भर्खरै :

कैलालीमा घरदैलो कार्यक्रम

कैलाली । नेपाल मजदुर किसान पार्टी कैलालीले लम्कीचुहा नगरपालिका वडा नं. १ मा पार्टीका उम्मेदवारहरूलाई मत दिन आग्रह गर्दै घरदैलो कार्यक्रम गरेको छ ।
कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य खगेन्द्रबहादुर शाहीले देशको सम्प्रभुता रक्षा गर्न र वैदेशिक हस्तक्षेपको विरुद्ध लड्नको लागि नेमकिपाका उम्मेदवारहरूलाई जिताउन आवश्यक भएको बताउनुभयो ।
एमसीसी सम्झौता देशघाती भएको स्पष्ट पार्नुहुँदै उहाँले वैशाख ३० गते हुने निर्वाचनमा एमसीसी सम्झौताका पक्षधरहरूलाई हराई देशभक्त पार्टीहरूलाई जिताउन मादल चिन्हमा मत दिन आग्रह गर्नुभयो ।
नेमकिपा कैलालीका सदस्य ज्योति बडुवालले कम्युनिस्टहरूले व्यक्तिगत स्वार्थभन्दा सामूहिक हितको लागि काम गर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, “असल कुराको अनुकरण नयाँ पुुस्ताले गर्नेछ । हामीले गरेको त्याग नयाँ पुस्ताको लागि मार्गनिर्देशन हुने भएकोले पार्टीका अग्रजहरूले गरेको मेहनत खेर जानेछैन ।”
घरदैलो कार्यक्रम नगरका विभिन्न वडाहरूमा भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *