क्युवाद्वारा संयुक्त राष्ट्रसङ्घमा अमेरिकी आरोप अस्वीकार
- कार्तिक १२, २०८३
पेइचिङ, ८ वैशाख । सन् २०२२ पोआउ एसिया मञ्च वार्षिक सम्मेलनको अप्रिल २१ को बिहान हाइनान प्रान्तीय पोआउमा उद्घाटन गरिएको छ । चीनका राष्ट्राध्यक्ष सी चिनफिङले भिडियोमार्फत उद्घाटन समारोहमा उपस्थिति जनाउँदै सम्बोधन गर्नुभएको छ ।
सो उद्घाटन समारोहमा चीनका उप–प्रधानमन्त्री हान चङ पनि उपस्थित हुनुभएको छ । अप्रिल २० देखि २२ तारिखसम्म चल्ने यस वार्षिक सम्मेलनले ‘महामारी र विश्वः विश्व विकासलाई संयुक्त रूपमा बढाएर साझा भविष्यको रचना गर्ने’ लाई मुख्य विषय बनाएको छ ।
राष्ट्राध्यक्ष सीले जोड दिनुभयो, “सुरक्षा होस् वा खतरा, आफ्नो आकाङ्क्षा बदल्ने छैन । मानव इतिहासले हामीलाई बताउँछ कि जति धेरै कठिन समयहरू छन्, त्यति नै हामीले आफ्नो आत्मविश्वास बलियो बनाउनुपर्छ । विरोधाभास भयानक होइन, यो अन्तरविरोध हो जसले मानव समाजको प्रगतिलाई अगाडि बढाउँछ । इतिहासको चक्रलाई कुनै पनि अवरोधले रोक्न सक्दैन । धेरै चुनौतीहरूको सामना गर्दैगर्दा हामीले आत्मविश्वास गुमाउनुहुँदैन, बरु हाम्रो आत्मविश्वासलाई थप बलियो बनाउनुपर्छ र साहसपूर्वक अगाडि बढ्नुपर्छ ।”
राष्ट्राध्यक्ष सीका अनुसार कठिनाइबाट बाहिर निस्केर उज्यालो दिशातर्फ जानका लागि सबैभन्दा महत्वपूर्ण कुरा एकताबद्ध रहेर संयुक्त प्रयास गर्नु हो । मानवजाति साझा भाग्य समुदाय हो । विभिन्न मुलुकले शान्ति, विकास, सहयोग, साझा फाइदाको युगलाई अनुकूल बनाएर हातमा हात मिलाएर सहयोगमार्फत संयुक्तरूपमा उज्ज्वल भविष्यको सिर्जना गर्नुपर्छ ।
राष्ट्रपति सी चिनफिङका अनुसार सुरक्षा विकासको आधार हो । मानिसहरू एक अविभाज्य सुरक्षा समुदाय हो । प्रभुत्व तथा शक्ति राजनीतिले विश्व शान्तिलाई ध्वस्त पार्ने छ । गुटको टकरावले २१ औँ शताब्दीको सुरक्षा चुनौतीलाई बढाउने छ ।
सीका अनुसार विश्व शान्तिलाई प्रवद्र्धन गर्नका लागि चीनले वैश्विक सुरक्षा निर्णय प्रस्ताव गरेको छ । साझा, मिलिजुली, सहयोगात्मक, दिगो सुरक्षा विचारधारालाई कायम राख्दै विश्वको शान्ति तथा सुरक्षाको सयुक्त संरक्षण गर्नुपर्छ । विभिन्न मुलुकको सार्वभौमिकता तथा क्षेत्रीय अखण्डतालाई सम्मान गर्नुपर्छ । विभिन्न मुलुकका जनताले स्वच्छरूपमा आफ्नो विकास बाटोको छनौट गर्ने अधिकारको सम्मान गर्नुपर्छ । र क्षेत्रीय विवाद, आतङ्कवाद, जलवायु परिवर्तन, नेटवर्क सुरक्षा, जैविक सुरक्षा आदि विश्वव्यापी समस्याको संयुक्त सामना गर्नुपर्ने आदी प्रस्तावहरू छन् ।
सीले विभिन्न मुलुक एउटै पानी जहाजमा बसेकाले ठूलो लहर जितेर उज्यालो भविष्यतिर पुग्नका लागि संयुक्त रूपमा प्रयास गर्नुपर्छ र कसैलाई समुद्रमा छोड्ने फाल्ने गतिविधि स्वीकार्य हुँदैन भन्ने कुरामा पनि जोड दिनुभयो ।
आज अन्तर्राष्ट्रिय समुदायले जटिल, नाजुक यन्त्रको विकास गरेको छ, यसको एउटा मात्र कम्पोनेन्ट बिग्रिएमा पूरै मेसिन सञ्चालन अवरूद्ध हुनेछ, यसले बिगार्ने तथा भत्काउने व्यक्तिलाई पनि क्षति पुग्ने राष्ट्रपति सीले जोड दिनुभयो ।
सीका अनुसार अहिले विश्वमा कुनै पनि एकपक्षीयवाद तथा चरम अहङ्कार हुनुहुँदैन । अति दबाब दिने र सहयोग नगर्ने गतिविधि गर्नु हुँदैन । सँगसँगै प्रयास गरी विभिन्न मुलुकहरूबीच आदान प्रदानलाई सबल पारेर संयुक्तरूपमा विश्वको निर्माण गर्नुपर्छ ।
सीले एसियाको राम्रोसँग विकास भएमा मात्र विश्व राम्रोसँग विकास हुनसक्ने भन्दै एशियालाई अरू विकास गरी एसियालाई विश्व शान्ति, विकास र सहयोगको नयाँ शक्ति बनाउनुपर्ने दोहो¥याउनुभयो ।
सीका अनुसार क्षेत्रीय शान्ति तथा स्थिरता आकाशबाट खसेको होइन, र यो कुनै देशको उपकार पनि होइन, यो राष्ट्र तथा क्षेत्रहरूको साझा प्रयासबाट आएको हो । हामीले पारस्परिक सम्मान, समान, शान्ति अस्तित्व आदि सिद्धान्तलाई पछ्याउँदै असल छिमेकी र मित्रताको नीति अवलम्बन गर्नुपर्छ । जसबाट दृढतापूर्वक भाग्यलाई आफ्नै हातबाट नियन्त्रण गर्नसकिन्छ ।
सी चिन फिङले जिरो–सम खेललाई संवाद र सहयोगले प्रतिस्थापन गर्ने, बन्दलाई खुलापन र समावेशीले प्रतिस्थापन गर्ने र एकाधिकारलाई आदानप्रदान र पारस्परिक सिकाइले प्रतिस्थापन गर्ने सोच र सहिष्णुता एसियामा हुनुपर्छ भन्ने कुरामा जोड दिनुभयो ।
एसियाभित्र वा बाहिर ठूलो वा सानो देश, बलियो वा कमजोर देश, अराजकताको सट्टामा एसियाले चमक थप्नुपर्छ, शान्तिपूर्ण विकासको बाटोमा मिलेर हिँड्नुपर्छ, जीतको सहयोग खोज्नुपर्छ र एकता कायम गर्नुपर्छ राष्ट्राध्यक्ष सीले बताउनुभयो ।
Leave a Reply