भर्खरै :

कीर्तिपुरमा कार्यकर्ता भेला

काठमाडौँ, १४ वैशाख । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले यही वैशाख ३० गते हुने स्थानीय चुनावमा एमसीसी सम्झौता विरोधी देशभक्तहरूको पार्टी नेपाल मजदुर किसान पार्टीका उम्मेदवारहरूलाई मादल चिन्हमा छाप लगाएर विजयी गराउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
कीर्तिपुर नगरपालिकाको पाँगामा सम्पन्न चोटा बैठकमा सांसद सुवालले पटक पटक सिंहदरबार प्रदेश र स्थानीय तहको तीनै तहका सरकार कब्जा गरेका शासक दलहरूको अवधिमा देशको सार्वभौमिकतामाथि भारतीय एकाधिकारी पुँजी र अमेरिकी साम्राज्यवादको हस्तक्षेप बढेको उल्लेख गर्दै एमसीसी सम्झौता पछिल्लो उदाहरण भएको चर्चा गर्नुभयो ।
शासक दलहरूकै कारण भ्रष्टाचार र महँगी बढेको उल्लेख गर्दै युवालाई वैदेशिक रोजगारीको नाममा बहुराष्ट्रिय कम्पनीको लागि सस्तो श्रमिक बन्न पठाएर प्राप्त विप्रेषण रकमबाट विदेशको चामल र तरकारी किन्न दिने र नेपालको जमित बाँझो राख्ने देशद्रोही काम भइरहेको चर्चा गर्नुभयो ।
सांसद सुवालले बितेको नौ महिनामा शृङ्गार सामग्री १० अर्ब ८३ करोड, तरबुजा १८ अर्ब ८२ करोड १ अर्ब ३१ करोड, धान चामल ४० अर्ब १४ करोड, तरकारी ९ अर्ब पेट्रोलियम पदार्थ २ खर्ब ५७ अर्ब आयात भएको तथ्याङ्क पेश गर्दै खाद्यान्नमा आत्मनिर्भर भएको देश कठपुतली र पार्टीका दोषी शासक दलहरू नै भएको उल्लेख गर्नुभयो ।
बैठकमा नेमकिपाका केन्द्रीय सदस्य नारायण महर्जन र किर्तीपुर नपाको प्रमुख पदका उम्मेदवार श्रीकृष्ण महर्जनले मादल चिन्हमा छाप लगाउन अनुरोध गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *