निर्वाचनबारे संवाद ५
- चैत्र १०, २०८२
भक्तपुर, १८ वैशाख । नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव एवं सांसद प्रेम सुवालले निर्वाचन वर्गसङ्घर्ष र घोषणापत्रको लडाइँ भएको बताउनुभएको छ ।
सांसद सुवालले उक्त विचार नेमकिपा चाँगुनारायण नगर समितिद्वारा चाँगुनारायण नपा वडा नं ५, छालिङ साँखुमूलमा आयोजित चुनावी सभामा व्यक्त गर्नुभएको हो ।
उहाँले एमसीसी पक्षधर देशघाती र एमसीसीको विरोध गर्नेहरू देशभक्त भएको बताउँदै एमसीसी अमेरिकी सैन्य गठबन्धन भएको र शासक दलहरू अमेरिकी धम्कीसामु झुकेको बताउनुभयो ।
स्वाभिमान र सार्वभौम भनेको कसैसँग झुक्नु नपर्ने अवस्था हो भन्दै उहाँले भूगोल र जनसङ्ख्याले साना समाजवादी देशहरू क्युवा, कोरिया, भियतनाम अमेरिकी धम्कीको सामु नझुकी सङ्घर्ष गरिरहेको बताउनुभयो ।
जनतालाई भेडाबाख्राजस्तै बनाउने निर्वाचित राजाहरूलाई परास्त गर्नुपर्ने बताउँदै सांसद सुवालले सारा युवालाई विदेश पठाएर देशमा खर्बौँको आयात गर्ने पार्टीहरूलाई निर्वाचनमा जिताउनुहुन्न भन्नुभयो ।

सभामा चाँगुनारायण नपामा नेमकिपाका प्रमुख पदका उम्मेदवार केशवप्रसाद तिमिल्सेनाले नेमकिपाले जितेको खण्डमा चाँगुनारायणलाई भ्रष्टाचारमुक्त नगरपालिका बनाउने र ५ वर्षभित्र नपामा नतिजा देखिने गरी विकास निर्माणको काम अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
उहाँले नेपाली जनता देशभक्त भएको बताउँदै देशद्रोहीहरूलाई परास्त गरेर देशभक्तहरूलाई विजयी गराउनुपर्नेमा जोड दिनुभयो ।
चानपा वडा नं. ५ मा वडाध्यक्ष पदका उम्मेदवार न्हुछेभक्त फोजूले शासक दलका जनप्रतिनिधिहरूले सरकारी बजेटको दुरुपयोग गरेर भ्रष्टाचार गरेको र नेमकिपाले भ्रष्टाचारको निरन्तर विरोध र सङ्घर्ष गर्दै आइरहेको बताउनुभयो ।
उहाँले नेमकिपाले विजय प्राप्त गरेमा शिक्षा, स्वास्थ्य जनताको पहुँचमा पु¥याउने, खानेपानी र सडकको स्तरोन्नति गरेर सार्वजनिक यातायातको व्यवस्था गर्ने र वडामा भइरहेको अनियमितता अन्त्य गर्ने बताउनुभयो ।
नेमकिपा छालिङका अध्यक्ष रत्नबहादुर ह्यौंमिखाको सभापतित्वमा सम्पन्न कार्यक्रममा उपप्रमुखका उम्मेदवार कल्पना लामा र मिनबहादुर बाटाले पनि बोल्नुभएको थियो भने वडा सदस्यका उम्मेदवारहरू राजकुमार सुवाल, सीताराम कुइँकेल, दलित महिला सदस्य शर्मिला बयलकोटी र महिला सदस्य राजेश्वरी बखुन्छें दुवालले उम्मेदवारी परिचय दिनुभएको थियो ।
Leave a Reply