भर्खरै :

भक्तपुरमा ‘सत्यमोहन’ पुस्तकको परिचर्चा कार्यक्रम

भक्तपुर, १० वैशाख । आरम्भ नेपालको आयोजनामा गिरिश गिरीद्वारा रचित ‘सत्यमोहन’ नामक पुस्तकको परिचर्चा शुक्रबार सम्पन्न भयो ।
कार्यक्रमका प्रमुख वक्ता तथा पुस्तकका रचनाकार गिरिश गिरीले सत्यमोहन जोशी एक कर्मयोगी, राष्ट्रिय व्यक्तित्व तथा धरोहरको रूपमा रहेको बताउनुभयो ।
लेखक तथा रचनाकार गिरीले पुस्तक तयारीको लागि जीवनीका स्रोत सत्यमोहन जोशीबाट श्रद्धा भाव तथा आत्मीयता पाएको बताउनुभयो ।
बहुआयामिक राष्ट्रिय व्यक्तित्व एवं शताब्दी पुरूष सत्यमोहन जोशी आफ्नोबारेमा लेखिएको पुस्तक अध्ययन गर्न जागरूकता देखाएको कारण पुस्तक चाँडै तयार भएको उल्लेख गर्दै उहाँले उहाँको सहयोगी भावनाले लेखनमा थप ऊर्जा प्राप्त भएको बताउनुभयो ।
परिचर्चा कार्यक्रममा पुस्तकका प्रकाशक तथा बुकहिलका प्रकाशक भूपेन्द्र खड्काले पुस्तकमा इतिहासमा उल्लेख नभएको कुरा समेटिएको र पाठकहरूमा हिजोआज अपनत्व परेर पुस्तक अध्ययन गर्ने संस्कारको अभाव भएको बताउनुभयो ।
कार्यक्रममा चिरपरिचित लेखक तथा ‘कल्पग्रन्थ’का रचनाकार कुमार नगरकोटी र शिक्षक योगेन्द्रमान बिजुक्छेँले पनि बोल्नुभएको थियो ।
नीरज लवजूले कार्यक्रमको उपादेयताबारे चर्चा गर्नुभएको थियो भने आयोजक आरम्भ नेपालका उपाध्यक्ष लक्ष्मीप्रसाद चवालले समापन गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *