भर्खरै :

लुम्बिनी प्रदेशका पूर्वी रुकुम र गुल्मीमा पनि नेमकिपाको उम्मेदवारी

बुटवल, १४ वैशाख । स्थानीय तहको निर्वाचनअन्तर्गत नेपाल मजदुर किसान पार्टीले लुम्बिनी प्रदेशका पूर्वी रुकुम र गुल्मीमा उम्मेदवारी दिएको छ ।
नेमकिपाले गुल्मीको चन्द्रकोट गाउँपालिकाको अध्यक्ष पदमा पाटीृको भातृ सङ्गठन नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घका केन्द्रीय उपाध्यक्ष सुरेश परियारलाई उम्मेदवार बनाएको छ । विद्यालय जीवनदेखि नै नेक्राविसङ्घमा सक्रिय परियारले त्रिविबाट विज्ञान सङ्कायमा स्नातकोत्तर गर्नुभएको छ । त्यस्तै पूर्वी रुकुमको सिस्ने गाउँपालिकाको अध्यक्ष पदमा नेमकिपाले काले (मनबहादुर) खड्कालाई उम्मेदवार बनाएको छ । खड्काले लामो समयदेखि माओवादी अराजकतावाद र अवसरवादविरूद्ध सङ्घर्ष गर्दै आएका छन् ।
नेपाल मजदुर किसान पार्टीले स्थानीय तहको निर्वाचनलाई स्थानीय जनताको समस्या समाधानको मुद्दासँगै देशघाती एमसीसी सम्झौताबारे व्यापक जनतामाझ यथार्थ पु¥याउनका लागि उपयोग गरिरहेको छ । नेमकिपाले आसन्न स्थानीय तहको निर्वाचनमा एमसीसीका पक्षधरहरूलाई हराऔँ र देशभक्त उम्मेदवारहरूलाई विजयी गराऔँ भन्ने आह्वान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *