भर्खरै :

मध्यपुरमा आशाहरि प्रजापति र दीक्षा बाडे श्रेष्ठ

मध्यपुर, १२ वैशाख । नेपाल मजदुर किसान पार्टीले मध्यपुर नगरपालिकामा प्रमुखमा आशाहरि प्रजापति र उपप्रमुखमा दीक्षा बादे श्रेष्ठलाई उम्मेदवार बनाएको छ । त्यस्तै मथिनपाको वडा नं. ९ को वडा अध्यक्षमा केदार खड्का र वडा सदस्यहरूमा रामकृष्ण कोजु, वनदेवी साहुखल र महिला सदस्यमा दयालक्ष्मी कोजू रहनुभएको छ । वडा नं. ८ को वडा अध्यक्षमा रमेश थापा श्रेष्ठ, महिला सदस्यमा श्यामलक्ष्मी था अदुवा, नससमा सुरेन्द्र था श्रेष्ठ र विजयप्रकाश साहुखलः र दलित महिला सदस्यमा मनिषा परियारलाई उम्मेदवार बनाएको छ ।
त्यस्तै वडा नं. ७ को वडा अध्यक्षमा रमेश वैद्य, सदस्यमा विजय घजु, अशोक अवाल, महिला सदस्यमा अस्टदेवी बाडे र दलितमा भक्ति मिजार रम्टेल रहनुभएको छ । वडा नं. ६ को वडा अध्यक्षमा पृथ्वीराज श्रेष्ठ र वडा सदस्यमा बाबुरत्न प्रजापति, वडा नं. ५ को शिवहरि प्रजापति तथा वडा सदस्यमा रुकेश कर्माचार्य र राजकुमार प्रजापति तथा महिला सदस्यमा कृष्णप्यारी प्रजापति रहनुभएको छ । वडा नं २ को वडा अध्यक्षमा रामकृष्ण थापामगर र वडा नं. १ को वडाअध्यक्षमा लक्ष्मी कुमार हेक्काको उम्मेदवारी परेको छ । वडा नंं १ मा वडा सदस्य रामराज हेक्का र सिङराज बह रहनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *