निर्वाचनबारे संवाद ५
- चैत्र १०, २०८२
शिक्षा
– ख्वप विश्वविद्यालय सञ्चालन गर्न निरन्तर जोड दिने ।
– सामुदायिक विद्यालयको शैक्षिक स्तर उठाउन शिक्षक तालिम, भौतिक पूर्वाधारहरूको निर्माणमा जोड दिने ।
– जनज्योति पुस्तकालयलाई ई–लाईब्रेरीको रूपमा विकास गर्ने र वडावडाका पुस्तकालयहरूलाई समयानुकूल सुधार गर्दै लाने ।
– नगरपालिकाद्वारा सञ्चालित कलेजहरूमा थप विषयहरूको अध्यापन गर्नुका साथै नयाँ कलेजहरू स्थापना गरी जनताको सेवा गर्ने ।
– सामुदायिक विद्यालयहरूमा विज्ञान प्रयोगशाला र गणितीय प्रयोगशाला स्थापना गर्ने तथा चित्रकला, नृत्य र सङ्गीत प्रशिक्षणलाई जोड दिने ।
— विद्यालय तथा कलेज जीवन छुटेकाहरूलाई बिहान र साँझ कक्षा सञ्चालन गर्ने ।
– शिशुस्याहार केन्द्र वडावडामा विस्तार गर्ने ।
– देशभित्रका विभिन्न विश्वविद्यालयमा उच्च शिक्षा अध्ययनरत÷अध्ययन गर्न चाहने आर्थिकरूपले कमजोर नगरवासी विद्यार्थीहरूलाई दिँदै आएको शैक्षिक ऋण दिने कार्यलाई निरन्तरता दिने ।
– विद्यालयहरूमा अतिरिक्त क्रियाकलाप (ईसीए) शिक्षकको व्यवस्था गर्ने ।
– बाल विकास सहजकर्ता (ईसीडी) शिक्षकहरूको लागि न्यूनतम पारिश्रमिकको व्यवस्था गर्ने ।
– विद्यालयहरूमा नागरिक भावना जगाउन नैतिक तथा व्यावहारिक शिक्षा प्रदान गर्ने ।
– इतिहास, भूगोल, राजनीतिशास्त्र, अर्थशास्त्र, संस्कृतिलगायत विषयमा विद्यावारिधी (पीएचडी) गर्न चाहने नगरवासीहरूलाई अनुदानको व्यवस्था गर्ने ।
– गृहिणी महिलाहरूलाई ‘निरन्तर शिक्षा’ र घरेलु मेसिनरी सामान मर्मत तालिम सञ्चालन गर्ने ।
स्वास्थ्य
– ख्वप अस्पताललाई एक सय शय्यामा स्तरोन्नति गरी सुविधासम्पन्न अस्पतालको रूपमा विकास गर्ने ।
– वडावडामा स्वास्थ्य उपचार केन्द्र विस्तार गर्ने तथा विशेषज्ञ डाक्टरमार्फत स्वास्थ्य शिविर सञ्चालन कार्यलाई निरन्तरता दिने ।
– नगरवासीहरूको व्यक्तिगत स्वास्थ्य विवरण (प्रोफाइल) तयार गरी घरदैलो नर्सिङ सेवालाई थप प्रभावकारी बनाउने ।
– आयुर्वेदिक स्वास्थ्य उपचारलाई थप प्रभावकारी बनाउँदै वडावडामा सेवा विस्तार गर्ने ।
– वडावडामा परिचालित स्वास्थ्य स्वयम्सेविकाहरूलाई प्रोत्साहित गर्दै सामाजिक कार्यकर्ताको रूपमा विकास गर्ने ।
– नगरको उपयुक्त स्थानमा प्रभातकालीन तथा सन्ध्याकालीन विचरण पार्क निर्माण गर्ने ।
– गम्भीर रोग लागेका बिरामीहरूलाई दिइँदै आएको आर्थिक सहयोगको कार्यलाई निरन्तरता दिने ।
– अनलाइन निवेदन, अनलाइन कर दाखिलाको व्यवस्था गर्ने ।
– आधारभूत स्वास्थ्य उपचार सेवा स्वास्थ्य बीमामार्फत र गम्भीर स्वास्थ्य समस्याको उपचार सेवा नगरपालिका क्षेत्रभित्रै पाउने व्यवस्था गर्ने ।
– नगर क्षेत्रमा जथाभावी छाडिएका कुकुर, दोपाया तथा चौपायाहरूको उचित व्यवस्थापन गर्ने ।
सम्पदा संरक्षण, पुनःनिर्माण तथा जीर्णोद्धार
– भाज्या पुखु, इखालाछी मठ, लक्ष्मीनरसिंह मन्दिर, इन्द्रायणी द्योछेँलगायत निर्माणाधीन सम्पदाहरू सम्पन्न गर्ने,
– कला–सङ्ग्रहालय रहेको न्हय्कं झ्या दरबार मल्लकालीन शैलीमै पुनःनिर्माण कार्य अगाडि बढाउने ।
— लायकूस्थित नगरपालिकाको पुरानो भवन (थंथु दरबार) पुनःनिर्माण गर्ने ।
– जगन्नाथ क्षेत्रको पुरातात्विक उत्खनन कार्यलाई अगाडि बढाउने ।
– नदीनालाको किनारामा रहेका नगरभित्रका सांस्कृतिक सम्पदाका घाटहरूलाई मौलिक शैलीमै पुनःनिर्माण तथा मर्मत गर्ने ।
– ९९ चोकलगायत वसन्तपुर दरबारको उत्खनन कार्यका लागि अध्ययन अनुसन्धान गर्ने ।
– भक्तपुरको जनजीवन झल्कने सङ्ग्रहालय निर्माण गर्ने ।
– शिक्षण संस्थाहरूमा सांस्कृतिक गुरूहरूमार्फत परम्परागत बाजा एवम् नृत्यहरूको तालिमको व्यवस्था गर्ने ।
– हरेक वर्ष परम्परागत बाजाहरूको प्रतियोगिता गर्ने ।
– धिमाय् खल, बाँसुरी खल, दाफा–भजनलगायतका सांस्कृतिक समूहहरूको संरक्षण गर्दै सांस्कृतिक क्षेत्रलाई व्यावसायीकरण गर्न अभिप्रेरित गर्ने ।
– प्राचीन सम्पदाहरू तथा कला संस्कृतिबारे अध्ययन अनुसन्धान गर्नेहरूको लागि अनुदानको व्यवस्था गर्ने ।
– पुरानो नगर क्षेत्रमा नगरपालिकाको मापदण्डबमोजिम भूकम्प प्रतिरोधी ढङ्गले माटो जोडाइको घर निर्माण गर्ने नगरवासीहरूलाई काठ, इँटा र झिँगटीमा अनुदान प्रदान गर्ने ।
– सांस्कृतिक महत्व बोकेका तथा सम्पदाको रूपमा रहेका निजी घरहरू पुनःनिर्माणमा समस्या देखिएको अवस्थामा कानुन बनाई संरक्षण÷पुनःनिर्माण गर्ने ।
खेलकुद
– स्वास्थ्य र शारीरिक स्फूर्तिको लागि ‘स्विमिङ पुल’ निर्माण गर्ने ।
– खेलकुदलाई नागरिक जीवनको अभिन्न अङ्गको रूपमा विकास गर्न जोड दिने ।
– प्रत्येक वर्ष कम्तीमा एउटा अन्तरनगर खेलकुद प्रतियोगिता सञ्चालन गर्ने ।
– समयसमयमा अन्तरविद्यालय खेलकुद प्रतियोगिताको आयोजना गर्ने ।
– राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक जित्ने खेलाडी र अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी खेलाडीहरूलाई सम्मान गर्ने ।
– उपयुक्त ठाउँहरूमा कभर्ड हल तथा खेलमैदान निर्माण गर्ने ।
– सक्रिय र सबल नागरिक तयार गर्न वडावडामा सञ्चालित व्यायामशालाको स्तरोन्नति गर्ने र उपयुक्त ठाउँमा थप व्यायामशाला विस्तार गर्ने ।
वातावरण÷सरसफाइ
– स्थानीय समुदायको सहभागितामा वातावरण सुधार, हरियाली व्यवस्थापनलगायतका कार्य अझ प्रभावकारी ढङ्गले सञ्चालन गर्ने ।
– कुहिने र नकुहिने फोहर अलगअलग सङ्कलन गरी वैज्ञानिक उपायबाट प्राङ्गारिक मल बनाउन किसानहरूलाई तालिम उपलब्ध गराउने ।
– दृश्य प्रदूषण हटाउन तथा प्राचीन नगरको सुन्दरता कायम गर्न विद्युतीय र विभिन्न केबल तारहरू भूमिगत गर्ने ।
– बस्तीको बीचमा परेको तथा प्रदूषण फैलाउने भक्तपुर औद्योगिक क्षेत्रलाई स्थानान्तरण गरी हस्तकला ग्राम विकास गर्ने ।
– नगरका प्रमुख चोक तथा मूल सडकमा हरियाली प्रवद्र्धन गर्ने ।
– भक्तपुर नगरको मूल सडकलाई पैदलयात्री मैत्री बनाउन जोड दिने ।
– धूमपान र मद्यपानलाई निरूत्साहित गर्ने ।
– फोहर सङ्कलनबाट प्राप्त वस्तुहरूको पुनःप्रयोगको व्यवस्था गर्ने ।
– प्लास्टिकको प्रयोगलाई कम गर्दै क्रमशः निषेध गर्दै लाने ।
– व्यवस्थित पशु वधशाला र मासु बिक्री पसलको व्यवस्था गर्ने ।
– आकासेपानी सङ्कलन र ‘ग्राउन्ड वाटर रिचार्ज’ कार्यलाई निरन्तरता दिने ।
– हनुमानघाट र सल्लाघारीको फोहरपानी उपचार पोखरी पुनःप्रयोगमा ल्याई हनुमन्ते खोला र खासाङखुसुङ खोलालाई जीवन्त बनाउने ।
खानेपानी
– स्थानीय स्रोतको पहिचान गरी उपलब्ध स्रोतबाट व्यवस्थित योजना बनाई खानेपानीको वितरण गर्ने ।
– नगरकोटको वन क्षेत्रलाई जलाधार क्षेत्रको रूपमा घोषणा गरी खानेपानीको स्रोत विस्तार गर्न पहल गर्ने ।
– अर्को व्यवस्था नभएसम्म मेलम्ची खानेपानी पुरानै पाइपबाट घरघरमा पु¥याउने व्यवस्था गर्ने । तालिका बनाएर सबैलाई खानेपानी वितरण गर्ने ।
– नयाँ स्रोतको पहिचान गरी खानेपानी उत्पादन र वितरण गर्ने ।
कृषि
– कृषि उत्पादन वृद्धिको निम्ति आधुनिक प्रविधिबारे तालिम दिने ।
– किसानबाट उत्पादित कृषिजन्य वस्तुहरूको सुरक्षाको लागि चिस्यान केन्द्र स्थापना गर्ने ।
– कृषि तथा खाद्यान्न परीक्षण गर्न प्रयोगशालाको व्यवस्था गर्ने ।
– तरकारी बजारको व्यवस्था गर्ने ।
– उपभोक्ता अधिकारको संरक्षण गर्ने ।
पर्यटन
– भक्तपुर नगरपालिकालाई पर्यटकीय गन्तव्य स्थल बनाउन आवश्यक भौतिक सुधार गर्ने ।
– गाईजात्रा प्रदर्शन मार्गलाई पर्यटक मार्गको रूपमा विकास गर्ने ।
– आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनका लागि नगरको उपयुक्त स्थानलाई सास्कृतिक प्रदर्शनी स्थल बनाउने ।
युवा तथा बालबालिकालक्षित गतिविधि
– युवाहरूलाई आत्मनिर्भर बनाउन सहुलियत ब्याजदरमा युवा उद्यमशील ऋणको व्यवस्था गर्ने ।
– युवाहरूलाई लोकसेवा, शिक्षक सेवालगायत अन्य सेवाका परीक्षाकेन्द्रित तयारी कक्षाहरू सञ्चालन गर्ने ।
– बालबालिका तथा युवाहरूलाई शारीरिक एवम् मानसिकरूपमा स्वस्थ राख्ने क्रियाकलाप सञ्चालन गर्ने ।
– युवाहरूलाई फ्रिज, वासिङ मेसिन, माइक्रोओभन, पानी तान्ने पम्पलगायत घरेलु सामग्री मर्मत तालिम दिने ।
– ठाउँठाउँमा शिशु स्याहार केन्द्र र बालउद्यान सञ्चालन गर्ने ।
सहकारी
– नगरभित्र सञ्चालित सहकारी संस्थाहरूलाई सदस्यहरूको सांस्कृतिक स्तर उठाउने र नगरप्रति उत्तरदायी बनाउने तथा उत्पादनमूलक गतिविधि सञ्चालनमा प्रोत्साहित गर्ने ।
– सहकारी संस्थाहरूसँग समन्वय गरी उत्पादनमूलक गतिविधिहरू गरी रोजगारी सिर्जना गर्ने ।
– नगरपालिका र सहकारीबीचको समन्वयमा सरसफाई, साँस्कृतिक कार्यक्रम र विभिन्न सीपमूलक तालिमहरू सञ्चालन गरी रोजगारी सिर्जना गर्ने ।
अन्य
– नगर प्रहरीको व्यवस्था गरी बजार व्यवस्थापनमा सुधार गर्ने ।
– पुरानो नगर क्षेत्रका मूल सडकमा भारी गाडीहरू क्रमशः निषेध गर्दै जाने ।
– लिबाली र कमलविनायक आवास योजनाका बाँकी सडक कालोपत्र गर्ने ।
– देकोमिवा इतापाके आवास योजनाका जग्गाधनीहरूलाई जग्गा फिर्ता गरी व्यवस्थित सहर विकास गर्ने ।
– लाय्कु, तम्हारी, दत्तात्रय क्षेत्रको सम्पदाकेन्द्रित गरी विशेष बत्तीको व्यवस्था गर्ने ।
– नगरको मुख्य सडकहरूमा बत्ती र सीसी क्यामेराको व्यवस्था गर्ने ।
– नगरको सन्तुलित विकास गर्न ठाउँठाउँमा सवारीसाधन पार्किङको व्यवस्था गर्ने ।
– सुधारिएको शवदाह गृह निर्माण गर्ने ।
– बहुउद्देश्यीय भवन निर्माण गर्ने ।
– अरनिको सभाभवन निर्माण गर्ने ।
– सार्वजनिक एवम् पर्ती जग्गा, पोखरी, खुला क्षेत्र संरक्षण गर्दै स्थानीय जनताको हितमा उपयोग गर्ने ।
– हनुमन्ते खोलाको दायाँ–बायाँ हरियालीसहितको करिडोर निर्माण गरी व्यवस्थित बस्तीको विकास गर्ने ।
– नगरपालिकाको परिचयसहित नगरस्तरीय तथा वडास्तरीय विवरण तयार गर्ने ।
– व्यवस्थित एवम् सुविधासम्पन्न आदर निकेतन सञ्चालन गर्ने ।
– अनलाइन नक्सापास प्रक्रिया अघि बढाउने ।
– नगरपालिकाको प्रशासन सेवालाई चुस्त दुरूस्त बनाई सेवाग्राहीमैत्री व्यवस्था गर्ने ।
– नगरमा डेरा बस्नेहरूको अभिलेख राखेर आवश्यक सेवा सुविधाको व्यवस्था गर्ने ।
– सार्वजनिक सम्पत्तिको संरक्षणमा जोड दिने ।
– नागरिक भावनाको विकास गर्ने ।
– प्रत्येक नागरिकलाई देश र जनताप्रति कर्तव्यबोधको भावना जगाउने ।
Leave a Reply