भर्खरै :

विश्वलाई रणनीतिकरूपमा स्वायत्त युरोप चाहिन्छ

पेरिस, २७ अप्रिल (सीआरआई) । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले पुनः चुनाव जित्नुभएको छ । युरोपेली सङ्घको मुख्य सदस्य देशको रूपमा फ्रान्स सधैँ नै युरोपेली एकीकरणको प्रवद्र्धन र रणनीतिक स्वतन्त्रताको पालनाको मुख्य शक्ति भएको छ । युरोपेली परिषद्का अध्यक्ष मिशेलले भन्नुभयो, “यो अशान्तिपूर्ण समयमा हामीलाई एक स्थिर युरोप र युरोपेली सङघलाई थप स्वतन्त्र बनाउन प्रतिबद्ध फ्रान्स चाहिन्छ ।”
स्वतन्त्रता फ्रान्सेली विदेश नीति परम्परा हो । म्याक्रोनको पहिलो कार्यकालमा युरोप र फ्रान्सको रणनीतिक स्वायत्तता बढाउनका लागि समर्पित गरिएको थियो ।
रुसी–युक्रेनी द्वन्द्व नै दोस्रो विश्व युद्धपछि युरोपले सामना गरेको सबैभन्दा गम्भीर सङ्कट हो र वार्ताबाट समस्याको समाधान यसको सर्वोत्तम उपाय हो । म्याक्रोनले पनि परिस्थितिलाई चर्किन दिनुहुँदैन भनेर बारम्बार जोड दिनुभएको छ । तर, अमेरिकाको उक्साहटमा युरोपले रुसमाथि प्रतिबन्ध लगाउने क्रम जारी राखेको छ । तर, युरोपविरुद्धको प्रतिक्रिया झन्झन् स्पष्ट हुँदै गइरहेको छ । अमेरिकाको अपहरणअन्तर्गत युरोप रुसी–युक्रेनी द्वन्द्वको ठूलो शिकार भएको छ । युक्रेन सङ्कटको सुरुवातकर्ता अमेरिकाले भाग्य बनाउने र रुसलाई दबाउने मात्रै होइन, ‘युक्रेनी जाल’ को प्रयोग गर्दै युरोपको निर्भरतालाई बलियो बनाउने काम गरेको छ ।
वास्तवमा युरोपमा अमेरिकाका धेरै छुराहरू राखिएका छन् । त्यसैले अमेरिकामाथिको रणनीतिक निर्भरताबाट मुक्त हुन युरोपको आह्वान झन् चर्को हुँदै गइरहेको छ । यूरोपेली सङ्घले गत महिना ‘रणनीतिक कम्पास योजना’ जारी ग¥यो, नेटोबाट स्वतन्त्र युरोपेली सैन्य बल निर्माण गर्ने र युरोपको आफ्नै सुरक्षा ढाँचा निर्माण गर्ने प्रस्ताव राखेको थियो, जुन यस लक्ष्यतर्फको प्रवृत्ति हो ।
यस सन्दर्भमा युरोपले धेरै गर्नसक्छ । उदाहरणका लागि जब चीनसँग सम्बन्धको कुरा आउँछ युरोपले पनि दिमाग स्पष्ट राख्नुपर्छ र चीनलाई तर्कसङ्गत बुझ्नुपर्छ । युरोपको लागि यद्यपि रणनीतिक स्वायत्तताको प्रक्रियालाई अगाडि बढाउने सहज यात्रा हुनेछैन, अमेरिकाले रथमा बाँध्नु भनेको आफैंमा उल्टोमात्र हुनेछ । युरोपको भाग्य युरोपियनहरूको हातमा हुनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *