भर्खरै :

नवोदित शक्तिका मुलुकहरू, साम्राज्यवाद तथा प्रभुत्ववादको विरूद्ध एकगठ भएर लड

आज अन्तर्राष्ट्रिय रङ्गमञ्चमा स्वाधीनताका शक्ति र प्रभुत्ववादका शक्तिहरूका बीचमा क्रान्तिका शक्ति र प्रतिक्रान्तिका शक्तिहरूका बीचमा सङ्घर्ष चलिरहेको छ ।
विश्वका क्रान्तिकारी शक्तिहरू दिनहुँ बढ्दै गएको देखी आतङ्कित भएर पुराना र नयाँ प्रभुत्ववादीहरूले आफ्नो प्रभुत्व कायम राख्न ज्यानतोड प्रयत्न गरिरहेका छन् ।
विश्वलाई आफ्नो आधिपत्यमा ल्याउने योजनाअनुसार, अमेरिकी साम्राज्यवादीहरूले लडाइँको तयारी बढाइरहेका छन् र साथै ‘शान्ति’ को साइनबोर्ड लगाएर विश्वका जनतालाई छकाइरहेका छन् । उनीहरूले ‘निरस्त्रीकरण’ को साइनबोर्डमुनि शस्त्रीकरणलाई बढाउने काम जारी राखेका छन्, ‘आणविक अस्त्रमा नियन्त्रण’ को साइनबोर्डमुनि आणविक परीक्षण चलाइरहेका छन् र ‘तनाव कम गर्ने’ साइनबोर्डमुनि सैनिक हस्तक्षेप चालू राखेका छन् । साम्राज्यवादीहरूको आर्थिक सङ्कट जति जति गहिरो हुँदै जान्छ र उनीहरूको स्थिति झन्झन् जटिल हुँदै जान्छ, उनीहरूले आक्रमण र लडाइँको साजीश पनि उति नै चर्काउँदै छन् ।
साम्राज्यवादीहरूले आक्रमणको मुख्य लक्ष्य नवोदित शक्तिका देशहरूतर्फ सोझ्याएका छन् । असंलग्न राज्यहरू, तेस्रो विश्वका मुलुकहरूविरुद्ध उनीहरूले आक्रमणमा प्रयोग गर्ने मुख्य तरीका के हो भने ती देशहरूमा फूट ल्याई एक अर्कोबाट अलग पार्ने र अनि एक एक वटा गरी नष्ट पार्ने । साम्राज्यवादीहरूले सीमा झगडा र अरू विभिन्न जटिल समस्याहरू प्रयोग गरी असंलग्न राज्य र तेस्रो विश्वका मुलुकका बीचमा फाटो ल्याई तथा तिनीहरूका बीचमा झगडा र सङ्घर्ष गराएर ती देशहरूलाई एकको विरुद्ध अर्कोलाई लडाएर गोलमालबाट फाइदा उठाउन खोजिरहेका छन् ।
साम्राज्यवादी र प्रभुत्ववादीहरूले नवोदित देशहरूमाथि आफ्नो राजनैतिक र आर्थिक नियन्त्रण कायम गर्ने दुष्ट प्रयास गरिरहेका छन् । तिनीहरूले डर, त्रास, धम्की दिने, फुल्याउने, ठग्ने, तोडफोड र अन्तरध्वंसका गतिविधि चलाउने विभिन्न प्रकारका कुटिल र दुष्ट तरीकाद्वारा नव–स्वाधीन राज्यहरूलाई आधिपत्यमा राख्न खोज्दै छन् र तथाकथित ‘सहायता’ र ‘पिछडिएका मुलुकहरूको संयुक्त विकास’ भन्ने नाउँमा विकासोन्मुख मुलुकहरूको अर्थतन्त्र नियन्त्रण गर्ने मुख्य ज्यावल हत्याउन खोजिरहेछन् ।
साम्राज्यवादी र प्रभुत्ववादीहरूले आफ्नो प्रभाव क्षेत्र फैलाउने उद्देश्यले तेस्रो विश्वका मुलुकहरूलाई आफ्नो नियन्त्रणमा ल्याउन जोडतोडले तँछाडमछाड गर्दै छन् । ‘सहायता’ र ‘संरक्षण’ को निहुँमा उनीहरूले तेस्रो विश्वका मुलुकहरूको झगडामा हात हाल्न, यसमा खुलमखुला हस्तक्षेप गर्न प्रतिस्पर्धा गर्दै छन् । यी मुलुकहरूलाई आफ्नो नियन्त्रणमा ल्याउन परस्पर झगडा गर्दै छन् ।
वर्तमान अन्तर्राष्ट्रिय परिस्थिति साम्राज्यवादी तथा प्रभुत्ववादीहरूको चालबाजीले गर्दा तनावपूर्ण तथा जटिल भएका छन् । उनीहरूले दिनहुँ चलाइरहेको धाँधली र षड्यन्त्रहरू, तोडफोड, अन्तरध्वंस तथा हत्याहरूले गर्दा विश्वका सबै भागमा झगडा उठेको र भ्रातृ देशहरू परस्पर लडेर गोली हानाहान गर्नेजस्ता दुःखद घटना पनि घटिरहेका छन् । फलस्वरूप तेस्रो विश्वका मुलुकहरूले धेरै कठिनाइहरू भोगिरहेका छन् र असंलग्न आन्दोलन ठूलो अग्नि परीक्षामा परेको छ ।
समाजवादी मुलुकहरू, असंलग्न राज्यहरू, तेस्रो विश्वका सबै उत्पीडित राष्ट्रहरूले दरोसित एकगठ भएर साम्राज्यवाद र अरू सबै प्रकारका प्रभुत्ववादको विरुद्ध सङ्घर्ष तीव्र पार्नुपर्दछ ।
प्रभुत्ववाद वर्तमान समयको स्वाधीनतातर्फको प्रवाहविरुद्ध जाने प्रतिक्रान्तिको प्रवाह हो । यो विश्वका क्रान्तिकारी जनताको सङ्घर्षको साझा तारो हो । अरू मुलुकहरूको स्वाधीनतालाई कुल्चनु र अरू राष्ट्र तथा जनतामाथि दमन र नियन्त्रण गर्नु प्रभुत्ववादको स्वभाव हो । प्रभुत्ववादको अर्थ एकातिर अरू मुलुकहरूलाई खुलमखुला उपनिवेश बनाउने र उनीहरूलाई नाङ्गोरूपले दमन र शोषण गर्ने र अर्कोतिर अरू मुलुकहरूमाथि आधिपत्य जमाउने र नियन्त्रण गर्ने विभिन्न कुटिल तरीकाद्वारा तिनीहरूलाई दासत्वको जुवामा जकड्ने हो । प्रभुत्ववाद ठूला र तुलनात्मक दृष्टिले साना पुँजीवादी र अरू मुलुकहरूले चलाउँदछन् । छोटकरीमा, अरू मुलुकहरूलाई नियन्त्रण गर्न खोज्ने सबै देशहरू, तिनीहरूको साइज र सामाजिक व्यवस्था जेसुकै होस्, प्रभुत्ववादी शक्ति नै हुन् र अरूलाई खुलमखुला वा सूक्ष्मरूपले नियन्त्रण गर्नु प्रभुत्ववाद नै हो ।
नवोदित शक्तिका मुलुकहरूका सबै जनताले हमलाको भाला साम्राज्यवाद र प्रभुत्ववादमाथि सोझ्याउनुपर्दछ । साम्राज्यवाद र प्रभुत्ववादविरुद्ध दृढ सङ्घर्ष चलाएमा मात्र नवोदित शक्तिका राष्ट्रहरूले राष्ट्रिय स्वाधीनतालाई सुदृढ पार्न, आफ्ना आफ्ना मुलुकको स्वाधीन विकास निश्चित पार्न र सबै प्रकारको प्रभुत्व र आधिपत्यबाट मुक्त नयाँ संसार निर्माण गर्नसक्नेछन् ।
साम्राज्यवाद र अरू प्रकारका प्रभुत्ववादको विरूद्ध दरोसँग लड्न नवोदित मुलुकहरूको व्यापक संयुक्त मोर्चा बनाउनु जरुरी छ ।
