कैलालीमा सन्देशमूलक कार्यक्रम
- बैशाख ११, २०८३
भक्तपुर, २४ चैत । आरम्भ नेपालको आयोजनामा पुस्तक अध्ययन संस्कारलाई पुनः बढावा दिन तीनदिने पुस्तक प्रदर्शनीको अन्तिम दिनको पहिलो सेसनमा ‘ख्वप मोडेल’ विषयमाथि भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा परिचर्चा कार्यक्रम बुधबार सम्पन्न भयो ।
उक्त कार्यक्रमको पहिलो चरणमा उद्घोषक कमलराज गोसाईले आयोजक आरम्भ नेपालद्वारा तयार भएको प्रश्नावलीमा प्रमुखले जवाफ दिनुभयो । दोस्रो चरणमा सहभागीहरूको जिज्ञासाको जवाफ दिनुभयो ।
पहिलो चरणमा नगर प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाले सञ्चालन गरिएका अध्ययन संस्थाको नाम ख्वप राखिएको प्रसङ्ग उल्लेख गर्दै दलको स्मार्ट सिटीको अवधारणालाई भक्तपुर नगरले आदर्श नगरको परिकल्पना गरेको बताउनुभयो ।
नगर प्रमुख प्रजापतिले नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँको सय वर्षपछिको भक्तपुर कृतिको परिकल्पनालाई एक एक पाइला गरी लागु गरिरहेको चर्चा गर्दै पुरानो बस्तीमा घरहरू निर्माण गर्दा अगाडिको मोहदामा लाग्ने कुल खर्चमा ३५ प्रतिशतसम्म अनुदान दिई सम्पदालाई जीवन्तता बनाउन सहयोग पुगिरहेको विचार व्यक्त गर्नुभयो ।
नगरका जनताले उच्च शिक्षा ग्रहण गर्न सहजताको लागि शैक्षिक ऋण तथा संस्कृति, इतिहास, भूगोल, राजनीतिशास्त्र एवं नेपालभाषा अध्ययन गर्ने विद्यार्थीलाई आर्थिक सहयोग गरिरहेको बताउनुभयो ।
कोरोना कहरको बेला अक्सिजनको अभावमा सर्वसाधारण जनताले ज्यान गुमाएको बेला जनतासँग सहकार्य गर्दै अक्सिजन प्लान्ट निर्माण गरेर जनतालाई निःशुल्क वितरण गरिरहेको प्रसङ्ग उल्लेख गर्दै खाद्य सामग्री सहजरूपमा उपलब्ध गराउन देशमै पहिलो पटक बाहिर निस्किनको लागि अनुमतिपत्र पासको अवधारणा ल्याएको बताउनुभयो ।
उहाँले विपत् व्यवस्थापनको लागि नगरपालिकाले कर्मचारीहरूलाई आवश्यक तालिम दिएको तथा जनताको रोजगारी सिर्जनाका लागि सिलाइबुनाइ, काष्ठकला, लोकल गाइड तथा कृषिसम्बन्धी विभिन्न तालिम सञ्चालन भइरहेको जानकारी दिनुभयो ।
यी सबै योजना र कार्यक्रममा उपभोक्ता समिति अभियान नै ख्वप मोडेल भनेर अन्यले विश्लेषण गरेको भनी ख्वप मोडेलको परिचर्चा अन्त गर्नुभयो ।
कार्यक्रमको दोस्रो सत्रमा शिल्पी थियटरको ‘अलिकति उज्यालो’ नामक मञ्चनसँगै आरम्भ पुस्तक प्रदर्शनी २०७८ समापन भएको छ ।
Leave a Reply