भएका उद्योगहरू फेरि सञ्चालन गर्न सके देशको आयस्रोत बढ्छ, रोजगारी पाउँछ, व्यापार घाटा घट्छ र विकासमा टेवा पुग्छ । यतिबेला पहिलेदेखि बन्द रहेको हेटौँडा कपडा उद्योग उद्योगपति पवन गोल्यानले फेरि सञ्चालन गर्न सरकारसमक्ष प्रस्ताव पेस गरेको खबर सञ्चारमाध्यममा आएको छ । स्वदेशी बजारमा कपडाको ठूलो माग छ । हेटौँडा उद्योग फेरि सञ्चालन भए देश र जनताको लागि फाइदा हुन्छ । तर, त्यो उद्योग सञ्चालनमा राज्यको हात हुनुपर्छ । सबै जिम्मा निजी व्यक्ति या निजी उद्योगपतिलाई छोडेर व्यक्ति मोटाउने र देशको सम्पत्ति डुबाउने काम गर्नु ठीक होइन । स्मरणीय छ, हेटौँडा कपडा उद्योग चीनको आर्थिक तथा प्राविधिक सहयोगमा २०३६ मा उत्पादन सुरू भएको थियो । सो उद्योगबाट २०५७ मा बन्द भएको थियो ।
भएका उद्योगहरू बन्द गरेर देश आत्मनिर्भर हुनेछैन । नेपाली जनताले रोजगारी पाउनेछैनन् । देशको राजस्व बाहिरिनेछ । यसले देशको विकासमा बाधा पु¥याउँछ । यसकारण, पहिले बन्द भनिएका, घाटाको नाउँमा निजी स्वामित्वमा गएका उद्योग, कलकारखाना तथा सङ्घ–संस्थानहरू फेरि राज्यकै अगुवाइमा सञ्चालन गर्न सरकार अघि सर्नुपर्छ ।
Leave a Reply