भर्खरै :

छालिङमा खोलै गायव : नगरपालिकाले काम रोक्न पत्र

भक्तपुर, १४ वैशाख । चाँगुनारायण नगरपालिका वडा नं. ५ छालिङमा भूमाफियाले खोला नै गायव बनाइदिएका छन् ।
ठूला ठूला हिम पाइप राख्दै माफियाले खोला नै गायव बनाएका हुन् ।
स्थानीयले खोला नै गायब बनाई प्लानिङ गर्नेविरुद्ध नगरपालिकालगायतका स्थानमा उजुरी दिएपछि चाँगुनारायण नगरपालिकाले पत्र लेख्दै उक्त स्थानमा काम रोक्न आदेश दिँदा दिदै माफियाले भने स्थानीयलाई काम धमाधम गरिरहेको छ ।
पहुँचवाला गुण्डाहरूको समूहले गरेको उक्त प्लानिङमा स्थानीयलाई छिर्न बन्देज गर्दै भाडाका गुण्डा ठाउँठाउँमा राख्दै धमाधम खोलामा ढल राख्ने काम भइरहेको प्रत्यक्ष देख्न सकिन्छ ।
दर्जनौँ मोटरसाइकलमा आएका भाडाका टट्टुहरूको समूहले स्थानीयलाई बाटो नै छेक्ने प्लानिङ र खोलातर्फ जान रोक्ने तथा फोटो खिच्न नदिने गरेको स्थानीयले बताए ।
उनीहरूका अनुसार हामीले नगरपालिकाको पैसामा बन्न लागेको उक्त योजना रोक्न निवेदन दिएका थियौं, नपाले रोक्न आदेश पनि दिएको हो तर माफियाहरूको साठगाँठमा प्लानिङ भइरहेको छ ।
खोला नै गायव बनाई बन्दै गरेको संरचनाको विषयमा जिल्ला प्रसाशन कार्यालयमा उजुरी गरेको भए पनि प्रशासन कानमा तेल हालेर बसेको उनीहरूको भनाइ छ ।
उनीहरूले उल्टै स्थानीय खोला समेत मासेर संरचना बनाउँदा पनि कतैबाट सुनुवाइ नभएको स्थानीय बताउँछन् ।
यसैगरी सूर्यविनायक नगरपालिकामा पनि खोला नै गायब बनाउँदै वडा नम्वर ८ मा बाटो बनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *