सहिदको स्मरण र योद्धाहरूको सम्मान गर्नु आवश्यक !
- जेष्ठ १३, २०८३
निजीकरण गरिएका उद्योग तथा संस्थानहरू फेरि सरकारीकरण या सरकारले नै सञ्चालन गरेको भए देशमा सकारात्मक सन्देश जान्थ्यो र नेकालाई उद्योग बेच्ने आरोप लाग्दैनथ्यो । सत्तासीन दलका नेताहरू सरकारी उद्योग तथा संस्थानहरू निजीकरण गर्न हतारिए । छिमेकी देशको सहयोगमा सञ्चालन भएका उद्योगहरू निजीकरण गरेर मित्र देशको उद्देश्य या भावनामाथि नै चोट पु¥याउने काम सरकारले ग¥यो । सरकारी उद्योगहरूको व्यवस्थापकीय क्षमता अभिवृद्धि गरेर, आयव्यय पारदर्शी गरेर, आवश्यकताअनुसार मात्र मजदुर या कर्मचारीको बन्दोबस्त गरेर उद्योगहरू सञ्चालन गर्नुपर्नेमा कहिले घाटा र कहिले दयनीय स्थितिको कारण जनाइ निजीकरण गर्नु सरकारको कमजोरी हो । यो सरकारको देश र जनतालाई भन्दा व्यक्तिलाई पोस्ने नीति हो । त्यसबेला भुकृटी कागज कारखाना, हरिसिद्धि इँटा टायल कारखाना, बाँसबारी छाला जुत्ता कारखाना, चलचित्र विकास कम्पनी, बालाजु कपडा उद्योग, काँचो छाला सङ्कलन तथा बिक्री केन्द्र आदि निजीकरण गरिएको थियो ।
सरकारी उद्योग तथा संस्थानहरू कौडीको मूल्यमा निजीकरण गरियो । विकास र सेवाको नाउँमा कमिसन खाने, अनियमितता गर्ने, चुहावट गर्ने र आवश्यकताभन्दा बढी कर्मचारी राख्ने काम गरेको कारण उद्योग तथा संस्थानहरू घाटामा गएको विश्लेषण अर्थविद्हरूको रहेको छ । उद्योगहरू घाटामा गएको या डुबेको कारण नखोजी या उपाय नखोजी सरकारले निजीकरण गर्नुहुँदैनथ्यो । ती उद्योगहरूलाई कसरी व्यवस्थित गरेर सञ्चालन गर्ने सन्दर्भमा सरकारको ध्यान पुग्नुपथ्र्यो । जनताका आधारभूत आवश्यकता पूर्ति गर्ने उद्योगहरू व्यक्तिलाई दिनु या बन्द गर्नु सरकारको गैरजिम्मेवारी हो । उद्योग घाटाको निहुँ बनाएर सरकारी उद्योग तथा संस्थानहरू निजीकरण गर्नु नेकाको नीति नै हो । सरकारको आयस्रोत बढाएर देश र जनताको सेवा गर्नुभन्दा व्यक्तिलाई पोस्ने काम नेकाले ग¥यो ।
देशको लागि अति आवश्यक उद्योग तथा संस्थानहरू बन्द गर्नु देशको लागि नै घाटा हुनु हो । देशलाई आत्मनिर्भर बनाउन जनताका आधारभूत आवश्यकता पूर्ति गर्न थप उद्योगहरू सञ्चालन गर्नुपर्नेमा उल्टो बन्द गरेर देशलाई घाटा पु¥याउने र विदेशी सामान आयात गरेर देशको राजस्व विदेशमा पु¥याउने काम कसरी देश र जनताको पक्षमा हुन्छ ? देशले निर्यात गर्नुभन्दा आयात बढाएर देशको अर्थतन्त्र ध्वस्त पार्ने दलको पछि अरू दलहरू किन लागिरहेका छन् ? यो देशकै विडम्बनाको विषय बनेको छ ।
Leave a Reply