भर्खरै :

दैलेख आठबिसमा नेमकिपाको जनसभा

दैलेख, १८ वैशाख । आसन्न स्थानीय निर्वाचनको क्रममा नेपाल मजदुर किसान पार्टी, आठबिस नगर समितिले आइतबार सातालामा जनसभाको आयोजना गरेको छ ।
सभामा नेमकिपाका केन्द्रीय सदस्य बजिरसिं विकले देशको सार्वभौमिकता रक्षाको आन्दोलनलाई अझ बलियो बनाउन नेमकिपाको पक्षमा मतदान गर्न अनुरोध गर्नुभयो । देश युद्धभूमिमा परिणत हुनसक्ने भन्दै उहाँले नेमकिपाले स्थानीय तहको काम, कर्तव्य र अधिकारको सीमाभित्र रहेर इमानदारीसाथ काम गर्ने भनाइ राख्नुभयो ।
नेमकिपा, आठबिस नगर चुनाव प्रचार समितिका संयोजक कटक बडुवालको सभापतित्वमा भएको कार्यक्रममा नेमकिपाका जिल्ला सदस्य सौरे कामी, नगर प्रमुखका उम्मेदवार धनबहादुर सिजापति, जिल्ला सदस्यहरू गम्भीरसिं विक र टीकाराम कठायत, नेमकिपा आठबिसका अध्यक्ष जयबहादुर बडुवाल र सचिव नवीनकुमार सिजापति, देउडा गायक जयबहादुर बडुवाल, उपप्रमुख पदका उम्मेदवार ललिताकुमारी बडुवाल, वडाध्यक्षका उम्मेदवार मोतीराम विकलगायतले बोल्नुभएको थियो ।
कार्यक्रममा सांस्कृतिक कार्यक्रम पनि भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *