अतिक्रमणमा परेको जग्गा पशुपतिनाथको नाउँमा ल्याउनु जरुरी
- असार २९, २०८३
सत्तारूढ दल तथा ठूला दलका नेताहरू स्थानीय तहको निर्वाचनमा हार्ला भन्ने चिन्तामा डुबेका छन् । निर्वाचनमा हार्ने डरले नै यो निर्वाचनमा सत्तारूढ दलहरू गठबन्धनमा लागेका हुन् । सत्तारूढ दलको गठबन्धनले एमाले नमज्जासँग हार्ने चिन्ताले एक्लै लड्ने शेखी गरेका केपी ओली पनि गठबन्धन गर्न जुटेका छन् । ती दलका नेताहरू निर्वाचनमा हारेपछि इज्जतै जाने र राजनीतिप्रतिको आस्थै मर्ने ठान्छन् । त्यसकारण, ती दलका नेताहरू सिद्धान्त र विचारको ख्याल गर्दैनन्, कुन दलसँग मिल्न हुने र नहुनेतर्फ ध्यान दिँदैनन् । आफूलाई कम्युनिस्ट भन्ने एकथरी दल राजावादीसँग मिल्न जुटेको छ भने अर्को थरीको कम्युनिस्ट भनिने पार्टी नेकासँग गठजोड गर्न जुट्दै छ । मानौँ ती दलका नेताहरू बढी सीट जितेनन् भने दलको अस्तित्व नै नहुने ठान्छन् । यो दलको कस्तो राजनीतिक चरित्र ¤
सत्तारूढ दल र ठूला दलका नेताहरू तँभन्दा म के कम भन्दै सभा सङ्गठनमा एकले अर्कोलाई हिलो छ्याप्दै छन् । एकले अर्कोलाई थचार्दै, बजार्दै आफूमाथि उक्लिने अराजनीतिक, असान्दर्भिक र अव्यवहारिक कुरा फलाक्दै छन् । ती दलका नेताहरूले सैद्धान्तिक र वैचारिक कुरा छाडी केटाकेटी पारामा सिङ न पुच्छरको कुरा फलाक्दै छन् । उनीहरूको अभिव्यक्ति राजनीतिक नेता र कार्यकर्ता होइन राजनीतिक चरित्र नभएका व्यक्तिहरूको भन्दा तल्लो स्तरको देखिन्छ । अभिव्यक्तिमा उत्तरदायी र जवाफदेहीताको कुनै लक्षण देखिँदैन । आफ्नो जिम्मेदारी र इमानदारिता देखिँदैन । उनीहरू आफ्नो दुनो सोझ्याउनको लागि जनतालाई सत्तामा उक्लने भ¥याङ बनाउँदै छन् । आफ्नो दल ठूलो र शक्तिशाली भन्दै नेताहरूमा अहङ्कार देखिएका छन् । नेताहरूको यस्तो अभिव्यक्तिले जनतामा राजनीतिप्रति वितृष्णा फैलेको हो । यसरी ठूला र सत्तारूढ दलका नेताहरूले राजनीतिमा खेलबाड गरिरहे पनि जनतामाझ झूटको खेती गरेर दोहोरो भूमिका खेलिरहे पनि मतदाता किन शिक्षा लिँदैनन् ?
एक राजनेताले गर्नुपर्ने भूमिका निर्वाह नगरी राजनीतिक संस्कार बिर्सने, आफ्नो आचरण भुलेर मनपरी बोल्ने नेताहरूलाई मतदाताले निर्वाचनमा हराउन किन लाग्दैनन् ? नेताहरू सैद्धान्तिक, वैचारिक र राजनीतिक संस्कारअनुरूप गतिविधि गर्न र मन्तव्य दिन अघि सर्नुपर्छ ।
Leave a Reply