भर्खरै :

उम्मेदवारहरू जनताको घरदैलोमा

दैलेख, १५ वैशाख । नेमकिपाका उम्मेदवारहरू आ–आफ्नो परिचय दिन जनताको घर–आँगनमा पुग्न थालेका छन् । आफ्नो दलको उद्देश्य जनतामाझ पु¥याउन दलका उम्मेदवारहरूले भेटघाट तथा भेला कार्यक्रम गर्न थालेका छन् । यस्तै भेला तथा भेटघाट कार्यक्रम आठबीस नपा वडा नं. १ मा पनि भयो ।
बिहीबार भएको उक्त भेलामा नेमकिपा जिल्ला समिति दैलेखका सदस्य सौरे कामीले एमसीसी सम्झौता पारित गरेर देशघाती काम गर्ने दलका उम्मेदवारहरूलाई हराउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
पुँजीवादी दलले कामदार जनताको हितमा काम नगर्ने उल्लेख गर्दै उहाँले मतदाताहरू कसैको लोभलालचमा फस्न नहुने बताउनुभयो ।
मोती कामीको सभापतित्वमा भएको सो कार्यक्रममा जिल्ला सदस्य गम्भीर विक, नेक्रायुसङ्घका कृपाराम विक, नेक्राविसङ्घका मानबहादुर विक, नेक्रा महिला सङ्घका वसन्ती विक, नेक्राशिसङ्घका डम्बर जाउला र तीर्थराज विकले पनि बोल्नुभएको थियो ।
भेलामा उम्मेदवाहरू मोती कामी, डल्ली कामी, विमला विक, जनक विकलगायतले देश र जनताको सेवामा इमानदारीपूर्वक काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *