“सम्पदाको संरक्षण, संवद्र्धन र पर्यटन प्रवद्र्धनलाई भक्तपुर नगरपालिकाले प्राथमिकतामा राखेको छ”
- असार ३१, २०८३
पञ्चायती व्यवस्थाभन्दा पहिलेका नगरपालिका ऐनमा नगरपालिका बोर्डले केही गरी नगरपालिकालाई क्षति हुने निर्णय गरेमा त्यस निर्णयमा हस्ताक्षर गर्ने प्रत्येक पालिका बोर्डका सदस्यहरूले आ–आफ्नो घर–घरानाबाट त्यस क्षतिको पूर्ति गरिनेछ भन्ने आशयको दफा पुनः लागु गर्नुपर्नेबारे अहिले ज्येष्ठ नागरिकहरूमाझ छलफलको विषय बनेको छ । अन्य देशमा पनि निर्वाचनको बेला उम्मेदवारहरूले अस्वाभाविक वाचा गर्ने गरेको बताइन्छ । त्यसो त बेलायत होस् वा अमेरिका, भारत होस् वा अष्ट्रेलिया व्यवस्था र राजनीतिक प्रणालीअनुसार जनताको मन–मस्तिष्कमा प्रभाव पर्ने देखिन्छ ।
केहीले भन्ने गर्छन् – पुँजीवादी व्यवस्था वा क्रान्ति एवं सशस्त्र सङ्घर्षबाट आएको व्यवस्थामा त्यसो हुने गर्दैन । त्यसो भनौँ भने बेलायतको १० वर्षको पुँजीवादी क्रान्तिमा ११ प्रतिशत मानिस मरेका थिए । त्यस क्रान्तिको नेतृत्व गर्ने क्रामवेल नै क्रान्तिका सेनानायक र नेता थिए । बेलायतमा पनि उपहार, पद, पैसा, रक्सी र अन्य शुभ–लाभका लोभ–लालच र आश्वासनले हार–जित हुने गर्छ ।
संरा अमेरिकामा पनि बेलायती उपनिवेशवादको विरोधमा भएको पुँजीवादी क्रान्तिमा जर्ज वासिङ्गटन नै प्रधानसेनापति थिए र रक्तरञ्जित सङ्घर्षबाटै बेलायती उपनिवेशवादलाई हराएका थिए । यो संसारको पहिलो सशस्त्र स्वतन्त्रता आन्दोलनमध्ये एक थियो । तर, त्यहाँ पनि निर्वाचनमा पैसाको छेलो–खेलो हुन्छ ।
अहिले रूसमा पनि विजयीहरूले पैसा खर्च गरेको र आचारसंहिता मिचेको बताइन्छ । सन् १९१७ को समाजवादी क्रान्तिमा लाखौँ–लाख रूसी कम्युनिस्ट, मजदुर, किसान एवं युवाहरूले बलिदान गरेर समाजवादी व्यवस्था कायम गरेका थिए । दोस्रो विश्वमा फासीवाद र नाजीवादी हमलाबाट सोभियत पितृभूमि र विश्वलाई जोगाउन २ करोड ५० लाख रूसी जनताले आफूलाई बलिबेदीमा चढाएका थिए ।
पछि मजदुर आन्दोेलनभित्र पसेका पुँजीवादी नेताहरू या संशोधनवादी र विश्वासघातीहरूले सोभियत सत्ता कब्जा गरेपछि रूसमा १९९१ सम्ममा पुँजीवादको पुनःस्थापना गरे र समाजवादको अस्थायी हार भयो ।
सोभियत सङ्घमा समाजवाद हुँदा बजारभाउ अत्यन्त सस्तो थियो, खानलाउनलाई तलबको आधा रकम पनि खर्च हुँदैनथ्यो, स्वास्थ्य र शिक्षा निःशुल्क वा सा¥है सस्तो थियो, बिजुली, यातायातको शुल्क पनि नाममात्रको थियो, आवास वा डेराको बहाल पनि २–४ रूपियाँ बराबरको थियो । त्यस्ता आर्थिक र अन्य सहुलियत दिएर रूसी जनतालाई कर्तव्यबाट विमुख गराउँदै र देशको निम्ति त्याग र बलिदानको भावनाबाट मोजमज्जाको जीवनमा फसाइयो । त्यसकारण, पूर्वसमाजवादी देशहरूमा पनि पुँजीवादी देशहरूमा झैँ सबै निर्णय पैसाले गर्ने भएका छन् । निर्वाचनमा मतदाताहरूलाई सहुलियतमात्रै होइन आफ्नो देश र जनताप्रति त्याग, बलिदान र कर्तव्यप्रति सचेत पार्नु आवश्यक छ । केही पुँजीवादी निर्वाचनमा उम्मेदवारका वाचाहरूलाई हेरौँ –
बाल विवाहमा प्रहरी हस्तक्षेप रोक्ने (भारत), प्रत्येक परिवारलाई हरेक महिना १० लिटर ब्रान्डी, मोटरसाइकल दुर्घटनामा मृत्यु भएमा पाँच लाख, एक दिनमा ८२२ घर निर्माण (अफ्रिका), सन् २०३० सम्ममा चन्द्रमामा सहर बनाउने, अमेरिकी राष्ट्रपतिको निर्वाचनमा हरेक अमेरिकीलाई एक गधा उपहार आदि । (नयाँ पत्रिका, १७ वैशाख, २०७९)
यस्तो निर्वाचन प्रणालीले जनताको राजनीतिक चेतना उठाउने सम्भावना क्षिण हुने निश्चित छ ।
Leave a Reply