क्युवाद्वारा संयुक्त राष्ट्रसङ्घमा अमेरिकी आरोप अस्वीकार
- कार्तिक १२, २०८३
‘रुसलाई केरीगोल्ड कम्पनीको नौनी नबेचेर युक्रेनमा कसरी कसैको ज्यान जोगाउन सक्छ ? संरा अमेरिकाको घटिया भूमिगत ग्यास किनेर कसरी युद्ध रोक्न सक्छ ?’ आयरल्यान्डका राजनीतिक नेतृ तथा युरोपेली व्यवस्थापिकाकी सदस्य क्लेरे डेलीले यो महिनाको सुरुमा सोधेकी थिइन् । ग्लोबल टाइम्सँगको अन्तर्वार्तामा उनले भनेकी थिइन्, “नाटोले संसारमा कहीँ पनि शान्ति ल्याएको छैन ।” अनि रुसविरुद्धको नाकाबन्दीले युरोपेली अर्थतन्त्रलाई छिन्नभिन्न बनाउने उनको भनाइ थियो ।
ग्लोबल टाइम्स ः हालै तपाईँले ट्वीटमा भन्नुभयो, “युरोपेली सङ्घले युक्रेनमा घातक हतियार पठाउनुपर्ने माग गरेकाहरूले यो कुरा राम्ररी पढ्नुहोस् । यो कुरा तपाईँहरूले सोचेजस्तो सजिलो छैन ।” तपाईँको खास आशय के हो ?
डेली ः कुनै पनि द्वन्द्वग्रस्त क्षेत्रको अवस्थाबारे मेरो यस्तै धारणा हुनेछ । कुनै पनि लडाइँमा थप हतियार पठाउनुको अर्थ त्यो लडाइँलाई अझ लम्ब्याउनु हो । युक्रेनीहरूको आत्मरक्षाको अधिकारको म सम्मान गर्छु । उनीहरूलाई त्यो अधिकार छ । तर, वास्तविकता के हो भने पछिल्लो समयमा युक्रेनमा सैनिकीकरण बढेको छ ।
युरोपेली सङ्घले जतिसुकै हतियार पठाए पनि रुसी सेनालाई पराजित गर्न त्यो अपुग हुन्छ । त्यसले युद्धलाई अझ लम्ब्याउनेछ । धेरै युक्रेनीहरूले ज्यान गुमाउनेछन् । सबभन्दा चिन्ताको विषय त अहिले बिनासन्तुलन र नियन्त्रण मानिस र समुदायलाई ती हतियारको वितरण भइरहेको छ । त्यसकारण, ती हतियारबाट के हुन्छ, भगवान्लाई मात्र थाहा होला । ती हतियार आगामी समयमा अर्को परिस्थितिमा प्रयोग हुनेछन् ।
त्यही भएर यो ज्यादै खतरनाक खेल हो । युरोपका केही मानिस त्यसरी हतियार बाँड्न माग गरिरहेको मलाई थाहा छ । उनीहरूले युक्रेनी जनताको रक्षाको लागि त्यस्तो चाहना राखेको हुनसक्छन् । ती मानिसहरू निर्दोष युक्रेनी जनतालाई मद्दत गर्न चाहन्छन् । म पनि निर्दोष युक्रेनी जनतालाई मद्दत गर्न चाहन्छु । तर, हातहतियार पठाएर यो चाहना पूरा हुन सक्दैन । अहिलेको एउटै समाधान भनेको वार्तामार्फत् शान्तिपूर्वक समाधान निकाल्नु हो ।
ग्लोबल टाइम्स ः यस्तो परिस्थितिमा युरोपेली सङ्घले आफ्नो हितको निम्ति के गर्नुपर्छ जस्तो तपाईँलाई लाग्छ ?
