सीको आह्वान : एआईमा एक देशको प्रभुत्व नहोस्
- श्रावण १, २०८३
काठमाडौँ, ३ वैशाख । “राजनीतिक पार्टी दर्शन र वर्गको आधारमा स्थापना भएको हुन्छ । जाति, भाषा र क्षेत्रको आधारमा राजनीतिक दल स्थापना गरिए द्वन्द्व बढ्ने सम्भावना हुन्छ ।”
उक्त भनाइ नेपाल मजदुर किसान पार्टीका सचिव एवम् प्रतिनिधिसभा सदस्य प्रेम सुवालले नेपाः राष्ट्रिय पार्टीको चौधौँ स्थापना दिवसको अवसरमा शनिबार राख्नुभएको हो ।
सरकारले सबै भाषा र जातिको कला–संस्कृतिलाई समान व्यवहार गर्नुपर्नेमा जोड दिँदै सचिव सुवालले देशको सन्तुलित विकास नहुँदा बसाइँसराइसँगै कतिपय भाषा, जाति र संस्कृति लोप भइरहेको औँल्याउनुभयो ।
उहाँले गणतन्त्रमा निर्वाचित राजाहरूको सरकारजस्तै भएको हुँदा विभेद यथावत भएको उल्लेख गर्दै विद्यालय शिक्षा निःशुल्क र अनिवार्य तथा विश्वविद्यालय शिक्षा निःशुल्क गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
एमसीसी सम्झौता समर्थन गर्ने राजनीतिक पार्टीहरू समाजवादी र प्रजातन्त्रवादी हुननसक्ने उल्लेख गर्दै अमेरिकी साम्राज्यवादकै कारण युक्रेन सङ्कट उत्पन्न भएको उहाँले चर्चा गर्नुभयो ।
अमेरिकी साम्राज्यवादले इराकमा आक्रमण गरेको बेला सर्वसाधारण जनताको बस्ती र पूर्वाधारमा समेत आक्रमण गरेको उल्लेख गर्दै सचिव सुवालले रूसले युक्रेनको राजधानी किभमा जाने ग्यास–तेलको आपूर्ति नरोकेको बताउनुभयो ।
अमेरिकी साम्राज्यवादले युक्रेनलाई नेटो सदस्य बनाउन नखोजेको भए अहिलेको सङ्कट उत्पन्न नहुने उल्लेख गर्दै सचिव सुवालले नवउदारवादी खुला अर्थनीतिकै कारण श्रीलङ्कामा सङ्कट उत्पन्न भएको बताउनुभयो ।
नेपालका ३६ वटा सार्वजनिक संस्थानहरू कौडीको मूल्यमा बिक्री गरिएको हुँदा सार्वजनिक ऋण र आयात बढेको उल्लेख गर्दै सचिव सुवालले अत्यावश्यक वस्तु र सेवा राज्यले वितरण गर्ने व्यवस्था गर्नु जरुरी रहेको बताउनुभयो ।
एकीकृत समाजवादीका नेता झलनाथ खनालले पुँजीवादी लोकतन्त्र ठगतन्त्र भएको हुँदा वैज्ञानिक समाजवादको विकल्प नभएको उल्लेख गर्नुभयो । तर, उहाँले पुँजीवादी लोकतन्त्रकै २०६७ सालमा किन प्रधानमन्त्री बने त्यो भने खुलाउनुभएन ।
सङ्घीय लोकतान्त्रिक मोर्चाका अध्यक्ष रूक्मणी थारूले नेका क्षेत्री बाहुल्य भएको पार्टी र एमाले र माओवादी बाहुन बाहुल्य भएको पार्टी भएको उल्लेख गर्दै जातीय राज्यको सुरू यी पार्टीबाटै भएको बताउनुभयो ।
नेपाः राष्ट्रिय पार्टीका अध्यक्ष विजय सँैजूको अध्यक्षतामा कार्यक्रम भएको थियो ।
Leave a Reply