मध्यपूर्व द्वन्द्वलाई केन्द्रमा राखी सी चिनफिङ र सरिफबिच भेट
- जेष्ठ ११, २०८३
प्रजातन्त्रमा आवधिक निर्वाचनको व्यवस्था हुन्छ । जनताले आफूले रोजेर पार्टी र उम्मेदवारलाई मत दिई जनप्रतिनिधिको रूपमा चयन गर्छन् । त्यसरी जनताको मत पाएर विजयी बनेका जनप्रतिनिधिहरू जनताप्रति उत्तरदायी र जवाफदेही हुनैपर्छ । जनताप्रतिको उत्तरदायित्व र जवाफदेहिता नै प्रजातन्त्रको एक विशेषता हो । कतिपय देशहरूमा त जनताले चयन गरेका प्रतिनिधिहरूले जनभावनाअनुसार काम गरेन वा जनताको हितविपरीत कार्य ग¥यो भने प्रत्याआह्वान वा फिर्ता लिने बन्दोबस्त पनि भएको पाइन्छ । तर, प्रत्याआह्वानको बन्दोबस्त नभएका देशमा निर्वाचित भइसकेपछि जनप्रतिनिधिहरूले खुलेआम देश र जनताको हितविपरीतका निर्णय र कार्य पनि गर्छन् । अर्को निर्वाचन नआएसम्म जनताले चाहेर पनि तिनीहरूलाई फिर्ता बोलाउन सक्दैनन् । नेपाल, भारतलगायत अधिकांश पुँजीवादी गणतन्त्र वा पुँजीवादी लोकतन्त्र भएका देशमा तत्तत् देशका पुँजीवादी पार्टीहरूले जनतालाई हरेक निर्वाचनका क्रममा राम्रा राम्रा प्रतिबद्धताहरू व्यक्त गर्ने, विकासका अनेक वाचाहरू गर्ने, आश्वासनका पोकाहरू फालाफाल गर्ने तर निर्वाचनमा हारजितसँगै जनताप्रति फर्केर पनि नहेर्ने प्रवृत्ति अधिकांश पुँजीवादी पार्टीका नेता र कार्यकर्ताहरूमा पाइन्छ ।
यतिबेला गाउँ, नगर तथा बस्ती बस्तीमा स्थानीय तहको चुनावी सरगर्मी बढेको छ । चुनावी माहोलसँगै अबको ५ वर्षको लागि जनतामाझ कस्ता उम्मेदवारहरू छान्नुपर्ला भन्ने चिन्तनमनन पनि हुन थालेको छ । हो, हामीले असल, इमानदार या देश र जनताको सेवा गर्ने जनप्रतिनिधि छान्नुपर्छ । पदको दुरूपयोग नगरी अकुत सम्पत्ति कमाउने भ्रष्टाचार गर्ने, विकास योजनाको कमिसन खान नछोड्ने उम्मेदवारहरू हामीले चयन गर्नुहुँदैन । पार्टीको घोषणापत्र लागू गर्न अघि बढ्ने, स्थानीय जनताको पिर मर्का बुझ्ने, विकास योजनाको आर्थिक पारदर्शी गर्ने उम्मेदवार हामीले छान्नुपर्छ ।
स्थानीय तहलाई प्रभावकारी बनाउन, स्थानीय तहको कार्य सम्पादन गर्न योग्य पदाधिकारी आवश्यक हुन्छ । धेरै स्थानीय तहमा भ्रष्टाचार भइरहेको जनगुनासो र उजुरी छ । विकासमा व्यापक चुहावट भएको या अनियमितता भएको जनगुनासो र सरकारी भनाइ गलत होइन । सिंहदरबारको अधिकार गाउँ–गाउँमा होइन, सिंहदरबारको भ्रष्टाचार गाउँ–गाउँमा पुगेको छ । स्थानीय तहमा भइरहेको भ्रष्टाचार रोक्ने हो, सुशासनको अनुभूति दिने हो भने असल र इमानदार जनप्रतिनिधि चाहिन्छ या भ्रष्टाचार नगर्ने र कसैले गरेमा कारबाही गर्न सक्ने क्षमताका व्यक्ति हामीले छान्नुपर्छ । स्थानीय तह र त्यहाँका जनप्रतिनिधिविरूद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा हजारौँको उजुरी परेको घटनाले पनि भ्रष्टाचार मौलाएको सङ्केत गर्छ ।
सरकारी निकाय या स्थानीय तह जुनसुकै ठाउँमा सदाचार र पारदर्शिता खाँचो छ । आर्थिक अनुशासनमा कडाइ गर्नुपर्छ । स्थानीय तहमा भ्रष्टाचार हुनु भनेको त्यसबेला निर्वाचित जनप्रतिनिधिहरूको मन स्वच्छ नहुनु हो या प्रत्यक्ष या अप्रत्यक्ष रूपमा भ्रष्टाचारमा संलग्न हुनु हो । स्वच्छ र भ्रष्टाचाररहित शासन व्यवस्थाको लागि चरित्रवान, नैतिकवान उम्मेदवारको खाँचो हुन्छ । देशभरिका सबै स्थानीय तहमा भक्तपुर नगरपालिकामा जस्तै भ्रष्टाचारविरोधी इमानदार जनप्रतिनिधिहरू निर्वाचित भएको खण्डमा भ्रष्टाचार स्वाभाविक रूपमा घट्छ । भ्रष्टाचार अन्त्य गर्न या अन्त्य नभए पनि न्यूनीकरण गर्न, सुशासनको अनुभूति दिने कार्यमा जनप्रतिनिधिको ठूलो भूमिका हुन्छ । अतः यो निर्वाचनमा दल ठूलो र सानो हेर्ने होइन, इमानदारीपूर्वक काम गर्ने, भ्रष्टाचार नगर्ने उम्मेदवार चयन गर्न देशभरिका आम मतदाता सचेत हुनुपर्छ ।
Leave a Reply