नयाँ नयाँ सेवा सञ्चालन गर्दै जनतालाई स्वास्थ्य सेवा प्रदान गर्ने कार्यलाई निरन्तरता दिनुपर्ने
- कार्तिक २०, २०८३
निर्वाचन जनताका योग्य प्रतिनिधि छान्ने प्रजातान्त्रिक प्रक्रिया हो । जनताको विश्वास जित्न राजनीतिक दलहरूले आ–आफ्नो सिद्धान्त र विचार जनतालाई बुझाउनुपर्छ, जनतालाई राजनैतिक र वैचारिकरूपले सुसूचित पार्नुपर्छ । निर्वाचन जनतालाई सुसूचित पार्ने भरपर्दाे माध्यम हो । तर, विडम्बना ¤ पुँजीवादी बन्दोबस्तमा सिद्धान्त र विचारको कुरा उठाइँदैन । जनतालाई सुसूचित पार्ने कुरा उठाइँदैन । सत्तारुढ तथा ठूला दलका नेता र कार्यकर्ताहरू आफ्ना पक्षका उम्मेदवारलाई निर्वाचित गराउन अनेक लोभलालच देखाउँछन्, धाक धम्की दिन्छन्, भोजभतेर खुवाउँछन् र पैसा बाँड्छन् । कति ठाउँमा त गाउँ–ठाउँ या पूरै बस्तीको मत थोकमा खरिद गर्न मान्छे नै खटाइएको हुन्छ । मत खरिद गर्ने पैसाको राजनीति सच्चा राजनीति होइन ।
मतदातालाई पैसा बाँड्ने र भोजभतेर खुवाएर निर्वाचनमा जित्ने उम्मेदवार के सच्चा जनप्रतिनिधि होला ? अस्वस्थ प्रतिस्पर्धा भनेको यही हो । पैसा र बलको राजनीति भएपछि दलले जस्तोसुकै सिद्धान्त प्रचार गरे पनि के अर्थ रह्यो ? अनि चुनाव महँगो भयो रे । किन हुँदैन ? निर्वाचन आयोगको आचारसंहितालाई सत्तारुढ र ठूला दलका नेता तथा कार्यकर्ताहरू खुलमखुला उल्लङ्घन गर्छन् । आयोगको आचारसंहिताको कुनै टेरपुच्छर हुँदैन । सिद्धान्त र विचारको राजनीति गर्ने दलको लागि निर्वाचन आयोगले निर्धारण गरेको पैसा पनि खर्च हुँदैन । तर, सत्तारुढ र ठूला दलका नेताहरू त लाख होइन करोडौँ खर्च गर्छन् र आयोगले तोकेको आचारसंहिता र खर्चको सीमा उल्लङ्घन गर्छन् ।
पैसा र बलको भरमा राजनीति चलेपछि के इमानदार या सिद्धान्त र विचारप्रति निष्ठावान उम्मेदवारले स्थान पाउलान् ? पैसाले उम्मेदवारहरू जित्ने कस्तो राजनीति ¤ यस्तो राजनीति भित्याउने दल पनि सच्चा राजनीतिक दल ¤ आखिर यस्ता विकृति निम्त्याउने कार्य नेका, एमाले, माओवादी केन्द्रजस्ता सत्तारुढ र ठूला दलहरूले नै गरेका हुन् । आज त्यस्तै राजनीतिक दलहरूको बोलवाला छ । जनता पनि अनेक लोभमा त्यस्तै राजनीतिक दलतर्फ आकर्षित हुन्छन् । जागिर, ठेक्का, पैसा, सामान आदि पाउने नाउँमा मतदाताहरू त्यस्तै दलमा भुल्छन् । त्यहाँ देशप्रेमको कुरा उठ्दैन । देश जोगाउने काममा वास्ता हुँदैन । तर, नेपाल मजदुर किसान पार्टी स्थापनाकालदेखि देश र जनताप्रति समर्पित भएर लागिरहेको छ । नेमकिपा सत्तारुढ दलको लोभलालचमा फसेको देखिँदैन । विदेशी शक्ति राष्ट्रको दबाबमा परेन, दबाबमा आफ्नो दलको अडान फेरिएन । पैसा, पद र भागबन्डा गर्ने राजनीतिको विरोध गर्ने दल नेमकिपा नै हो । अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादको विरोध गर्ने नेमकिपा नै हो । सीमा अतिक्रमण, अन्तर्राष्ट्रिय मूल्य र मान्यताविपरीत नेपाल–भारत सीमामा भारतीय पक्षले एकतर्फी बनाएको बाँध तथा तटबन्धको विरोध सो पार्टीले गरिरहेको छ । यसरी देश र जनताप्रति समर्पित छ, समर्पित भएर लागेको छ । उक्त पार्टी गरिरहेको यो राजनीतिको सर्वत्र चासोको विषय बनिरहेको छ, नेमकिपाको प्रशंसा भइरहेको छ, नेमकिपाको तर्फबाट निर्वाचित जनप्रतिनिधिले गरिरहेको कामको प्रशंसा गर्दै सोको अनुकरण पनि भइरहेको छ । यसरी नेमकिपा देशको लागि उदाहरणीय दल बनेको छ । कतिले भने, “दल भनेको नेमकिपाजस्तो हुनुपर्छ ।”
Leave a Reply