कैलालीमा पार्टी कार्यकर्ता भेला
- आश्विन १५, २०८३
स्थानीय तहको निर्वाचनको निम्ति कुनै पनि दलले कुनै पनि दलसँग गठबन्धन गर्नु जरूरी छैन । तर, यहाँ सत्तारूढ दलहरूबीच गठबन्धन भयो, प्रमुख प्रतिपक्ष दल एमालेले पनि गठबन्धन ग¥यो । कुन दलको शक्ति या प्रभाव कति छ भन्ने थाहा पाउन पनि गठबन्धन गर्न जरूरी छैन । गठबन्धन भएपछि या एउटा दलले अर्को दललाई समर्थन गरेपछि कुन दलको कति शक्ति छ भन्ने थाहा हुँदैन । वास्तवमै निर्वाचन आयोगमा दर्ता भएका सबै दलहरू स्थानीय तहको निर्वाचनमा एक्लाएक्लै लड्नुपर्ने हो । तर, ठूला र सत्तारूढ दलले एक्लाएक्लै लड्ने आँट गरेनन् । त्यो आँट नगर्नुको कारण हो आफ्नो दल निर्वाचनमा हार्ने डर । त्यसको अर्थ ती दलका नेताहरूलाई सिद्धान्त र विचारको कुनै मतलब छैन । सिद्धान्त र विचार थाती राखेर जसरी भए पनि जित्ने उनीहरूको दाउ हो ।
सिद्धान्त र विचारको राजनीति गर्ने दल नेपाल मजदुर किसान पार्टी स्थानीय तहको निर्वाचनमा एक्लै लड्यो । कुनै दलसँग नमिली या गठबन्धन नगरी एक्लै लड्यो । नेमकिपा निर्वाचनमा हारजित स्वाभाविक ठान्छ । जित्नको निम्ति नेमकिपा देशघाती, भारतीय विस्तारवादी र साम्राज्यवादी अमेरिका समर्थित दलसँग गठबन्धन गर्दैन । नेमकिपा जित्ने नाउँमा दलको सिद्धान्त र विचारलाई बन्धक राख्दैन । नेमकिपा पैसा बाँड्दैन । नेमकिपा लोभलालच दिँदैन । नेमकिपा धाक धम्की दिएर मत लिँदैन । सत्तारूढ र अरू ठूला दलहरू पैसा बाँड्छन्, लोभलालच देखाउँछन्, सामग्री वितरण गर्छन्, भोजभतेर खुवाउँछन् या त्यस्तै अन्य काम गर्छन् मत लिन । अनि उनीहरू बढी सीट जित्छन् । बढी सीटकै आधारमा उनीहरू धाक लगाउँछन्, अरूले त थोरै सीटमात्र जित्यो भनी हेलाहोचो गर्छन् ।
सानो दल भए पनि नेमकिपाको आफ्नो छुट्टै पहिचान छ । नेमकिपा लोकप्रिय छ । नेमकिपा देशभर परिचित छ । नेमकिपा इमानदारीपूर्वक देश र जनताको सेवा गर्छ भन्ने विश्वास अरू दलका नेताहरूलाई पनि थाहा छ । नेमकिपा भागबन्डा गर्दैन । नेमकिपा पद र पैसाको निम्ति राजनीति गर्दैन । नेमकिपा कुनै विदेशी शक्ति राष्ट्रको थिचोमिचोको विरोध गर्छ । नेमकिपा असमान सन्धि सम्झौताको विरोध गर्छ । नेमकिपा स्वाधीनता र सार्वभौम मुलुकको निम्ति लड्छ । नेमकिपा देशलाई आत्मनिर्भर बनाउन चाहन्छ । नेमकिपा देशलाई भ्रष्टाचाररहित बनाउन चाहन्छ । नेमकिपा शोषणरहित समाज स्थापना गर्न चाहन्छ । नेमकिपा विस्तारवादी नीति र साम्राज्यवादी नीतिको विरोध गर्छ । नेमकिपा देश र जनताप्रति समर्पित छ । नेमकिपा शोषित जनताको हितमा राजनीति गर्छ । नेमकिपा वर्गसङ्घर्षमा विश्वास राख्छ । विदेशमा पैसा राख्न नहुने नेमकिपाको मान्यता छ । नेमकिपा सम्पत्तिको सीमाङ्कन गर्नुपर्ने पक्षमा छ । नेमकिपा नेपाल–भारतको सीमाको व्यवस्थापन गर्नुपर्ने पक्षमा छ । नेमकिपा समाजवादमा विश्वास राख्छ । यसैले देशमा नेमकिपाको छुट्टै वजन छ, राजनीतिक इज्जत छ । देशमा देश र जनताप्रति समर्पित भएर राम्रो राजनीति गरिरहेको दल छान्नुप¥यो भने नेमकिपा नछानी सुखै छैन । यसरी देशमा नेमकिपाको राजनीतिक उचाइ बढिरहेको छ ।
Leave a Reply