भर्खरै :

कीर्तिपुरमा घरदैलो कार्यक्रम

काठमाडौँ, १८ वैशाख । वैशाख ३० गते हुने स्थानीय निकायको निर्वाचनमा नेपाल मजदुर किसान पार्टीको तर्फबाट कीर्तिपुर नगरपालिकामा उम्मेदवार दिनुभएका प्रमुख, उपप्रमुख, वडा अध्यक्ष एवम् वडा सदस्यहरूले आइतबारबाट घरदैलो कार्यक्रम सुरू गरेका छन् ।
पाँगा लाछी हुँदै सिकुछे, धोकासी, पार्से दोपा, सुन्दर बजार, सालिक सहिदपथका जनतामाझ भएको घरदैलो कार्यक्रममा उम्मेदवाहरूले मादल चिन्हमा छाप लगाई नेमकिपाका उम्मेदवारलाई जिताउन आग्रह गर्नुभयो ।
यसै क्रममा सहिदपथमा कोण सभा भयो ।
सभामा नेमकिपाका केन्द्रीय सदस्य नारायण महर्जनले एमसीसी सम्झौता देशघाती भएकोले एमसीसीको समर्थनमा रहेका पार्टीहरूलाई स्थानीय निकायको निर्वाचनमा पराजित गर्नुपर्ने बताउनुभयो ।
मेयरका प्रत्याशी उम्मेदवार श्रीकृष्ण महर्जनले शासक पार्टीहरूले निर्वाचन घोषणापत्रअनुसार कार्य नगरेको हुँदा जनतामा ती पार्टीप्रति वितृष्णा जागेको बताउनुभयो ।
कार्यक्रममा वडा नं. ८ का वडाध्यक्ष उम्मेदवार राजीव महर्जनले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *