भर्खरै :

सन् २०२१ मा अमेरिकीहरूको सरदर आयुमा गिरावट : अध्ययन प्रतिवेदन

पैचिङ, ३० चैत । सीएनएनका अनुसार अमेरिकामा सरदर आयु सन् २०२१ मा गिरावट आएको छ । नयाँ प्रतिवेदनअनुसार सन् २०२० यता नाटकीय ढङ्गले औसत आयुमा गिरावट आएको छ जुन दोस्रो विश्वयुद्धपछिको सबैभन्दा ठूलो थियो ।
बिहीबार सार्वजनिक भएको एउटा अध्ययन प्रतिवेदनमा सन् २०२० मा लगभग १.९ वर्ष घटेपछि अमेरिकामा कोभिड–१९ जारी रहँदा २०२१ मा जीवन प्रक्षेपण थप ०.४ वर्षले घटेको छ । अनुसन्धानकर्ताहरूले लेखेका छन्, ‘यद्यपि प्रभावकारी खोपहरूको आविष्कार र उपलब्धताले २०२१ मा अमेरिकी मृत्युदरलाई कम गर्ने अपेक्षा गरिएको थियो, तर भ्याक्सिनको ढिलाइ र डेल्टा भेरियन्टको फैलावटले मृत्युदरमा ठूलो वृद्धि ल्यायो ।’
सन् २०२१को ग्रीष्ममा छोटो अपवाद बाहेक कोभिड–१९ अमेरिकामा लगातार विगत दुई वर्षदेखि मृत्युको शीर्ष तीन कारणहरूमध्ये एक भएको छ, कैसर फेमिली फाउन्डेसनको विश्लेषणले देखाएको छ ।
रोग नियन्त्रण र रोकथामका लागि अमेरिकी केन्द्रहरूको तथ्याङ्कअनुसार महामारी अघिको दशकमा अमेरिकामा औसत आयु ०.१ वर्ष भन्दा कमले वार्षिक रूपमा परिवर्तन भएको थियो । नयाँ रिपोर्टले के बताएको छ भने कोभिड–१९ महामारीको बीचमा जीवन अपेक्षा परिवर्तनले अमेरिका र अन्य उच्च आय भएका देशहरू बीचको विद्यमान खाडललाई फराकिलो बनाइदिएको छ ।
विभिन्न १९ वटा उस्तै तहका मुलुकहरूबीच तुलना गर्दा अमेरिकामा सन् २०२० को सरदर आयु एक तिहाइ (औसत ०.६ वर्ष) ले घटेको थियो तर २०२१ मा ०.३ वर्षले पुनः सुधार भयो । अमेरिकामा सरदर आयु सन् २०१९ मा ७८.९ वर्षबाट २०२१ मा ७६.७ वर्षमा झरेको छ । जुन अन्य सङ्गाती मुलुकहरूको तुलनामा पाँच वर्षभन्दा कम हो ।
“यसले अमेरिकाले कसरी महामारीलाई ह्यान्डल ग¥यो त्यसको जीवन नतिजाहरूको बारेमा धेरै कुरा बोल्छ,” भर्जिनिया कमनवेल्थ युनिभर्सिटीको सेन्टर अन सोसाइटी एन्ड हेल्थका अध्ययन लेखक र निर्देशक डा. स्टिभन वुल्फले एक विज्ञप्तिमा भने । अमेरिकामा भाइरल प्रसारणलाई कम गर्न खोपको प्रतिरोध स्तर र मास्किङ तथा जनादेश जस्ता अभ्यासहरूलाई जनताले अस्वीकार गर्ने कारणले पनि सूचकाङ्क नकारात्मक भएको हो ।
अमेरिकामा, २०२० मा अश्वेत र हिस्पैनिक मानिसहरूको आयुमा असमान्य कमी आएको थियो । तर, २०२१ मा हिस्पानिक मानिसहरूको आयु स्थिर रहेको र अश्वेत मानिसहरूको अलिकति बढ्दै गर्दा २०२१ मा गोरा मानिसहरूले सबैभन्दा धेरै नोक्सान सहेका थिए ।
यस अध्ययनको लागि कोलोराडो विश्वविद्यालय र अर्बन इन्स्टिच्युटका वुल्फ र अन्य अनुसन्धानकर्ताहरूले स्वास्थ्य तथ्याङ्कका लागि राष्ट्रिय केन्द्र, मानव मृत्यु डाटाबेस र अन्य अन्तर्राष्ट्रिय तथ्याङ्कहरूबाट मृत्यु डेटाको विश्लेषण गरेका थिए ।
सीआरआई

Leave a Reply

Your email address will not be published. Required fields are marked *