आक्रमणकारी अमेरिकाको इरानमाथि युद्धविराम उल्लङ्घनको आरोप
- जेष्ठ १४, २०८३
काठमाडाँ, २४ वैशाख । नयाँ बजार क्लवको आयोजनामा कीर्तिपुर नगरपालिकाको मेयर पदका उम्मेदवारहरूबीच शनिबार अन्तरिक्रया कार्यक्रम भयो ।
कार्यक्रममा कीर्तिपुर नगरपालिकाका १४ जना उम्मेदवारहरूमध्ये राजनीतिक दलका प्रतिनिधिको रूपमा ७ वटा पार्टीका उम्मेदवारहरूलाई १५ मिनेटको समय दिई आ–आफ्नो एजेन्डा प्रस्तुत गर्न लगाइएको थियो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीको तर्फबाट मेयर पदका उम्मेदवार श्रीकृष्ण महर्जनले निर्वाचन घोषणापत्र र विचारको सङ्घर्ष भएको धारणा राख्दै नेपाली जनतामा नागरिक भावना जगाउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
“जबसम्म नागरिकहरूले आफ्नो हक–अधिकार प्राप्त गर्न अग्रसर हुँदैनन्, तबसम्म हामी नागरिक हौँ भन्न सक्नेछैनौँ”, उहाँले भन्नुभयो ।
योग्य नागरिकको प्रतिस्पर्धाबाट मानव स्रोतको व्यवस्थापन हुन्छ भनेजस्तै शिक्षा र स्वास्थ्यको व्यवस्थापनबाट नगरपालिका आफ्नै स्रोतले गर्नु आवश्यक रहेको उहाँले बताउनुभयो ।
कार्यक्रममा राप्रपाका जितबहादुर विष्ट, माओवादीका डा. शिवशरण महर्जन, एमालेका केशरत्न बज्राचार्य, एकीकृत समाजवादीका वटुकृष्ण थापा, नेपाली काङ्ग्रेसका राजकुमार नकर्मीले पनि बोल्नुभएको थियो ।
Leave a Reply