अध्यक्ष रोहितको चिनियाँ भाषामा अनुदित ‘जेलका चिठीहरू’ पुस्तकको विशेष समारोहबिच विमोचन
- श्रावण १, २०८३
दैलेख, ३ वैशाख । नेपाल मजदुर किसान पार्टी, आठबिस नगर समितिको आयोजनामा शनिबार तिलेपाटामा कार्यकर्ता प्रशिक्षण सम्पन्न भयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य एवम् कर्णाली प्रदेश संयोजक सरोजराज गोसाईले गाउँगाउँका जनताले सचेत भएर निर्णय नगरेसम्म देशको परिवर्तन सम्भव छैन भन्नुभयो ।
नेमकिपाले जनताको आलोचनात्मक चेतनाको विकासको निम्ति राजनीतिक कक्षा, सभा तथा प्रशिक्षण सञ्चालन गरिरहेको भन्दै आगामी स्थानीय तहको निर्वाचनलाई पनि सोही उद्देश्यको निम्ति प्रयोग गर्ने विचार राख्नुभयो ।
स्थानीय तहका जनताको सेवा गर्ने उद्देश्यले निर्वाचनको उपयोग गर्ने भन्दै केन्द्रीय सदस्य गोसाईले नेमकिपाले घोषणापत्र लागू गर्नेबारे जनतालाई विश्वस्त बनाउनुपर्ने स्पष्ट पार्नुभयो ।
उहाँले नेमकिपाले कहिल्यै पनि निर्वाचन आचारसंहिताको उल्लङ्घन नगरेको भन्दै आचारसंहिताको अवज्ञा गर्ने पार्टीहरूलाई दण्डित बनाउन जनतालाई सक्षम गर्नुपर्ने तर्क गर्नुभयो ।
केन्द्रीय सदस्य गोसाईले स्थानीय तहका जनप्रतिनिधिलाई संविधानले दिएको अधिकारको दुरूपयोग भएको भन्दै योग्य, इमानदार तथा सक्षम व्यक्तिलाई उम्मेदवार बनाउनुपर्ने धारणा राख्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य एवम् दैलेख जिल्ला समितिका अध्यक्ष जग्यबहादुर शाहीले एमसीसीको सन्दर्भमा शासक दलहरू एकै ठाउँमा उभिएबाट को–कस्तो छ भन्ने देखिएको बताउनुभयो ।
उहाँले एमसीसी पारित गर्न प्रत्यक्ष तथा अप्रत्यक्ष सहयोग गर्ने सबै पार्टी देशघाती हुने तर्क गर्नुभयो । उहाँले गणतन्त्र आएर पनि जनताको समस्या समाधान नभएको बताउनुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य बजिरसिं विकले देशघाती पार्टीहरूलाई सजाय गर्ने बेला आएको भन्दै देशको स्वाभिमान जोगाउने समय आएको तर्क गर्नुभयो ।
उहाँले शासक पार्टीहरूले जनतालाई अनेक प्रलोभनमा फसाउन सक्ने भन्दै जनताको राजनीतिक चेतनास्तर उठाउन नेमकिपा सक्रिय रहने बताउनुभयो ।
नेमकिपा, आठबिस नगर समितिका अध्यक्ष जयबहादुर बडुवालको सभापतित्वमा भएको उक्त कार्यक्रममा नेमकिपा दैलेख जिल्ला समिति सदस्य केशेन्द्रप्रकाश कार्की, नेमकिपाका निर्वाचित वडाध्यक्ष धनबहादुर सिजापति, नगर समिति सचिव नविन सिजापति र नगर समिति सदस्य मानबहादुर सिजापतिले पनि मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा लक्ष्मण थापाले देउडा गीत प्रस्तुत गर्नुभएको थियो ।
Leave a Reply