डेली ः दुर्भाग्यवश उनीहरूले आफ्नो हितको रक्षा गरिरहेका छैनन् । बितेका केही वर्षयता उनीहरूले रुसी खतरा पुस्टि गर्न नाकाबन्दी थोपर्ने रणनीति अपनाउँदै आएका छन् । उनीहरू निकै रुसविरुद्ध भएर प्रस्तुत भएका छन् । युक्रेनमा उनीहरूले हातहतियार पठाइरहेका छन् । यही नै युरोपको रणनीति बन्दै आएको छ । यस्तो रणनीतिले न सुरुमै युद्ध रोक्न काम ग¥यो न युद्ध सुरु भएपछि त्यसलाई रोक्न नै काम गरेको देखियो । यो प्रस्टतः गलत रणनीति हो ।
युरोपले खासमा शान्तिपूर्ण समाधानको निम्ति भूमिका खेल्नुपथ्र्यो । युक्रेन र रुसलाई गम्भीररूपमा वार्ताको टेबुलमा ल्याउनु पथ्र्यो । अहिले वार्ता भनेको वार्तामात्र हुनेछैन । युरोपले त्यसको निम्ति पहल गर्ने क्षमतामात्र राख्ने होइन, उसले त्यसलाई न्यूनाङ्कन हुने कुनै पनि काम गर्नुहुन्न । शान्ति वार्तामार्फत समस्याको समाधान निकाल्नुपर्छ । मेरो विचारमा मिन्स्क द्वितीय सम्झौताको पालना, मानवीय सहायता, युक्रेनको भौगोलिक अखण्डताको सम्मान र दोनेत्स्क एवम् लुहान्स्कका जनताको अधिकारको पनि सम्मानबाट यो समाधान सम्भव छ । क्रिमियाजस्ता क्षेत्रमा युद्ध विस्तार नभएको वास्तविकताले पनि शान्तिपूर्ण समाधानको खोजीमा भूमिका खेल्न सक्छ । युक्रेनको तटस्थ भूमिकाले पनि समस्याको समाधानमा पुग्न सकिन्छ । युरोपले दुवै पक्षलाई ती सबै अवस्थाको पालनाको निम्ति दबाब दिनुपथ्र्यो । तर, उनीहरूले त्यसो गरिरहेका छैनन् । त्यसकारण, अबको समाधान अलि फरक हुनसक्छ । मिन्स्क द्वितीयको अवसर अब रहेन । तर, त्यसैमा आधारित केही नतिजा भने निकाल्न सकिन्छ, निकाल्नुपर्छ ।
ग्लोबल टाइम्स ः यो लडाइँको प्रभाव अन्यत्र पनि फैलिने विषयमा के तपाईँलाई चिन्ता लाग्छ ? युरोप र रुसबीचको द्वन्द्वमा संरा अमेरिकाले फाइदा उठाउने सम्भावना कतिको देख्नुहुन्छ ?
डेली ः यो लडाइँ युक्रेनभन्दा बाहिर गए संरा अमेरिका वा नाटो कसैको हितमा छ जस्तो मलाई लाग्दैन । अहिलेको अवस्थाको लागि मेरो विचारमा उनीहरू सबै खुसी छन् । अहिलेको अवस्था भनेको बढ्दो सैनिकीकरण हो । उनीहरूले त्यसो गरेर रुसलाई तल झार्न सकिन्छ भन्ने सोच्छन् । उनीहरूको कामले रुसको अर्थतन्त्रमा अझै केही प्रभाव पार्न सकेको छैन । तर, त्यसले केही न केही प्रभाव त पार्नेछ नै । त्यसले युरोपको अर्थतन्त्रमा प्रभाव पार्नेछ र त्यस्तो प्रभाव निकै खराब खालको हुनेछ ।
त्यसप्रकार यो लडाइँको प्रभाव अन्यत्र पनि फैलिरहेको छ । सैनिकरूपमा भन्दा पनि मुख्यतः अल्पकालीनरूपमा आर्थिक प्रभाव पार्नेछ ।
ग्लोबल टाइम्स ः तपाईँले हालै रुसविरुद्ध युरोपेली नाकाबन्दीको विरोध गर्नुभयो । तीमध्ये केही नाकाबन्दी त रुसी बिरालो, कुकुर, कलाकृति आदिमाथि समेत थोपरिएको थियो । यस्तो नाकाबन्दीबारे तपाईँको खास राय के हो ?
डेली ः नाकाबन्दीप्रति मेरो विरोधलाई गलतरूपमा अथ्र्याइयो । मलाई युद्धमा कुनै न कुनै रूपमा संलग्न भएको अथवा पुटिनको समर्थन गरेको अथवा यस्तै हावादारी आरोप लगाइयो । मैले रुसी हमलाको विरोध गरेको छु । तर, मैले नाकाबन्दीको विरोध गरेको छु किनभने त्यसले सोचेजस्तो काम गर्दैन । नाकाबन्दीले इतिहासमा कहिल्यै पनि सैनिक हमला रोक्न सकेको छैन न सत्ता परिवर्तन नै गर्नसक्यो । संयुक्त राष्ट्र सङ्घको मापदण्डभन्दा बाहिरको एकपक्षीय नाकाबन्दी अन्तर्राष्ट्रिय कानुनविपरीत हो । तिनले केही फरक पार्न सक्दैन । नाकाबन्दीबाट सबभन्दा बढी प्रभाव पर्ने रुसी जनतालाई हो । साथै युरोपका जनता पनि बढी प्रभावित बनेका छन् । किनभने, नाकाबन्दी एउटा कुनाबाट सुरु हुन्छ र त्यसले प्रभाव अर्कोतिर पनि पर्नेछ ।
युरोपेली देशहरूले थोपरेका केही नाकाबन्दीले उल्टै उनीहरू बढी प्रभावित बनेका छन् । मेरो मतलब अहिले रुबलको भाउ स्थिर भएको छ । यतिबेला रुसको ग्यास र ऊर्जाबाट रुसीहरूले धेरै पैसा कमाइरहेका छन् । संरा अमेरिकाले रुसी ऊर्जा आपूर्तिसँग युरोपको सम्बन्ध तोडिएको हेर्न चाहन्छ । तर, अहिले त्यस्तो हुनु युरोपको हितमा छैन । त्यसो हुनु भनेको लाखौँ लाख अझ करोडौँ युरोपेलीहरूले रोजगारी गुमाउनु हुनसक्छ ।
यस्ता कुनै पनि कदमले एक जना पनि युक्रेनीको ज्यान जोगाउन सक्दैन । बरु त्यसले युरोपको अर्थतन्त्रलाई हानि पु¥याउनेछ । त्यही भएर म त्यसको विरोधमा उभिएको हुँ । नाकाबन्दीले त्यस्ता काम गर्दैन, जो तिनले गर्छ भनिएको छ । त्यो आत्मघाती, अझ सामूहिकरूपमा आत्मघाती कदम हो किनभने त्यसले यतिबेला युरोपको अर्थतन्त्रलाई कमजोर बनाउनुको अतिरिक्त केही पनि उपलब्धि दिन सक्दैन । त्यसले सर्वसाधारण जनताको जीवन थप कठिन बनाउनेछ ।
बिरालो, कुकुर, कलाकृतिमाथि तथाकथित ‘आत्म नाकाबन्दी’ माथि कुनै टिप्पणी गर्न आवश्यक छैन । साँच्चै लडाइँको कारण मानिसहरूले सङ्गीतमा मग्न हुने छैनन् भन्ने धारणाले युक्रेनको अवस्थामा लागु हुनेछैन । यो बेतुकको कुरा हो । यसले सबै रुसी जनता र उनीहरूको संस्कृतिको बदनाम गरिरहेको छ । यो पागलपन हो ।
संयुक्त राष्ट्र सङ्घीय मानवअधिकार परिषद्ले रुसको सन्दर्भमा गरेको निर्णय वर्षौँ वर्षदेखि विभिन्न देशले भोग्दै आएको निर्ममतामाथि विचार गर्दा हस्तक्षेपबाहेक केही होइन । इराक र अफगानिस्तानमा संरा अमेरिकाको अवैध युद्ध, यमनमा आम नरसंहार भयो । तर, संरा अमेरिका र उसका कुनै पनि सहयोगी देशमाथि कारबाही भएन । यो निकै दुःखद छ । त्यसकारण, अहिले रुसको राक्षसीकरण उपयुक्त होइन । यो रुसलाई कुनामा धकेल्ने र शान्तिको सम्भावना कम गर्ने चालबाजीमात्र हो ।
ग्लोबल टाइम्स ः नाटोले युरोपमा शान्ति र सुरक्षा जोगाउनु आफ्नो लक्ष्य भएको बतायो । तर, युक्रेन सङ्कटको लेखाजोखा गर्दा र अफगानिस्तानलगायत देशमा भएका घटनामाथि विचार गर्दा तपाईँलाई नाटोले युरोप र सिङ्गो संसारमा शान्ति ल्याउँछ जस्तो लाग्छ वा अनिश्चितता ?
डेली ः नाटोले युरोपमा शान्ति र सुरक्षा जोगाउने कुरा मैले कहिल्यै पत्याइनँ । मानिसहरूले नाटोको स्थापना त्यसैको लागि भएको ठाने पनि नाटोले त्यो भूमिका कहिल्यै निभाउन सक्दैन । नाटोको उद्देश्य भनेको युरोपमा संरा अमेरिकी नियन्त्रण जमाउनु हो । नाटोका संस्थापक महासचिव लर्ड ह्यास्टिङले नाटोको लक्ष्य ‘सोभियत सङ्घलाई गलहत्याएर अमेरिकीहरूलाई भित्र्याउने र जर्मनीलाई तल झार्ने’ भएको बताएका थिए । नाटोले संसारमा कहीँ पनि शान्ति स्थापना गरेको छैन ।
ऊ आफैले बनाएको समस्या समाधान खोज्ने खालको सङ्गठन हो । उदाहरणको लागि नाटोले लिविया र अन्य देशलाई रसातलमा पु¥याउन भूमिका खेल्यो । नाटो कहिल्यै पनि शान्ति फैलाउने शक्ति बनेन । सङ्कटको बेलामा मात्र होइन, बरु बेला पनि उसले शान्तिको लागि काम गरेको छैन ।
सोभियत सङ्घको विघटनयता नाटो पाइला–पाइला गरेर रुस नजिक आयो । जब कि उसले आफू पूर्वतिर नआउने वाचा गरेको थियो । नाटोले रुसी युद्धलाई माफी दिएन । बरु त्यसलाई व्याख्या गर्न मद्दत ग¥यो । नाटोको चलखेलबिना त्यसो हुन सम्भव छैन । नाटोले युक्रेन लडाइँलाई अझ व्यापक बनाउन मद्दत ग¥यो ।
अनुवाद : सुशिला
Leave a Reply