हर्मुजकेन्द्रित अमेरिकी आक्रमण अझ तीव्र
- श्रावण १, २०८३
दक्षिण कोरियाको राजधानी सोलस्थित योङसान संरा अमेरिकी सैनिक व्यारेकको चारैतिर कोरियाली नागरिक ‘जैविक प्रयोगशाला बन्द गर !’ नारा लगाउँदै धर्ना दिइरहेका थिए । संरा अमेरिकी सैनिक व्यारेकहरू भएको दक्षिण कोरियामा यस्ता विरोध प्रदर्शन भएको यो पहिलोपटक भने थिएन । तर, त्यो दिन आयोजित विरोध प्रदर्शनको विशेष महत्व थियो । सन् २०२२ को अप्रिल १० अर्थात् जैविक हातहतियारसम्बन्धी अभिसन्धि (बीडब्ल्युसी) मा हस्ताक्षर भएको पचासाँै वर्षगाँठको दिन भएको त्यो विरोध प्रदर्शनको विशेष अर्थ थियो ।
जर्जियामा जीजी–२१ परियोजनादेखि दक्षिण कोरियामा जुपिटर जैविक रासायनिक परीक्षण परियोजनासम्म एक छि अर्को वाशिङ्टनले नियन्त्रण गरेका जैविक हातहतियारका परियोजना खुल्दै गएको छ । तर, अहिलेसम्म खुलेका कुरा त हिमतालको सतहमा तैरिरहेको बरफको टुक्रा मात्र हो । आफूलाई ‘प्रजातन्त्रको प्रकाशस्तम्भ’ दाबी गर्दै आएको संरा अमेरिकाले खतरनाक जैविक प्रयोग गर्दै सिङ्गो संसारमा जैविक सैनिक साम्राज्य विस्तार गर्दै गएको छ । हालै मात्र संरा अमेरिकाले संसारका विभिन्न देशमा जैविक प्रयोगशाला स्थापना गर्ने सम्बन्धमा गरेका ५ हजार ६२९ ठेक्कापट्टा सार्वजनिक भएको छ । यस्ता अझ धेरै खुलासा हुन बाँकी नै छ ।
जैविक प्रयोगशालाको सङ्ख्यामा देखिएको अन्तरबाट खुलासाको यो यात्रा सुरु गर्नु रोचक हुन सक्छ । संरा अमेरिका आफैले संसारभर ३० वटा देशमा ३३६ वटा आफ्ना जैविक प्रयोगशाला सञ्चालनमा रहेको स्वीकार्दै आएको छ । तीमध्ये युक्रेनमा मात्र २६ वटा त्यस्ता प्रयोगशाला छन् । तथापि, अहिले खुलासा भएका ठेक्कापट्टाका कागजातले संरा अमेरिकाले ४९ वटा देशसँग जैविक प्रयोगशाला स्थापनासम्बन्धी सम्झौता गरेको देखाएको छ । यो संख्या उसले सार्वजनिक रुपमा स्वीकारेको संख्याभन्दा धेरै हो । रुसको विकिरण, रासायनिक तथा जैविक सुरक्षा बलका प्रमुख इगोर किरिलोभका अनुसार संरा अमेरिकाले युक्रेनमा ३० भन्दा बढी जैविक प्रयोगशालाको सञ्जाल स्थापना गरेको छ । संरा अमेरिकाले यसबारे सार्वजनिक गरेको सङ्ख्याको तुलनामा यो बढी छ ।
युक्रेनसँग भएको एउटा सम्झौतामा एउटा अनुच्छेद यसप्रकार छ ः ‘युक्रेनमा रहेका प्रयोगशालामा रहेको प्रविधि, जीवाणु र विज्ञता प्रसार हुनबाट र तिनलाई जैविक हातहतियारको विकासमा प्रयोग हुन रोक्ने ।’ यी शब्द सन्तुलित सुनिन्छन् । तर, छद्म प्रयोगशाला सञ्चालन र अस्वाभाविक संयोगहरू ध्यानमा राख्दा यो वाक्यले एउटा स्तरीय प्रयोगशाला स्थापनाको कुरा स्वीकारिएको देखिन्छ । विशेषतः संरा अमेरिकी जैविक प्रयोगशाला भएका देशहरूमा देखिएका सङ्कट र समस्याबारे सञ्चारमाध्यमले व्यापक रूपमा समाचार सम्प्रेषण गरिरहेको सन्दर्भमा यो विषयलाई गम्भीरतापूर्वक लिनुपर्छ । ‘द टाइम्स अफ इजरायल’ पत्रिकाले जर्जियाको लुगर अनुसन्धान केन्द्रमा गोप्य रूपमा मानव शरीरमा भएको परीक्षणले धेरै संख्यामा मानिसहरू मारिएको समाचार प्रकाशमा ल्यायो । त्यस्तै बीबीसीको समाचारमा दक्षिण कोरिया सरकार र स्थानीय नागरिकको जानकारीबिना नै जिउँदो एन्थ्राक्सजस्ता विभिन्न निकै घातक वस्तुको दक्षिण कोरियामा संरा अमेरिकाले परीक्षण गरेको उल्लेख छ । रोयटर्स समाचार संस्थाले रुस र युक्रेनको लडाईं सुरु भएको दिन युक्रेनमा रहेको संरा अमेरिका नियन्त्रित जैविक प्रयोगशालामा एन्थ्राक्स र मुसाबाट सर्ने प्लेग रोगका प्राणघातक जीवाणु तत्काल नष्ट गरेको समाचार सम्प्रेषण ग¥यो ।
संरा अमेरिकी सहायक विदेश मन्त्री भिक्टोरिया नुल्यान्डले एउटा संसदीय सुनुवाइमा युक्रेन वा अन्यत्र कहीँ पनि संरा अमेरिकाको पैसाले चलेका केन्द्रहरू वास्तवमै ‘जैविक अनुसन्धान केन्द्रहरू’ भए संरा अमेरिकी रक्षा खतरा न्यूनीकरण विभागको निर्देशनमा भएका सम्झौतामा संरा अमेरिकी हातहतियार व्यापारीका नाम आउँछ भनी दाबी गरेका थिए । जानिफकारहरू भन्छन्, चितुवाले आफ्नो छालामा भएको दाग मेट्न सक्दैन । त्यसरी नै लकहिड मार्टिन, रेथिओन टेक्नोलोजिज, जनरल डाइनामिक्स र मेटाबायोटाले आफ्नो चरित्र बदल्न सक्दैन ।
अन्तर्राष्ट्रिय डबलीहरूमा संरा अमेरिका पेन्टागनको नियन्त्रणमा रहेका जैविक प्रयोगशालाहरू प्रकाशमा आउला भनी डराएको छ । लामो समयदेखि संरा अमेरिका एक्लै बीडब्ल्युसीको अनुगमन संयन्त्र स्थापनाको विरोधमा उभिँदै आएको छ । अन्तर्राष्ट्रिय दबाबबीच संरा अमेरिकाले संसारभर जैविक प्रयोगशालामा भएको विशेष परीक्षणबारे कुनै कुरा बाहिर ल्याएको छैन । ती प्रयोगहरू प्रतिरक्षात्मक भएको भन्दै पञ्छिदै आएको छ ।
टर्कीका चिकित्सा जैविक आणुवंशिक विज्ञ कोर्कुट उलुकनले भनेका छन्,“संरा अमेरिकाले आफ्ना जैविक प्रयोगशालाबारे सार्वजनिक गर्नुपर्छ । बहुपक्षलाई समेटेर एउटा स्वतन्त्र अनुशासन समिति बनाएर अनुगमन गराउनुपर्छ । यदि अनुसन्धानबाट आएका निष्कर्ष नियन्त्रण बाहिर गए त्यसले भयावह अवस्था सिर्जना गर्नेछ ।”
जब प्रतिबद्धता सत्य अनुकूल हुँदैन, घातक दुर्घटनाहरू हुने गर्छन् । रक्तपिपासु सैनिक उद्योगहरू जैविक अनुसन्धानमा संलग्न हुन सक्छन् । स्पष्ट, पारदर्शी र नियमित अनुगमनले अन्तर्राष्ट्रिय चासोको सम्बोधन हुनुका साथै भयावह परिणामबाट जोगिन सक्छौँ ।
संरा अमेरिकाले अब संसारले देख्दैन वा चासो राख्दैन भनी सुतुमुर्ग बन्न सक्दैन । संरा अमेरिकाले आफ्नो जैविक प्रयोगशाला स्थापना गरेका देशसहित अन्तर्राष्ट्रिय समुदायले त्यस्ता जैविक प्रयोगशाला र परियोजनाबारे स्पष्टिकरण सुन्न चाहन्छन् ।
(लेखक अन्तर्राष्ट्रिय मामिलाका टिप्पणीकार हुनुहुन्छ ।)
स्रोतः द ग्लोबल टाइम्स
Leave a Reply