यो संयुक्त मोर्चा साम्राज्यवादको र प्रभुत्ववादविरुद्ध सङ्घर्षमा विजयको निर्णायक ग्यारन्टी हो । खासगरी साम्राज्यवादी र अरू प्रभुत्ववादीहरूले नव–स्वाधीन राज्यहरूका बीच परस्पर फाटो र बैमनस्य ल्याएर तिनीहरूलाई आफ्नो पक्षमा ल्याउने चालबाजी बढाइरहेकोले नै यस्तो संयुक्त मोर्चा बनाउनु अझ महत्वपूर्ण भएको छ ।
नवोदित मुलुकहरूले प्रभुत्ववादीहरूका विभाजन, फाटो ल्याउने र होडका चालबाजीहरूको सामना एकताको रणनीतिद्वारा गर्नुपर्दछ । असंलग्न मुलुकहरू, तेस्रो विश्वका देशहरूले व्यापक संयुक्त मोर्चा बनाउनुपर्दछ र समन्वित कार्य गरी सबै प्रभुत्ववादीहरूका विभाजन, फाटो ल्याउने र होडका चालबाजीहरूलाई चकनाचुर पार्नुपर्दछ ।
साझा शत्रुको विरुद्ध लड्नको निम्ति, नवोदित मुलुकहरूले एकतालाई मुख्य महत्व दिएर सबथोकलाई यसकै अन्तर्गत राख्नुपर्दछ र सामाजिक व्यवस्था, राजनैतिक दृष्टिकोण तथा धार्मिक विश्वासको भेदबाट माथि उठेर घनिष्ठरूपले एकगठ हुनुपर्दछ । सामाजिक व्यवस्था, राजनैतिक दृष्टिकोण र धार्मिक विश्वासको भेद कुनै हालतमा पनि नवोदित मुलुकहरूको एकतामा तगारो बन्न सक्दैन । नवोदित मुलुकहरूको साझापन तिनीहरूको भेदभन्दा ठूलो छ र तिनीहरूलाई एक सूत्रमा बाँध्ने शक्ति तिनीहरूलाई परस्पर फुटाउने शक्तिभन्दा बलियो छ ।
असंलग्न मुलुकहरूले कुन–कुन मुलुक प्रगतिशील छन् र कुन–कुन छैनन् भन्ने कुरामा लाग्न हुँदैन, बरू साझा आधार पत्ता लगाएर परस्पर एकगठ हुन कोशिश गर्नुपर्दछ । असंलग्न राज्यहरूलाई यो र त्यो पक्षको भनी वर्गीकरण गर्नु असंलग्न आन्दोलनमा मूल प्रकृति र विचारको विपरित छ । यसबाट त आखिरमा गई आन्दोलनमा नयाँ गुटहरू सिर्जना भई फूट आउँछ । कुनै मुलुकको प्रगतिशील स्वभावबारे भनौँ भने यसको मुख्य रूप नै स्वाधीनता हो र स्वाधीनता कायम राख्ने राष्ट्र नै प्रगतिशील राष्ट्र हो । असंलग्न राज्यहरू सबैले नै आधिपत्य र प्रभुत्वको विरोध गर्ने र स्वाधीनता चाहने हुनाले तिनीहरू यही साझा रूप स्वाधीनताको आकाङ्क्षाको आधारमा संयुक्त हुनसक्छन् ।
एक देश र अर्को देशको बीच उठ्ने मतभेद र झगडा छिन्ने कुरामा असंलग्न राज्यहरूले आफूलाई एकताको सिद्धान्तमा आधारित पार्नुपर्दछ । असंलग्न राज्यहरूबीचको मतभेद र झगडाहरू जतिकै गम्भीर भए पनि हातमा हात मिलाई साझा लक्ष्यतिर अगाडि बढिरहेका दाजुभाइबीचको भित्री मामला हो । यी कुरा लडेर वा बाहिरिया शक्तिहरूलाई हात हाल्न लगाएर छिन्ने विषय होइनन् । यी कुराहरू बाहिरी हस्तक्षेप हुन नदिई सम्बन्धित पक्षहरूले नै आफ्नो राष्ट्रिय हित तथा सम्पूर्ण असंलग्न आन्दोलनको हितको अनुकूल कुराकानीद्वारा निर्णय गर्नुपर्दछ । प्रभुत्ववादीहरूको चालबाजीमा छकिएर असंलग्न राज्यहरूले परस्पर वैमनस्य राख्ने वा लड्ने ग¥यो । उनीहरू प्रभुत्ववादीहरूको हातमा फस्ने र आफँै टुट्टामा पर्नेछन् ।
नवोदित मुलुकहरूले साम्राज्यवादको विरुद्ध तथा अरू सबै प्रकारका प्रभुत्ववादको विरूद्ध एकगठ भई लड्नको निम्ति उनीहरूले स्वाधीनता कायम राख्नुपर्दछ ।
असंलग्न राज्यहरू, तेस्रो विश्वका मुलुकहरूले सबै प्रकारका विदेशी हस्तक्षेपलाई किटानीसाथ अस्वीकार गर्नुपर्दछ र अरू मुलुकहरूको पछि अन्धोरूपले लाग्ने वा उनीहरूको दलाल बन्ने गर्न हुँदैन । नवोदित मुलुकहरूले एकले अर्काको स्वाधीनताको सम्मान गर्नुपर्दछ र अरू देशहरूको त्रुटि खोजी हिँड्ने वा अर्काको व्यवहारमा हात हाल्ने गर्न हुँदैन । यति भयो भने कुनै पनि प्रभुत्ववादी शक्तिहरूले असंलग्न आन्दोलनभित्र टेक्ने ठाउँ पाउन सक्दैन । कुनै पनि राष्ट्रको हस्तक्षेप शक्तिहीन पार्दछ र नवोदित मुलुकहरू आफ्नो एकता सुदृढ पारेर प्रभुत्ववादको विरूद्ध दृढ सङ्कल्पले सङ्घर्ष चलाउन समर्थ हुन्छ ।
राष्ट्रिय स्वाधीनताको ग्यारेन्टी स्वाधीन राष्ट्रिय अर्थतन्त्रद्वारा गरिनुपर्दछ । शक्तिशाली स्वाधीन राष्ट्रिय अर्थतन्त्र नभइकन कुनै पनि राष्ट्रले आफ्नो सार्वभौम अधिकार प्रयोग गर्न सक्दैन, आफूलाई लागे जस्तो भन्न वा आफूले चाहे जस्तो गर्नसक्दैन ।
असंलग्न मुलुकहरू, विकासशील मुलुकहरूले सफलतासाथ स्वाधीन राष्ट्रिय अर्थतन्त्रको निर्माण गर्ने हो भने, तिनीहरूले हुनसम्म आफ्नै सम्भाव्यतालाई खोजेर प्रयोग गर्नुपर्दछ । साथै अरू नवोदित मुलुकहरूसित आर्थिक र प्राविधिक सहयोग बलियो पार्नुपर्दछ । तेस्रो विश्वका मुलुकहरूको विशाल भूमि तथा प्रशस्त प्राकृतिक स्रोत छन् र साथै नयाँ जीवन सिर्जना गर्ने क्रममा पाएका कैयौँ उत्तम अनुभव र प्रविधिहरू पनि छन् । तिनीहरूले एकले अर्काको आवश्यकता पूर्ति गर्ने सिद्धान्तको आधारमा कच्चा पदार्थहरू र प्राविधिक सीपहरू आदानप्रदान गर्नुपर्दछ र खासगरी आफ्ना ठाउँका प्राविधिक कार्यकर्ताहरू आदानप्रदान गरी परस्पर दिलैदेखि मद्दत गर्नु र सिकाउनुपर्दछ । अनि तिनीहरूले मद्दतको निम्ति साम्राज्यवादी र प्रभुत्ववादीहरूतिर नहेरी कतै आर्थिक र प्राविधिक पछौटेपनलाई फाल्न, स्वाधीन राष्ट्रिय अर्थतन्त्रको दरिलो जग बसाल्न र उन्नत, स्वाधीन, सार्वभौम राज्य निर्माण गर्नसक्नेछन् ।
पुरानो अन्तर्राष्ट्रिय आर्थिक व्यवस्था उपनिवेशवादी व्यवस्थाको प्रश्न हो र आधिपत्य, नियन्त्रण, शोषण तथा लुटको निम्ति साम्राज्यवादीहरूको ज्यावल हो । पुरानो अन्तर्राष्ट्रिय आर्थिक व्यवस्थालाई यथावत राखेसम्म, विकासशील देशहरू गरिबीबाट उम्कन सक्दैनन्, न त स्वाधीन राष्ट्रिय अर्थतन्त्रको निर्माण नै सफलतासाथ गर्नसक्छन् । तिनीहरूले साम्राज्यवादी र प्रभुत्ववादीहरूलाई मात्र फाइदा हुने काम नलाग्ने पुरानो अन्तर्राष्ट्रिय आर्थिक व्यवस्था खारेज गरेर नवोदित शक्तिहरूका राष्ट्रहरूको हितलाई सुहाउने नयाँ न्यायपूर्ण अन्तर्राष्ट्रिय आर्थिक व्यवस्था स्थापना गर्न कडा मेहनत गर्नुपर्दछ ।
वर्तमान समयमा साम्राज्यवाद र प्रभुत्ववादको विरुद्ध सङ्घर्षमा सबभन्दा जरूरी अभिभारा साम्राज्यवादका आक्रमण र युद्धका चालबाजीहरूलाई रोक्नु र बिफल पार्नु हो ।
नवोदित शक्तिका राष्ट्रहरूले साम्राज्यवादका आक्रमण र युद्धका कुटिल चालबाजीको कठोररूपले भन्डाफोर र निन्दा गर्नुपर्दछ । जहाँ जहाँ साम्राज्यवादीहरूले आक्रामक पञ्जा फैलाउँछन्, ती सब ठाउँमा उनीहरूमाथि दबाब दिएर प्रहार गर्नुपर्दछ । नवोदित शक्तिका राष्ट्रहरूले साम्राज्यवादीहरूको हतियारको होडबाजीलाई रोक्न, आम निःशस्त्रीकरण सफल पार्न र साम्राज्यवादीहरूलाई विदेशी भूमिबाट तिनीहरूका आक्रामक फौज पूरै फिर्ता लग्न र सैनिक अखडाहरू हटाउन लगाउन जोडतोडले सङ्घर्ष गर्नुपर्दछ ।
अझै पृथ्वीका विभिन्न महाद्वीपहरूमा उपनिवेशहरू बाँकी छन् र साम्राज्यवादी तथा प्रभुत्ववादीहरूले नव–स्वाधीन राज्यहरूलाई फेरि एकपल्ट आफ्नो आधिपत्य र नियन्त्रणमा ल्याउन कुटिल चाल खेल्दै छन् । नवोदित मुलुकका जनताले र उत्पीडित जनताले सबै महाद्वीपहरूलाई सदाको लागि उपनिवेशवादबाट मुक्त पार्न र नव उपनिवेशवाद तथा अरू सबै प्रकारका प्रभुत्वबादबाट पूर्णरूपले मुक्त पार्न अझ बढी शक्तिसाथ लडी नै रहनुपर्दछ । एसिया, अफ्रिका र ल्याटिन अमेरिका उपनिवेशवाद र सबै प्रकारका प्रभुत्ववादबाट मुक्त भएपछि मात्र राष्ट्रहरूको मुक्ति पूर्ण र अन्तिम हुनेछ ।
प्रजातान्त्रिक जन–गणतन्त्र कोरियाको सरकार तथा कोरियाली जनताले समाजवादी मुलुक, असंलग्न मुलुक, विकासशील मुलुक र विश्वका अरू सबै नवोदित मुलुकहरूका जनतासित संयुक्त भएर साम्राज्यवाद तथा प्रभुत्ववादको विरूद्ध लड्नुलाई एक जरूरी परराष्ट्र नीति सम्झनुपर्दछ ।
भविष्यमा पनि गणतन्त्रको सरकारले समाजवादी शक्तिहरूको एकता र सम्बद्धतालाई बलियो पार्न र समाजवादी देशका जनतासित मैत्री र सहयोगको सम्बन्ध विकसित पार्न अटुट प्रयत्न गर्नेछ ।
गणतन्त्रको सरकार र कोरियाली जनताले असंलग्न राज्यहरूका जनता, तेस्रो विश्वका मुलुकका जनतासित एकता र सहयोग बलियो पार्न हरेक प्रयत्न गर्नेछन् र साम्राज्यवाद तथा प्रभुत्ववादको विरोधमा सामाजिक प्रगति र राष्ट्रिय समृद्धिको निम्ति साझा सङ्घर्षमा सधँै तिनीहरूकै साथमा आफ्नो भाग्य गाँस्नेछ ।
कोरियाली जनताले एसिया, अफ्रिका र ल्याटिन अमेरिकी राष्ट्रहरूका जनताको स्वतन्त्रता र स्वाधीनताको सङ्घर्षलाई सक्रिय समर्थन गर्नेछन् र विश्वका सबै उत्पीडित राष्ट्रहरूका जनतासित उनीहरूको मुक्ति सङ्घर्षमा दृढ सम्बद्धता व्यक्त गर्नेछन् ।
गणतन्त्रको सरकार र कोरियाली जनताले स्वाधीनताको हिमायत गर्ने विश्वका सबै क्रान्तिकारी जनतासित एकगठ भई साम्राज्यवाद तथा अरू सबै प्रकारका प्रभुत्ववादको विरुद्ध शान्ति, जनतन्त्र, राष्ट्रिय स्वाधीनता तथा नयाँ समाजको निर्माणको निम्ति मेहनतसाथ सङ्घर्ष गरी नै रहनेछन् ।
प्रजातान्त्रिक जन–गणतन्त्र कोरिया सबै कोरियाली जनताको देश हो । गणतन्त्रको संविधानलाई सुदृढ र विकसित पार्नु नै हाम्रा जनताको कल्याणको मूल स्रोत र क्रान्ति तथा निर्माणमा विजयको निर्णायक ग्यारेन्टी हो ।
तमाम जनताले गणतन्त्रलाई अझ सुदृढ र विकसित पार्नलाई बलियो प्रयत्न गर्नुपर्दछ । हामीहरूले हाम्रो क्रान्तिकारी जनसत्तालाई सुदृढ पारेर तथा राज्यको गतिविधिका सबै क्षेत्रमा पूर्णरूपले जुच्छे विचारधारालाई मूर्तरूप दिएर गणतन्त्रको शक्ति हरेक प्रकारले बलियो पार्नुपर्दछ ।
समाजवादी निर्माणका सबै पक्षमा विचारधारात्मक, प्राविधिक र सांस्कृतिक क्रान्तिहरू बलियोसित चलाएर, हामीहरूले उत्पादन र निर्माणमा एक नयाँ उँभो लहर उठाउनुपर्दछ ।
हाम्रा जनताको क्रान्तिकारी हेतु जायज छ र हाम्रो गणतन्त्रको भविष्य उज्ज्वल छ । गणतन्त्रको झन्डामुनि न्यायपूर्ण क्रान्तिकारी हेतुको निम्ति लडिरहेका हाम्रा जनताको निम्ति भविष्य सधैँ विजय र गौरवकै छ ।
जुछे विचारधाराको क्रान्तिकारी झन्डा, तीन क्रान्तिको रातो झन्डा उच्च उठाएर गणतन्त्रको सरकारको वरिपरि हामी सबै घनिष्ठरूपले एकगठ बनौँ र मुलुकको एकीकरण र क्रान्तिको राष्ट्रव्यापी विजयको निम्ति तथा समाजवाद र साम्यवादको हेतुको निम्ति शक्तिशाली ढङ्गले अगाडि बढौँ ।
(प्रजग कोरियाका प्रिय नेता किम इल सङले ९ सेप्टेम्वर १९७९ मा प्रजातान्त्रिक जनगणतन्त्र कोरियाको स्थापनाको तीसौँ वार्षिकोत्सक समारोहमा दिइएको प्रतिवेदन)

Leave a Reply

Your email address will not be published. Required fields are marked *