भर्खरै :

युक्रेनी जनताको ज्यानको वास्ता छैन अमेरिकालाई

पैचिङ, १ वैशाख । अप्रिल १२ तारिख रोयटर्सले जो बाइडेन सरकारलाई प्रश्न सोध्यो, गत मार्चमा अमेरिकामा बन्दोबस्त गरेको युक्रेन शरणार्थीको सङ्ख्या किन १२ मात्र थियो ? सोही दिन संयुक्त राष्ट्र सङ्घीय शरणार्थी कार्यालय
(यूएनएचसीआर) ले जनाएको छ, रुस–युक्रेन सैनिक सङ्घर्ष सुरू भएयता ४६.५ लाख युक्रेनवासी अन्य मुलुकमा भागेका छन् ।
अमेरिकी ह्वाइट हाउसले वचन दिएको छ, १ लाख युक्रेनी शरणार्थी लिने छ तर यस्तो वचनको वास्तविक अर्थ छैन । फोब्र्स पत्रिकाले विश्लेषण गरेअनुसार, अमेरिकामा प्रवेश गर्ने भिसा पाउनुअघि स्वदेश फर्कने प्रमाण दिनुपर्छ । रुस–युक्रेन द्वन्द्व भइरहेको पृष्ठभूमिमा युक्रेन शरणार्थीहरूले यस्तो प्रमाण कसरी दिनसक्छन् र ?
लाखौँ युक्रेनी शरणार्थीहरू विश्वमा अमेरिकाले प्रभुत्वको विस्तार गर्दा सबभन्दा पछिल्ला पीडितमात्रै हुन् । अमेरिका टुडे समाचारपत्रले गत फेब्रुअरीमा जनाएअनुसार, बितेका २० वर्षमा अमेरिकाले सुरू गरेको युद्धमा परी जम्मा ९.२९ लाख जनाको ज्यान गइसकेको छ ।
सेप्टेम्बर ११ पछि अमेरिकाले थालेको युद्धमा परी कम्तीमा ३.८ करोड जना घरबारविहीन भएका छन् ।
नेटोमार्फत युरोप–एसिया समूहलाई कमजोर पार्दै
अमेरिकाले नेटोको प्रयोग गर्दै युरोप–एसिया समूहलाई कमजोर पारेर विश्वमा आफ्नो प्रभुत्वलाई कायम राख्न खोजिरहेको छ । उक्त कुरा जर्मन जंगेवेल्ट समाचारपत्रको वेभसाइटमा अप्रिल ७ मा सार्वजनिक गरिएको ‘पश्चिमी संसारविरूद्ध विश्वव्यापी राजनीति’ शीर्षकको लेखमा औँल्याइएको छ ।
उक्त लेख जर्मन सामाजिक वैज्ञानिक तथा लेखक भोन जोर्ग क्रोनाउरले लेख्नुभएको हो । पूर्वतिर नेटोको विस्तारबाट नेटोले ढाकेको भूभागलाई ठूलो पार्नुका साथै पूर्वी युरोप तथा दक्षिण–पूर्वी युरोपमा रुसको प्रभावलाई कमजोर पार्ने लक्ष्य राखिएको छ । यसको साथै वासिङ्टनका रणनीतिकारहरूले अर्को विशेष लक्ष्य पनि राखेका छन् कि युरोप–एसिया महादेशको पश्चिमी भागलाई अमेरिकाबाट नेतृत्व गरिने सैन्य गठबन्धनमा समावेश गराएर अमेरिकाको प्रभुत्वलाई कायम राख्नु हो ।
रुस–युक्रेन द्वन्द्वले युरोपेली आर्थिक मन्दीलाई चर्को पारिँदै
युक्रेनको परिस्थिति वर्तमान अवस्थामा पुग्नुको कारण अमेरिकी शीतयुद्धको विचार तथा नेटोको निरन्तर विस्तारको नतिजा हो । रुस–युक्रेन द्वन्द्वबाट युरोपेली आर्थिक मन्दी प्रक्रिया अझ चर्को पारिएको छ । उक्त विचार अप्रिल ११ तारिख बेलायती क्याम्ब्रिज विश्वविद्यालयका उच्च अनुसन्धानकर्ता तथा प्रसिद्ध विद्वान र्टिन ज्याकले चाइना मिडिया ग्रुपका पत्रकारसँगको अन्तर्वार्तामा व्यक्त गर्नुभएको हो ।
उहाँले अगाडि भन्नुभयो, “केही हदसम्म रूस–युक्रेन द्वन्द्वबाट अमेरिकालाई लाभान्वित बनाएपनि युरोप पूराका पूरै फरक अवस्थामा धकेलिएको छ । यसमा युरोप घाटामा देखिन्छ । वास्तवमा शीतयुद्ध सकिएयता अमेरिका–युरोप सम्बन्ध भङ्ग भइसक्यो तापनि अमेरिकाले वर्तमान अवस्थामा संगातीसँगको सम्बन्धलाई सुधार गर्न खोजिरहेको छ । यसै सन्दर्भमा यस द्वन्द्वमा संरा अमेरिका सबभन्दा ठूलो विजेताको रूपमा रहिरहेको भन्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *