निर्वाचनबारे संवाद ५
- चैत्र १०, २०८२
काठमाडौँ, २० वैशाख । नेपाल मजदुर किसान पार्टी, तारकेश्वर नगर समितिको आयोजनामा नेमकिपाका उम्मेदवारहरूलाई विजयी गराउन तारकेश्वरका विभिन्न टोलमा घरदैलो कार्यक्रम भइरहेको छ ।
मङ्गलबार तारकेश्वर न.पा. वडा नं. ९ पुरानो बस्ती गणेशस्थान, ढोका टोल, मनमैजु मन्दिर, चार घरेली र बासुकी मार्गमा घरदैलो कार्यक्रम गरिएको थियो ।
तारकेश्वर न.पा.मा नेमकिपाबाट प्रमुखमा श्रीकुमार महर्जन, उप–प्रमुखमा इन्द्रकुमारी बज्राचार्यलगायत वडा नं.६, ८, ९ र १० का वडा अध्यक्षसहित सदस्यहरूको लागि उम्मेदवार प्रतिस्पर्धामा हुनुहुन्छ । घरदैलो कार्यक्रममा युवा, महिला र किसानहरूको सहभागिता थियो ।
Leave a Reply