नेपाल–भारत मैत्रीको एक उदाहरणः कोसी योजना
- कार्तिक १९, २०८३
भक्तपुर, ८ वैशाख । ख्वप इन्जिनियरिङ कलेज र ख्वप कलेज अफ इन्जिनियरिङको संयुक्त आयोजनामा शुक्रबार एकदिने वास्तुकलाको प्रवृत्तिसम्बन्धी राष्ट्रिय सम्मेलन ल्बतष्यलब िऋयलाभचभलअभ यल त्चभलमक ष्ल ब्चअजष्तभअतगचभ(ल्भउब िसुरु भएको छ । कलेज सञ्चालक समितिका अध्यक्ष एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सम्मेलनको सुरुआत गर्नुभयो ।
सम्मेलनको पूर्ण सफलताको कामना गर्दै प्रमुख प्रजापतिले भक्तपुर नगर क्षेत्रफलको हिसाबले सानो नगर भए पनि वास्तुकलाको हिसाबले देशकै सम्पन्न नगर भएको बताउनुभयो । उहाँले अहिलेजस्तो दक्ष इन्जिनियर आर्किटेक्टहरू नभएको त्यो पुर्खाको समयमा बनेका वास्तुकलाहरू सामान्य मर्मत सम्भारकै भरमा सयौँ वर्षसम्म टिकिरहनु पुर्खाको योग्यता र क्षमताको अनुपम नमुना हो भन्नुभयो ।
उहाँले भन्नुभयो, “काठमाडौँ र ललितपुरका सम्पदाहरूको पुनर्निर्माण विदेशी सहयोगमा भइरहेका छन् । तर, भक्तपुरका कुनै पनि सम्पदाको पुनर्निर्माण र निर्माणमा विदेशी सहयोग छैन । आफ्नै क्षमतामा कार्य गर्दै गयौँ, सम्पूर्ण सम्पदाको स्थानीय कालिगढ र श्रमिकले पुनः निर्माण गरे । काठमाडौँ र ललितपुरका सम्पदाहरूको पुनर्निर्माणमा पनि भक्तपुरका दक्ष कालिगढले योगदान गरे, आफ्नै क्षमतामा आत्मनिर्भर भई कार्य गर्दै जाँदा आज भक्तपुर ख्वप मोडेल भयो ।”
आधुनिक प्रविधिको प्रयोगसँगसँगै परम्परागत शैलीको प्रयोगलाई प्रोत्साहन गर्न अनुदानको व्यवस्था गरेको उल्लेख गर्दै उहाँले एक दुई जनाको निजी स्वार्थभन्दा पनि सिङ्गो भक्तपुरको स्वार्थलाई प्राथमिकता दिएको बताउनुभयो । आज केन्द्र, प्रदेश र स्थानीय तहमा अराजकता व्याप्त छ, राष्ट्रिय पत्रपत्रिकामा नकारात्मक कुरामात्र दिने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “नराम्रो काम बिजुलीसरि फैलिन्छ तर राम्रो काम बिस्तारै फैलिन्छ ।”
नेपाल मजदुर किसान पार्टीका जनप्रतिनिधिहरूले २०३९ सालदेखि सुरु गरेको सफाइ अभियान, २०५६ सालमा ख्वप उमाविको स्थापना, इन्जिनियरिङ कलेज, नर्सिङ कलेजको स्थापनाले शैक्षिक र प्राविधिक क्षेत्रलाई जोड दिएको उहाँले बताउनुभयो । गत वर्षमात्र १५ करोड रुपियाँ बराबरको छात्रवृत्ति प्रदान गरेको बताउँदै उहाँले आ–आफ्नो ठाउँको बनाउने भावना नागरिकमा हुनुपर्ने तथा इन्जिनियर र आर्किटेक्टहरूले पनि योगदान गर्नुपर्ने उहाँले चर्चा गर्नुभयो । युवा सबै विदेश पठाउने र काम सबै ठेक्कामा दिने यो पुँजीवादी सरकारको नीति गलत भएको बताउँदै उहाँले भक्तपुर नपाले स्थानीय जनताको सहभागितामा उपभोक्ता समितिमार्फत विकास निर्माण कार्य गर्दै आएको बताउनुभयो ।
प्रतिपक्षलाई हराउन सत्ता पक्षको गठबन्धन भागबन्डाको राजनीति हो, भागबन्डाले राज्यको ढुकुटीमात्र स्वाहा हुन्छ । भागबन्डा नै गर्ने भए अरबौँ खर्च गरेर निर्वाचन गर्नु आवश्यक छैन । निर्वाचन एउटा सिद्धान्तको लडाइँ हो, विचारको लडाइँ हो, त्यसैले हामी निर्वाचनमा भाग लिन्छौँ ।” प्रमुख प्रजापतिले भन्नुभयो ।
कलेज सञ्चालक समितिका उपाध्यक्ष एवं भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले प्भथलयतभक क्उभबपभच को रूपमा आफ्नो मन्तव्य राख्नुभएको सो सम्मेलनमा आर्किटेक्ट रविना शिल्पकारले सम्मेलनको उद्देश्यमाथि प्रकाश पार्नुभयो । चार चरणमा सम्पन्न हुने सो सम्मेलनमा देशभरका आर्किटेक्ट एवं वास्तुकलाविद्हरूको १५ वटा कार्यपत्र प्रस्तुत हुने आयोजक समितिले जनाएको छ ।
Leave a Reply