सीको आह्वान : एआईमा एक देशको प्रभुत्व नहोस्
- श्रावण १, २०८३
रूस र युक्रेनबीचको चालु द्वन्द्व झट्ट हेर्दा रूस र युक्रेनबीचको द्वन्द्वजस्तो देखिन्छ । तर, यसले पश्चिमा सभ्यताको विस्तारित सङ्कट झल्काएको छ । यो सङ्कटको जरा पश्चिमा सभ्यतामा अन्तरनिहीत दोधारेपनासँग जोडिएको छ । पश्चिमले आफूजस्तै सभ्यतालाई मात्र स्वीकार्न सक्छ । आफूभन्दा फरक खालको सभ्यतालाई या त आफूजस्तै बनाउँछ, नसके त्यसलाई शत्रु बनाएर निर्मुलन गर्न खोज्छ ।
नाटोलाई पूर्वतिर विस्तार गरेर संरा अमेरिका र पश्चिमा देशहरूले रूसलाई आफ्नो विरोधीको रूपमा चित्रण गर्ने गरेको छ । उनीहरूले रूसलाई आफ्नो दुश्मन ठान्नुको आंशिक कारण रूसको अर्थोडक्स धार्मिक विश्वास, पहिलाको कम्युनिस्ट विचारधारा, बहुराष्ट्रिय एकता र विशाल भूगोल हुनसक्छ । यी सबै कुराले पश्चिमले रूसलाई आफूजस्तो बनाउन सकिंदैन भन्ने लागेको हुँदो हो । परिणामतः पश्चिमले रूसलाई दुश्मनकै रूपमा व्यवहार गर्न सकिने ठानेको छ ।
पश्चिमा सभ्यताले भविष्यमा एकपछि अर्को द्वन्द्व निम्त्याइरहनेछ किनभने उसलाई आफ्नो अस्तित्व जोगाउन लगातार शत्रुको खाँचो परिरहन्छ । विशेषतः पुँजीको अव्यवस्थित विस्तार र प्रविधिको पूजा गर्ने तर्कअन्तर्गत प्रोटेस्टेन्ट कट्टरता र गोरा सर्वोच्चतावादी रगत बोकेको संरा अमेरिकाले सङ्कटलाई ठाउँ सारी गरिरहेको छ । आफूलाई सुधार्नुको सट्टा उसले द्वन्द्वलाई चर्काउन भूमिका खेलिरहेको छ । ‘प्रजातन्त्रविरूद्ध एकतन्त्र’ को सङ्कथन सिर्जना गरेर एक शताब्दीको अवधिमा अपेक्षा पनि नगरेका ठुला परिवर्तनमा अनुकुलन हुन खोजिरहेको छ ।
आक्रामक देश जतिसुकै ठुलो भए पनि उसको विनाश अवश्यम्भवी छ ।
पश्चिमा सभ्यताको दोधारेपनाको विद्रुपता उसको एकरूपताको मापदण्ड परिवर्तनीय रहेको तथ्यमा आधारित छ । तर, उसको लागि कोही न कोही दुश्मनको खाँचो पर्ने कुरा भने अपरिवर्तनीय छ । उसका यस्ता विशेषताले द्वन्द्व उसको आवश्यकता बनाएको छ । नाटो सोभियत सङ्घविरूद्ध लड्न बनाइएको सैनिक सङ्गठन हो । उसको उद्देश्य भनेको ‘सोभियत सङ्घलाई गलहत्याएर अमेरिकालाई भित्याउने र जर्मनीलाई तह लगाउने’ थियो । तर, सोभियत सङ्घको विघटनपश्चात् नाटोले आफ्नो अस्तित्वको सान्दर्भिकता गुमायो । उसले पहिला सोभियत सङ्घका हिस्सा रहेका देशहरूलाई आफ्नो सदस्य बनाउँदै लग्यो । उसका यस्ता गतिविधिलाई रूसविरूद्धको उत्तेजनाको रूपमा लिइयो ।
सोभियत सङ्घको विघटनपश्चात् रूसले क्रमशः प्रजातान्त्रिक सुधार गर्दै लग्यो । त्यही बेला संसारमा आफ्नो छवि उकास्न पनि प्रयास गर्दै गयो । उसले आफूविरूद्ध नाटोले खुला रूपमा शत्रुको व्यवहार नगरोस् भनी प्रयास गरिरह्यो । आफ्नो सबभन्दा ठुलो काल्पनिक शत्रुबाट वञ्चित नाटोले आफ्नो ध्यान आतङ्कवाद, ऊर्जा सुरक्षा, साइबर हमला र आम विनाशकारी हतियारको प्रसारणजस्ता विषयमा केन्द्रित ग¥यो । कुनै निश्चित काल्पनिक शत्रुबिना नाटोले आफूलाई सङ्गठित राख्नसमेत कठिन छ । फलतः नाटोको प्रभाव क्रमशः क्षीण बन्दै गयो । रूस–युक्रेन द्वन्द्वले पक्कै पनि नाटोलाई ब्युँताएको छ ।
पश्चिमा अन्तर्राष्ट्रिय सम्बन्ध सिद्धान्तको तार्किक प्रस्थानबिन्दु ‘तीस वर्षको युद्ध’ (सन् १६१८–१६४८) हो । त्यत्तिबेला विभिन्न प्रोटेस्टेन्ट र क्याथोलिक राज्यहरूबीच विभिन्न युद्ध भएको थियो । त्यही बेला राज्यको सार्वभौमिकताको सिद्धान्त (जसलाई वेस्टफालियन प्रणाली भनिन्छ) को उदय भयो । अन्तर्राष्ट्रिय सम्बन्ध र विश्वको इतिहासले फरक फरक मूल्याङ्कन ग¥यो । विश्व इतिहासको अध्ययनले राजनीतिलाई धर्मबाट अलग राखेर वेस्टफालिया सन्धिले शान्ति स्थापना गरेको गलत बुझाइ आमरूपमा देखाएको छ । वेस्टफालिया सन्धिले दीर्घकालमा धर्मनिरपेक्षतालाई अगाडि बढाए पनि त्यो पूर्णतः धर्मनिरपेक्ष सन्धि भने थिएन ।
अन्तर्राष्ट्रिय सम्बन्ध सिद्धान्तले वेस्टफालिया सन्धिलाई सकारात्मक कोणबाट हेरेको छ । समयान्तरमा यसको इसाई पृष्ठभूमिबारे कुराकानी नै रोकियो । यसको कारण अन्तर्राष्ट्रिय सम्बन्ध इसाई सभ्यता विस्तारको परिणाम भएकोले हो । पश्चिमा संसारले केही समयको लागि कोही पनि धार्मिक विपक्ष भेटाएन । बरू शक्ति इसाई वृत्तभित्र एकअर्कामा हस्तान्तरण हुँदै गयो । शीतयुद्धको समाप्तिपछि संरा अमेरिकी विद्वान् स्यामुएल हचिङ्टनले ‘सभ्यताको द्वन्द्व’ को अवधारणा अघि सारे । इसाई सभ्यतामाथि कन्फुसियन र इस्लामिक सभ्यताको पुनरोदय हुने खतराबाट आत्तिएर त्यो विचार अघि सारेका थिए ।
पश्चिमा सभ्यताले भविष्यमा एकपछि अर्को द्वन्द्व निम्त्याइरहनेछ किनभने उसलाई आफ्नो अस्तित्व जोगाउन लगातार शत्रुको खाँचो परिरहन्छ । विशेषतः पुँजीको अव्यवस्थित विस्तार र प्रविधिको पूजा गर्ने तर्कअन्तर्गत प्रोटेस्टेन्ट कट्टरता र गोरा सर्वोच्चतावादी रगत बोकेको संरा अमेरिकाले सङ्कटलाई ठाउँ सारी गरिरहेको छ । आफूलाई सुधार्नुको सट्टा उसले द्वन्द्वलाई चर्काउन भूमिका खेलिरहेको छ । ‘प्रजातन्त्रविरूद्ध एकतन्त्र’ को सङ्कथन सिर्जना गरेर एक शताब्दीको अवधिमा अपेक्षा पनि नगरेका ठुला परिवर्तनमा अनुकुलन हुन खोजिरहेको छ ।
आक्रामक देश जतिसुकै ठुलो भए पनि उसको विनाश अवश्यम्भवी छ । विदेशीलाई शत्रु बनाएर आफ्नो अस्तित्व जोगाउन सक्ने र आफूले शत्रु मानेका सभ्यतासँग लडेरमात्र उकासिन सक्ने सभ्यता समयान्तरमा पक्कै ओरालो लाग्नेछ । अहिले चालु रूस–युक्रेन द्वन्द्वका साथै संरा अमेरिकाले उचालेका वा आफै सहभागी बनेका धेरै युद्धहरू नियाल्दा हामी यो वास्तविकताप्रति अझ प्रस्ट बन्दै जान्छौँ ।
(वाङ रेनमिन विश्वविद्यालयको सी चिनफिङ विचारधारा प्रतिष्ठानका उपनिर्देशक हुन् भने सोही विश्वविद्यालयको अन्तर्राष्ट्रिय मामिला प्रतिष्ठानमा विद्यावारिधिका विद्यार्थी हुन् ।)
स्रोतः ग्लोबल टाइम्स
Leave a Reply