भर्खरै :

देशका विभिन्न पालिकामा नेमकिपाको उम्मेदवारी

काठमाडौँ, १२ वैशाख । नेपाल मजदुर किसान पार्टीले रूपन्देहीका विभिन्न पालिकाहरूमा प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष तथा वडाध्यक्ष पदमा उम्मेदवारी दिएको छ ।
बुटवल उपमहानगरपालिका प्रमुखमा हरिसुन्दर वासी, कञ्चन गाउँपालिका अध्यक्षमा जगिलाल थापा, लुम्बिनी सांस्कृतिक नगरपालिका प्रमुखमा सुशीला पौडेल, तिलोत्तमा नगरपालिका प्रमुखमा सरू विक र उपप्रमुखमा प्रविन नेपाली तथा सोही नपाको ६ नं. वडाध्यक्षमा पार्वती विकलाई नेमकिपाले उम्मेदवार बनाएको छ ।
हरेक निर्वाचनलाई वर्गीय र राजनीतिक आन्दोलनको रूपमा उपयोग गर्दै आएको नेमकिपाले आसन्न स्थानीय निर्वाचनमा देशघाती एमसीसी सम्झौता पारित गर्ने देशद्रोही शासक दलहरूलाई सजाय दिनुपर्नेमा जोड दिएको छ ।
नेमकिपाको तर्फबाट कटारी नगरपालिकाका प्रमुखमा चन्द्रबहादुर कार्कीले उम्मेदवारी दिनुभएको छ ।
ललितपुर जिल्लाको महालक्ष्मी नगरपालिकामा नेमकिपाको तर्फबाट महन्त महर्जनको नेतृत्वमा उम्मेदवारी दर्ता भयो । त्यस्तै ललितपुर नगरपालिकाको प्रमुखमा अशोक महर्जन तथा उपप्रमुखमा ममिता श्रेष्ठ तथा गोदावरी नगरपालिकाको प्रमुखमा विष्णुभक्त महर्जन तथा उपप्रमुखमा सूर्यलक्ष्मी प्रजापति देसारले पनि उम्मेदवारी दिनुभएको छ ।
त्यस्तै काठमाडौँको टोखा नगरपालिकामा नेमकिपाको तर्फबाट प्रमुखमा रवीन्द्र डंगोल, उपप्रमुखमा मीना डंगोल, वडा नं.१ को वडा अध्यक्षमा सुरेश महर्जन तथा वडा सदस्यहरूमा अर्चना सुवाल, कृष्णलाल डंगोल र सुनिल महर्जन, वडा नं. २ को वडा अध्यक्षमा रमेश डंगोल वडा सदस्यहरूमा कृष्णमाया डंगोल, जितेन्द्र डंगोल, शैलेन्द्र डंगोल तथा वडा नं. ३ को वडा अध्यक्षमा किरण डंगोल, वडा सदस्यमा निशा महर्जन, वडा सदस्यमा श्यामकृष्ण श्रेष्ठ, नरेश डंगोल, रमा नेपालीले उम्मेदवारी दिनुभएको छ ।
कीर्तिपुर नगरपालिकामा नेमकिपाको तर्फबाट प्रमुखमा श्रीकृष्ण महर्जन, उपप्रमुखमा सर्जु महर्जन, वडा २ को वडाध्यक्षमा वासुमान महर्जन, वडा नं ५ को वडाध्यक्षमा अशोक डंगोल, वडा न ९ को वडाध्यक्षमा अबिरमान महर्जन, वडा नंं ९ को वडाध्यक्षमा राजीव महर्जनले उम्मेदवारी दिनुभएको छ ।
काठमाडौँ महानगरपालिकाको प्रमुख पदमा नेमकिपाका सुरेन्द्र महर्जन र उपप्रमुख पदमा सविता श्रेष्ठको उम्मेदवारी परेको छ ।
त्यसैगरी काठमाडौँको चन्द्रागिरी नगरपालिकामा प्रमुख पदमा नेमकिपाका किरण सिंह र उपप्रमुख पदमा ज्ञानुमाया दराईले उम्मेदवारी दर्ता गराउनुभएको छ ।
काठमाडौँकै तारकेश्वर नगरपालिकाको प्रमुख पदमा नेमकिपाका श्रीकुमार महर्जन र उपप्रमुख पदमा इन्द्रकुमारी बज्राचार्यले उम्मेदवारी दर्ता गर्नुभएको छ । साथै विभिन्न वडामा नेमकिपाको उम्मेदवारी रहेको छ ।
त्यस्तै गोकर्णेश्वर नगरपालिकाको प्रमुख पदमा नेमकिपाका कृष्ण दुवालले उम्मेदवारी दिनुभएको छ ।
काभ्रेको बनेपा नगरपालिकामा पार्टीका लक्ष्मीराम न्हुछेप्रधानले प्रमुख पदमा र कान्ति अवाले उपप्रमुख पदमा उम्मेदवारी दिनुभएको छ ।
धुलिखेल नगरपालिकामा पुण्यशोभा श्रेष्ठले प्रमुख पदमा र मङ्गलाल सुवालले उपप्रमुखमा उम्मेदवारी दिनुभएको छ ।
काभ्रेका चौरीदेउराली गाउँपालिकाको अध्यक्ष पदमा झम्कप्रसाद खरेलले उम्मेदवारीदिनुभएको छ ।
त्यस्तै पाँचखाल नगरपालिकाको प्रमुख पदमा सूर्यलाल तामाङले प्रमुख पदमा र विन्दा थापाले उपप्रमुख पदमा उम्मेवारी दिनुभएको छ ।
मण्डनदेउपुर नगरपालिकाको प्रमुख पदमा मुना तामाङ र उपप्रमुख पदमा पूर्णसिँ तामाङले उम्मेदवारी दिनुभएको छ ।
त्यसैगरी धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिकामा नेमकिपाका रामहृदय साह तेलीले प्रमुख पदमा र जयाकालिया देवीले वडा नं ७ को वडा अध्यक्ष पदमा उम्मेदवारी दर्ता गर्नुभएको छ ।
त्यस्तै सर्लाहीको चन्द्रनगर गाउँपालिकामा रामाकान्त कापडले वडा नं. ६ को वडाध्यक्ष पदमा र हिरेन्द्र ठाकुरले वडा सदस्यमा उम्मेदवारी दर्ता गराउनुभएको छ ।
त्यस्तै बाराको कलैया उपमहानगरपालिका प्रमुखमा नेमकिपाका मुक्तिप्रसाद यादव र उपप्रमुखमा रेन्जुदेवी शाहले उम्मेदवारी दिनुभएको छ ।
रौतहटको देवाही गोनाही नगरपालिकाको प्रमुखमा दिनेशप्रसाद साह र उपप्रमुखमा फातिमा खातुन र बौधीमाई नगरपालिका उपप्रमुखमा परमानन्द राययादवले नेमकिपाबाट उम्मेदवारी दिनुभएको छ ।
त्यस्तै सिराहा जिल्लाको लाहान नगरपालिका प्रमुखमा हरिनारायण महतो र उपप्रमुखमा रन्जुकुमारी सिन्हा, भगवानपुर गाउँपालिका अध्यक्षमा बेचनीदेवी बरै र उपाध्यक्षमा अनुरागी देवी साह, कल्याणपुर नगरपालिका प्रमुखमा रामेश्वर साह र उपप्रमुखमा दलितियादेवी साहले नेमकिपाबाट उम्मेदवारी दिनुभएको छ ।
दैलेखको चामुन्दा बिन्द्रासैनी नपाको प्रमुखमा बखतबहादुर थापा र उपप्रमुखमा राजकुमारी शाही, गुराँस गाउँपालिकाको अध्यक्षमा उदयजङ्ग शाही र उपाध्यक्षमा पार्वती वली, ठाँटकाँध गापाको अध्यक्षमा मनराज थापा र उपाध्यक्षमा सुनिता रिजाल र भगवतीमाई गापाको अध्यक्षमा धनीराम जैसी नेमकिपाबाट उम्मेदवारी दिनुभएको छ ।
त्यस्तै दैलेखकै आठबीस नपा प्रमुखमा धनबहादुर सिजापति र उपप्रमुखमा ललिताकुमारी सिजापति, डुङ्गेश्वर गापा अध्यक्षमा अनिराम न्यौपाने र उपाध्यक्षमा देवीकला जैसी, महाबु गापा अध्यक्षमा बमबहादुर सिंह, उपाध्यक्षमा झुमा थापामगर, भैरवी गापा अध्यक्षमा तिलकप्रसाद आचार्य र उपाध्यक्षमा सावित्रा थापामगर, दुल्लू नगरपालिका प्रमुखमा लक्ष्मकिसमार विक र उपप्रमुखमा वसन्ता दाहाल नेमकिपाका उम्मेदवार हुनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *