कमैयाहरू अहिले पनि कष्टकर जीवन बिताउन बाध्य
- श्रावण १, २०८३
कम्युनिस्टहरूको उद्देश्य शोषणरहित समाजको स्थापना हो । यो समाजवादी समाजमा मात्र सम्भव छ । समाजवादी समाज स्थापना गर्न शोषणका जराहरू उखेल्नुपर्छ । यो समाज स्थापना सङ्घर्षले मात्र सम्भव हुन्छ । सङ्घर्षका लागि बहुमत जनतालाई राजनैतिक वैचारिक र सैद्धान्तिकरूपले सचेत र सङ्गठित गर्नुपर्छ । यो काम कम्युनिस्ट पार्टीले गर्छ, गर्नुपर्छ । नेपालमा कम्युनिस्ट पार्टीहरूको पकड बलियो भएको मानिन्छ । कम्युनिस्ट भनिने पार्टीहरू आ–आफ्नो मार्ग निर्देशक सिद्धान्तअनुसार अघि बढेमा, सिद्धान्त र विचारलाई व्यवहारमा लागु गर्न सकेमा जनतामा राजनीतिक चेतना हुन्छ या कम्युनिस्ट सिद्धान्त र विचारबाट प्रेरित हुन्छ । जनता सिद्धान्त र विचारबाट सुसूचित नभएसम्म परिवर्तन सम्भव छैन । आफूलाई कम्युनिस्ट भनिने सत्तारूढ र प्रमुख प्रतिपक्ष दलका नेताहरूले यतातर्फ ध्यान दिइरहेका छैनन् ।
आफूलाई कम्युनिस्ट भन्छन्, तर उनीहरूमा कम्युनिस्टहरूको गुण या चरित्र छैन । उनीहरूको दिमागमा कम्युनिस्ट विचार भिजेको छैन । उनीहरू पुँजीवादी निर्वाचनबाटै आमूल परिवर्तन गर्ने कुरा गर्छन् या समाजवाद स्थापना हुने कुरा फलाक्छन् । पुँजीवादी व्यवस्थाभित्र पसेर समाजवाद सम्भव छैन । तर, पनि एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादीका नेताहरू संसदमा गएर नै समाजवाद स्थापना गर्ने या आमूल परिवर्तन गर्ने कुरा छोडेका छैनन् । आ–आफ्नो दलको सिद्धान्त र विचार प्रचार गरेर जनतालाई सिद्धान्तनिष्ठ बनाउनुपर्ने बेला दलका नेताहरू जसरी भए पनि जित्ने दाउमा लागेपछि पार्टीको उद्देश्य कसरी पूरा हुन्छ ?
राजनीतिक दलका नेता तथा कार्यकर्ताले सिद्धान्त र विचारको प्रचार नगरेका कारण जनतामा राजनीतिक चेतना भएन । कति जनता अझै अन्धविश्वास, कुरीतिमै अल्झिएर बसेका छन् । राजनीतिक चेतनाले मात्रै समाजमा व्याप्त अन्धविश्वास, कुरीति हटाउन सकिन्छ । जनतामा नागरिक भावना, सांस्कृतिक स्तर नभएसम्म उन्नत समाज बनाउन सकिँदैन या आदर्शोन्मुख समाज स्थापना गर्न सकिँदैन । समाजमा सामाजिक कुरीति कायम भइरहनु राजनीतिक चेतनाकै अभाव हो । कति पढेलेखेका, बुद्धिजीवीहरू पनि संस्कारको नाउँमा कुरीतिलाई कायम गर्न चाहेका हुन्छन् । छुवाछूत र जातीय विभेद अन्त्य नहुनु पनि राजनीतिक चेतनाको कमीले गर्दा हो, सामन्ती संस्कार बाँकी रहनाले हो । व्यक्तिगत स्वार्थकै कारण कति मानिसहरू सामाजिक मूल्य र मान्यता छोडेर आस्था र विश्वासमा चोट पु¥याएर लागिरहेका हुन्छन् । कुलतबाट जोगाउने, शोषण अन्त्य गर्ने, सामाजिक कुरीति हटाउने, सानातिना झगडा, विवाद र मतभेदमा जनताको सेवा गर्न या पार्टीमा लाग्न छोड्ने मानिसलाई सत्मार्गमा ल्याउने काम कम्युनिस्टहरूको हो, सामाजिक कार्यकर्ताहरूको हो । यस्तो काम कम्युनिस्ट पार्टीमा आबद्ध सबै कार्यकर्ताहरूको हो । त्यो जिम्मेवारी सबै कार्यकर्ताहरूले पूरा गर्नुपर्छ, पूरा गर्न अघि बढ्नुपर्छ । यसले शोषणरहित समाज स्थापना गर्न टेवा पु¥याउँछ ।
Leave a Reply