भर्खरै :

देशघातीहरूलाई हराउने अभियानमा नेमकिपा

दैलेख, १९ वैशाख । नेपाल मजदुर किसान पार्टी, चामुण्डाविन्द्रासैनी नगर समितिको आयोजनामा वैशाख १८ गते वडा नं ७ को मस्टमाडुमा जनसभा भयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य एवम् दैलेख जिल्ला अध्यक्ष जग्यबहादुर शाहीले नेमकिपाले देशघाती पार्टीहरूलाई हराउने अभियान अगाडि बढाएको विचार राख्नुभयो । उहाँले एमसीसी सम्झौता पारित गर्ने पार्टीहरूलाई निर्वाचनको माध्यमबाट सजाय गर्नुपर्ने भन्दै देशको अस्तित्वसमेत खतरामा परेको तर्क गर्नुभयो ।
नेमकिपाको तर्फबाट चाविनपाको मेयर पदका प्रत्याशी बखतबहादुर थापाले नेमकिपाले इमानदारी र नैतिकतामा जोड दिएको भन्दै देश र जनताको निःस्वार्थ भावनासाथ सेवा गर्ने वचनबद्धता प्रस्तुत गर्नुभयो ।
शिवराज जैसीको सभापतित्वमा सम्पन्न कार्यक्रममा पार्टी जिल्ला समिति सदस्य एवम् नगर समितिका अध्यक्ष निरकबहादुर शाही, उपप्रमुख पदका उम्मेदवार धनकुमारी शाही, जिल्ला समिति सदस्य केशेन्द्रप्रकाश कार्की, वडाध्यक्षका उम्मेदवार इन्द्र चौलागाई, जिल्ला सदस्य दीपक शाही, पद्म शाही, विद्यार्थी केशव शाही, नगर उपाध्यक्ष कृष्ण ढकाल, किसान सङ्घ नगर समितिका अध्यक्ष डिल्ली खनाललगायतले बोल्नुभएको थियो ।
यसैबीच नेमकिपा, आठबिस नगर समितिले सोमबार सिंगौरीमा चुनावी सभा सम्पन्न ग¥यो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य बजिरसिं विकले नेमकिपाले निर्वाचन जित्ने नाममा गैरसैद्धान्तिक गठबन्धन नगरेको धारणा राख्नुभयो । उहाँले नेमकिपाले देशभक्त जनतालाई एकजुट हुन आह्वान गरेको भन्दै एमसीसी सम्झौताले देशलाई विभाजित गरे पनि सचेत जनताले एमसीसीको खारेजीको माग गरेको विचार राख्नुभयो ।
कार्यक्रममा नेमकिपा दैलेख जिल्ला समिति सदस्य एवम् आठबिस नगरको प्रमुख पदका उम्मेदवार धनबहादुर सिजापति, जिल्ला सदस्य टीकाराम कठायत, उपप्रमुख पदका उम्मेदवार ललिताकुमारी बडुवाल, नगर समितिका सचिव नविन सिजापति र सदस्य मानबहादुर सिजापतिले पनि आ–आफ्नो विचार राख्नुभएको थियो ।
यसैबीच वैशाख १९ गते नेमकिपा चाविनपा समितिले वडा नं ४ का विभिन्न गाउँटोलमा कोणसभाको आयोजना गरेको छ । सोमबार डाँडा टोल, भण्डारी गाउँ र पातिकान्लामा सभा सम्पन्न भयो । कार्यक्रममा नेमकिपा, दैलेख जिल्ला समिति अध्यक्ष जग्यबहादु शाही, प्रमुख पदका उम्मेदवार बखत थापा, उपप्रमुख पदका उम्मेदवार राजकुमारी शाही, वडाध्यक्षका प्रत्याशी पुरे कामी, नगर समितिका उपाध्यक्ष कृष्ण ढकाललगायतले मन्तव्य राख्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *