भर्खरै :

कोभिडबाट अमेरिकामा धनीभन्दा दोब्बर गरिबको मृत्यु

महामारीको समयमा संयुक्त राज्य अमेरिकामा गरिब काउन्टीहरूमा बस्ने अमेरिकीहरू धनी काउन्टीहरूमा बसोबास गर्ने मानिसहरूको भन्दा झन्डै दोब्बर दरमा भाइरसबाट मरेको नयाँ अध्ययनले देखाएको छ ।
अमेरिकाबाट प्रकाशन हुने न्युजविकका अनुसार पुअर पिपुल्स क्याम्पेन अर्थात् गरिब जनताको अभियान प्रतिवेदनले जारी गरेको अध्ययनले सबैभन्दा बढी कोभिड–१९ बाट मृत्युदर भएका ३०० अमेरिकी काउन्टीहरूमा औसत गरिबी दर ४५ प्रतिशत रहेको देखाएको छ । यसैबीच, ती काउन्टीहरूको लागि घरपरिवारको औसत आय पनि कम मृत्यु दर भएका काउन्टीहरूको तुलनामा औसत २३ हजार डलर कम रहेको थियो ।
अमेरिकाले कुनै पनि अन्य ठूला, उच्च आय भएका राष्ट्रहरू भन्दा प्रतिव्यक्ति सबैभन्दा बढी सञ्चयी कोभिड–१९ का मृत्युका रेकर्ड राखेको छ । न्यूयोर्क टाइम्सले रिपोर्ट गरेअनुसार गरिब जनताको अभियान प्रतिवेदनले गरिब काउन्टीहरू असमानरूपमा प्रभावित भएको देखाएको छ । रोग नियन्त्रण र रोकथाम केन्द्रले रिपोर्ट गरे अनुसार संयुक्त राज्यमा ९ लाख ८० हजारभन्दा बढी मानिसहरू यस रोगबाट मरेका छन् । जसले महामारी सुरूवात भएको दुई वर्ष भन्दा बढी अवधिमा १० लाखको मृत्यु रेकर्ड नजिक पुगेको छ ।
३ हजार २ सत्न्दा बढी अमेरिकी काउन्टीहरूको आय र मृत्युको तथ्याङ्कलाई अध्ययन गर्दा कोभिड १९ बाट मृत्युदरको सन्दर्भमा शीर्ष २० काउन्टीहरू जर्जिया, टेक्सास र भर्जिनियाका थोरै जनसङ्ख्या भएका क्षेत्रमा अवस्थित रहेको देखाएको छ ।
अमेरिका नै विश्वको सबैभन्दा ठूलो अराजकता निर्माणकर्ता
अमेरिकी सम्बन्धित विभागले हालै चीनको थाइवान क्षेत्रलाई ९ करोड ५० लाख अमेरिकी डलरको क्षेप्यास्त्र प्रविधि सहायता परियोजना दिने निर्णय गरेको छ । यो यस चरणको अमेरिकी सरकार नियुक्त भएपछि थाइवानलाई हतियार बिक्री गर्ने तेस्रोपटक हो । जसबाट अमेरिकाको अरू क्षेत्रलाई अराजक बनाउने कुचेष्टा देखिन्छ ।
वास्तविकताबाट स्पष्ट देखिन्छ ः वर्तमान थाइवान क्षेत्रकासामु नयाँ चर्को परिस्थिति देखिन्छ भने यसको कारण थाइवान क्षेत्रको सत्तारूढ पार्टीले अमेरिकामा भर परेर स्वतन्त्रताको खोजी ¤ गर्ने कुचेष्टा लिएको स्पष्ट हुन्छ । साथै केही अमेरिकीहरूले थाइवानलाई अवसर लिँदै चीनलाई नियन्त्रणमा राख्ने’ विचार लिँदै पटक–पटक थाइवानलाई हतियार बिक्री गरेका छन् । जसले स्पष्ट प्रमाणित गर्छ कि अमेरिका नै विश्वमा अराजकता सिर्जना गर्ने सबैभन्दा ठूलो शक्ति हो ।
विश्वमा एउटै मात्र चीन छ भने थाइवान चीनको एक भूभाग हो । यो एक अपरिवर्तनीय ऐतिहासिक र कानुनी तथ्य हो । थाइवानको सुरक्षा अमेरिकाबाट हतियार खरिदमा होइन मातृभूमिसँगको सम्बन्धको शान्ति विकासमा निर्भर छ । चीनले बलियो तथा शक्तिशाली कदमले विदेशी हस्तक्षेप शक्तिको कडा विरोध गर्दै जानेछ ।
स्रोतः सीआरआई

Leave a Reply

Your email address will not be published. Required fields are marked *