वडा नं. ५ मा सुझाव सङ्कलन
- जेष्ठ १३, २०८३
भक्तपुर, २२ वैशाख । ‘गोरखापत्र’ दैनिक नेपाली जनताको करबाट प्रकाशित भइरहेको हो । वैशाख २२ गतेको यो दैनिकको आवरण पृष्ठमा प्रम शेरबहादुर देउवासहित नेकाका नेताहरू विराटनगरको स्थानीय चुनाव प्रचारसभामा चुनाव चिह्नसहितको व्यानर अगाडि उभिएको तस्बिर प्रकाशित भयो । आचारसंहिताको प्रावधानअनुसार आमसञ्चारले कुनै राजनीतिक दलको चुनाव चिह्नसहित चुनाव प्रचारको समाचार प्रकाशित गर्नुहुँदैन ।
स्थानीय तहको निर्वाचन २०७९ मा ५६ राजनीतिक दल प्रतिस्पर्धामा छन् । विराटनगरको चुनावी सभामा प्रम देउवाले निर्वाचनमा गठबन्धनलाई मतदान गर्न आग्रह गरेको पनि गोरखापत्रमा प्रकाशित भयो । गोरखापत्रमा प्रकाशित यो समाचार निर्वाचन आचारसंहिताको उल्लङ्घन किन होइन ? निर्वाचन आयोगले जवाफ दिनु आवश्यक छ । निर्वाचन आचारसंहिता २०७८ मा सञ्चार प्रतिष्ठान वा सोका कर्मचारी तथा सञ्चारकर्मीले सार्वजनिक स्रोत, साधन र समाज कुनै दल वा उम्मेदवारको पक्ष वा विपक्षमा हुने गरी प्रयोग गर्न वा गराउन नहुने उल्लेख छ ।
प्रम देउवा नेपाली सेनाको एम ए ०६२ कलसाहन हवाईजहाज भाडामा लिएर निर्वाचन आयोगको अनुमतिमा विराटनगरबाट भरतपुर पुगेको समाचार पनि गोरखापत्रमा प्रकाशित भएको छ । नेपाली सेना र निर्वाचन आयोग दुवैले यसको पुष्टि गरेको हुँदा आचारसंहिता उल्लङ्घन नै भएको आशङ्का विराटनगर र भरतपुरका जनताबीच चर्चा छ ।
‘नागरिक’ दैनिक वैशाख २२ को अङ्कमा समाचार प्रकाशित भयो– उम्मेदवारको खर्च ‘करोडभन्दा माथि’ । उदयपुरको एक गाउँपालिकाका उम्मेदवारले काठमाडौँबाट मतदाता ल्याउन कठिन भएको बताएको सो समाचारमा उल्लेख छ । मतदाताको यातायात भाडा र खाना खर्चसहित उम्मेदवारले व्यहोर्नुपर्ने उल्लेख छ ।
महोतरी जिल्लाको बलवा नगरपालिका – सुमौराको मुसहर बस्तीका मुफतीदेवी सदाले सुनाएको समाचार प्रकाशित भयो । हामी पैसामा भोट बेच्दैनौँ । अहिले त राति सुतेको बेला पनि भोट माग्न आउँछन् । हजार, दुई हजारको प्रलोभन दिन्छन्, तर यसपालि पैसा लिएर हामी भोट दिँदैनाँै ।
यो भनाइले सिंहदरबार, प्रदेश सरकार तथा अधिकांश स्थानीय तह कब्जा गर्दै आएका शासक दलहरू निर्वाचनमा पैसा र सामान बाँडेर, भोजभतेर खुवाएर, झूटा आश्वासन दिएर जनतालाई डर, त्रास देखाएर, आचारसंहिता उल्लङ्घन गरेर निर्वाचनमा धेरै स्थानमा जितेको पुष्टि हुन्छ ।
प्रमुख आयुक्त दिनेशकुमार थपलियाले वैशाख १९ गते सामुदायिक रेडियो प्रसारण सङ्घले तयार गरेको निर्वाचन आचारसंहिता २०७९ सार्वजनिक कार्यक्रममा ‘मनी’ र ‘मसल’ ले प्रभावित भए निर्वाचनप्रति नै अनास्था फैलिने विचार राख्नुभयो ।
शासक दलहरूबाट भएको आचारसंहिता उल्लङ्घनले निर्वाचन आयोगसमेत निरीह भएको पुष्टि भयो ।
Leave a Reply