रास्वपाको राष्ट्र सङ्घमा सम्बोधन अध्ययन – २
- कार्तिक १०, २०८३
न्युयोर्क, १० वैशाख (एएनआई) । राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेस युद्ध अन्त्यका लागि रुस र युक्रेन जानुहुनेभएको छ ।
उहाँ अप्रिल २६ मा रुस र २८ मा युक्रेन जाने तय भएको सरकारी अधिकारीले जानकारी दिएका छन् । उहाँलाई दुबै देशमा राष्ट्रपतिले स्वागत गर्नुहुने जनाइएको छ ।
रुसमा गएको बेला उहाँले राष्ट्रपति भ्यालदिमिर पुटिन र विदेश मन्त्री सेर्गेइ लाभ्रोभलाई भेटेर रुसमाथिको आक्रमण रोक्न आग्रह गर्नुहुनेभएको छ ।
महासचिव गुटेर्रेसका सहायक प्रवक्ता एरि कानेकोले दुवै जनासँग वार्ताको लागि उहाँ मस्को जान लागेको पुष्टि गर्नुभएको छ । दुवै जनासँग एकै दिन भेटवार्ता हुने पनि उहाँले स्पष्ट पार्नुभयो ।
त्यसपछि उहाँ युक्रेन पुगेर त्यहाँका उच्च अधिकारीसँग भेटवार्ता गर्नुहुनेछ । “युक्रेन भ्रमणको लागि पनि महासचिवले तयारी गर्नुभएको छ”, सहायक प्रवक्ता कानेकोले भन्नुभयो ।
गत मङ्गलबार महासचिव गुटेर्रेसले चार दिन मानवीय बिदा दिन दुबै पक्षलाई अनुरोध गर्नुभएको थियो ।
उहाँले शान्ति प्रक्रिया अगाडि बढाउन दुवै देशका उच्च अधिकारीलाई अनुरोध गरी वार्तामार्फत विवाद अन्त्य गर्न पहल गर्नुहुनेछ ।
युक्रेनमा उहाँले राष्ट्रपति भोलोदीमिर जेलेन्स्कीलाई र विदेश मन्त्री दिमित्रो कुलेबालाई भेट्ने कार्यक्रम रहेको छ ।
Leave a Reply